भक्तपुर नगरपालिका – Jana Aawaj News

भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजार
जन आवाज न्युज/भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतबार बसेको अठारौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८२।८३ को अनुमानित आय-व्यय बजेट प्रस्तुत गर्नुभेको छ ।

भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै नगरपालिकाको जग्गा बिक्रीसमेत गरी गरी आ.व. २०८२।८३ को लागि रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजारको बजेट प्रस्तुत भयो ।

विनियोजित बजेटको चालू खर्चतर्फ १ अर्ब ५२ करोड ५३ लाख ११ हजार रुपैया अर्थात् ६१.६७ प्रतिशत र पुँजीगत खर्चतर्फ ८० करोड ४८ लाख रुपैयाँ अर्थात् ३२.५४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १४ करोड ३० लाख अर्थात् ५.७८ प्रतिशत विनियोजन गरेको छ ।

बजेट वक्तव्यमा नगरवासी जनताहरुको भावनाबमोजिम विभिन्न शैक्षिक विकास र शिक्षा क्षेत्रका लागि रु. ५४ करोड ४ लाख ६३ हजार रुपैयाँ अर्थात कुल बजेटको २१.८५ प्रतिशत बजेट विनियोजन गरेको छ ।

ख्वप अस्पताललाई आधुनिक सुविधा सम्पन्न बनाउन र अस्पतालको स्तरीकरण समेतका लागि रु. ५ करोड बजेटको व्यवस्था गरेको छ । खँचापुखु स्वास्थ्य चौकी निर्माण कार्य आगामी आ.व.मा सम्पन्न गर्ने गरी रु. ७५ लाख बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका लागि भक्तपुर नपाले आगामी आ.व.मा रु. १० करोड ३७ लाख ५० हजार विनियोजन गरेको छ ।

भक्तपुरमा रहेको मूर्त र अमूर्त सम्पदाहरुको संरक्षणलाई निरन्तरता दिंदै ऐतिहासिक र धार्मिक महत्व बोकेका विभिन्न स्थानका घाटहरु सुधारका लागि गुरुयोजना बनाई अगाडि बढाउन रु. ३७ लाख ५० हजार विनियोजन गरेको छ भने थन्थु दरबार पुनःनिर्माणको लागि रु. ३ करोड र लायकु पाहाँ छेँको लागि रु. ८५ लाख र भनपा ४ स्थित इखालाछी मठ पुनःनिर्मँणलाई रु. १ करोड ६० लाख बजेट विनियोजन गरेको छ ।

साथै इन्द्रायणी द्योछेँ पुनःनिर्माण कार्य आगामी आ.व. सम्ममा सम्पन्न गर्ने गरी रु. ३० लाख बजेट विनियोजन गरेको छ । सिद्धपोखरी पेटी पुनःनिर्माणको लागि रु. १ करोड, दहि विनायक द्योछेँ पुनःनिर्माणको लागि रु. ५० लाख र इशानेश्वर मन्दिर निर्माणको लागि रु. ३० लाख, रात्रीकालिन बत्ती व्यवस्थाको लागि रु. १ करोड बजेट विनियोजन गरेको छ । सम्पदा पुनःनिर्माण तथा संस्कृति संरक्षणमा आगामी आ. व. का लागि रु. १२ करोड ६८ लाख ५० हजार (५.१३ड) विनियोजन गरेको छ ।

कृषि क्षेत्रअन्तर्गत नगरको उपयुक्त स्थानमा आधुनिक पशु वधशाला निर्माणको लागि रु. २५ लाख, शीत भण्डार गृह निर्माण सञ्चालनको लागि रु. १ करोड र तरकारी बजार निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन रु. ३० लाख बजेट विनियोजन गरेको छ ।

नगरभरका नागरिकहरुलाई पानी घर घरमा पु¥याई खानेपानीको समस्या समाधान गर्न रु. ५० लाख बजेट विनियोजन गरेको छ भने वातावरण तथा सरसफाइका लागि रु. २० करोड २२ लाख (८.१८ प्रतिशत), पर्यटन प्रवद्र्धनमा रु. ४ करोड ९० लाख (१।९८ प्रतिशत) विनियोजन गरेको छ ।

अरनिको सभाभवन निर्माण निरन्तरताको लागि रु. १४ करोड ९० लाख, देको मिवा इतापाके जग्गा एकीकरणको लागि रु. ४ करोड, भार्वाचोमा बहुउद्देश्ीय भवन निर्माणको लागि रु. १ करोड २५ लाख, पार्किङ स्थलको व्यवस्थातर्फ रु. ६० लाख बजेट विनियोजन गरेको छ ।

खेलकुद अन्तर्गत खेलकुदको नियमित प्रशिक्षणको लागि रु. १ करोड, पौडी प्रशिक्षण केन्द्रको लागि रु. ५० लाख, शहिद स्मृति खेलमैदान निर्माणको लागि रु. १ करोड, माहेश्वरी खेलमैदानलाई रु. २ करोड बजेट विनियोजन गरेको छ ।

सीपमूलक तालिमको लागि रु. २५ लाख बजेट विनियोजन गरेको छ भने क्यान्सर, मुटुरोग, मस्तिष्कघाट, स्पाइनल कर्ड इन्जुरी जस्ता दीर्घ रोग लागेका विरामीहरुलाई नगरपालिकाबाट दिंदै आएको रु १५ हजार आर्थिक सहयोगलाई निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरेको छ ।

विविध योजना तथा कार्यक्रमतर्फ ९ करोड १४ लाख रुपैया विनियोजन गरेको छ ।

नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले “भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८२”, “भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८२” सभासमक्ष प्रस्तुत गर्नुभएको थियो ।

नगरसभाको अर्को बैठक असार १० गते दिनको १ बजे बस्ने बताइएको छ ।

The post भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजार appeared first on Jana Aawaj News.

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यकाल पूरा
जन आवाज न्युज/भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नगरलाई सफा बनाउन नगरको ढल व्यवस्थापन र सरसफाइमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यक्रमको उद्घाटन गर्दै सचिव सुवालले भक्तपुर नगरलाई सफा, स्वच्छ, सांस्कृतिक नगर र पारदर्शी बनाउने लक्ष्यअनुसार यस नगर अगाडि बढिरहेको बताउँदै शैक्षिक संस्था आसपास सूर्तिजन्य पदार्थ र मदिरा बेचबिखन गर्ने पसलहरु सञ्चालन गर्न दिन नहुने धाराणा व्यक्त गर्नुभयो ।

उहाँले उपभोक्ताको हकहितलाई ध्यानमा राखेर समय समयमा बजार अनुगमन गर्नुपर्ने बताउँदै पत्रु खानेकुराले जनताको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको हुँदा स्वस्थकर खानेकुरा सेवनतर्फ जनतालाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

नगरपालिकालाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्ने बताउँदै सांसद सुवालले विद्यालय शिक्षा राम्रो भए विश्वविद्यालय शिक्षा पनि स्वतः राम्रो हुने तर्क राख्नुभयो ।

कलेजका शिक्षकहरु विद्यालयहरुमा गई अनुगमन गरी आवश्यक सुझाव दिने प्रावधानले विद्यालय शिक्षाको स्तर अझ माथि उठ्ने बताउँदै उहाँले देशको सन्तुलित विकासतर्फ सरकारले जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१।८२ मा नगरपालिकाले गरेका महŒवपूर्ण कामहरुको चर्चा गर्दै नगरपालिकाले संविधान र कानुनले दिएको अधिकारभित्र रहेर विभिन्न विकास निर्माण र अन्य कार्यहरुको अतिरिक्त हरेक वर्ष एउटा नगरस्तरीय महत्वपूर्ण योजना सम्पन्न गर्ने उद्देश्यअनुरुप काम गर्दै आएको बताउनुभयो ।

भक्तपुरका अग्रजहरुले गरेको त्याग, परिश्रम र दुःखको परिणामस्वरुप भक्तपुर आजको अवस्थामा आइपुग्न सम्भव भएको बताउँदै प्रमुख प्रजापतिले राजनीतिक दलका नेताहरु कल्पनाशील, देश र जनतामा समर्पित भए विकास छिटै सम्भव हुन्छ भन्ने एक उदाहरण भक्तपुर बन्दैछ भन्नुभयो ।

स्थानीय तह प्रजातन्त्रको जग भएको हुँदा स्थानीय तह अधिकार सम्पन्न भए मात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मान्यता रहेको बताउँदै देश र जनताको इमानदारीपूर्वक सेवा नै राजनीति हो भन्ने मान्यतालाई आत्मसात गर्दै जनप्रतिनिधिहरुको क्षमताले भ्याएसम्म भक्तपुरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माणलगायतलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्दै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले जनताको साथ र सहयोगविना भक्तपुरको विकास सम्भव नभएको बताउँदै जनतालाई निर्वाचनको समयमा दिएको वाचाअनुसार भक्तपुर नपाले घोषणापत्रलाई आधार बनाई काम गर्दै आएको बताउनुभयो ।

सहप्राध्यापक विश्वमोहन जोशीले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले धेरै उपलब्धीमूलक कार्यहरु गर्दै आएको बताउँदै जनताको साथ र सहयोगमा मात्र भक्तपुरको आजको विकास सम्भव भएको बताउनुभयो । उहाँले नगरपालिकालाई केही रचनात्मक सुझावहरु दिँदै भक्तपुर कृषि प्रधान नगर भएको हुँदा उत्कृष्ट किसानहरुलाई प्रोत्साहन गर्ने कार्यक्रमहरुलाई जोड दिनुपर्ने, ख्वप अस्पतालमा सिटी स्क्यान, एमआरआईजस्ता सुविधाहरु थप्दै लानुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले ख्वप कलेज अफ इन्जिनियरिङमा स्थापना कालदेखि हासम्म २ हजार ७६९ विद्यार्थी भर्ना भई अध्ययन गरेकोमा हालसम्म १ हजार ५६४ विद्यार्थीहरुले अध्ययन पूरा गरिसकेको बताउनुभयो ।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ले ख्वप अस्पतालले स्वास्थ्य क्षेत्रमा फड्को मारिसकेको बताउँदै कम शुल्कमा गुणस्तरीय सेवा नै ख्वप अस्पतालको प्रतिबद्धता हो भन्नुभयो ।

ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले ख्वप कलेज अफ ल सञ्चालन प्रारम्भ भएको ३ वर्ष अवधिमा वर्षको ६० जनाको दरले १८० जना विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै ल कलेजमा हाल ४२ जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको बताउनुभयो ।

ख्वप माविका प्रिन्सिपल लक्ष्मीप्रसाद कर्माचार्यले ख्वप मा.वि. को प्रगति प्रतिवेदन सुनाउँदै कलेज स्थापनादेखि हालसम्म २५ हजार ५३३ जना विद्यार्थीहरुले अध्ययन गरिसकेको र हरेक वर्ष रु. १ करोड ३० लाख भन्दा बढी रकम छात्रबृत्ति पनि वितरण गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि सुवालले भक्तपुर नगरभित्र नगरपालिकाको मापदण्ड अनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका वडा नं ५ का कृष्णदेवी सिबन्जारलाई रु. ३ लाख, वडा नं. ४ का लक्ष्मीप्रसाद मधिकर्मी र उत्तमप्रसाद मधिकर्मीलाई रु. ३ लाख, वडा नं. ५ का मनिषा साखलाई रु. १ लाख ४ हजार ५९६, वडा नं. ९ का सुमित्रा नायभा श्रेष्ठलाई रु. २ लाख ४४ हजार २९० रुपैयाँ, वडा नं. ५ का राधेश्याम तुल्सीबाख्योलाई रु. १ लाख २१ हजार १७०, वडा नं. ९ का शिवप्रसाद श्रेष्ठलाई रु. १ लाख ५ हजार ८६, वडा नं. ३ का सुलोचना धुख्वालाई रु. ३ लाख गरी जम्मा रु. १४ लाख ७५ हजार १४४ रुपैयाँ रुपैंया बराबर काठ, ईटा र झिंगटी अनुदान स्वरुप प्रदान गरिएको थियो ।

कार्यक्रमका सभापति नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकामा कार्यरत उत्कृष्ट कर्मचारीलाई र ३० वर्ष सेवा गर्ने कर्मचारीहरुलाई कदर–पत्र र दीर्घ सेवा सम्मान गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन गर्दै जनप्रतिनिधि, कर्मचारी र जनताको एकताले नै आजको भक्तपुर निर्माण भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।

The post भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यकाल पूरा appeared first on Jana Aawaj News.

भक्तपुर नपाद्धारा चैत्र २३ देखि २५ सम्म अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता हुने
जन आवाव न्युज /भक्तपुर, चैत्र २१ । भक्तपुर नगरपालिकाद्धारा चैत्र २३ गतेदेखि २५गतेसम्म अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणसँगै खेलकुद क्षेत्रमा पनि विशिष्ट स्थान हासिल गर्दै आइरहेको प्रेस विज्ञप्ति मार्फत बताएको छ ।

विद्यालयका विद्यार्थी र युवाहरूलाई शारीरिक रुपमा स्वस्थ र तन्दुरुष्त बनाउन कुनै न कुनै खेलमा सहभागी बनाउनुपर्छ भन्ने मान्यताअनुरुप भक्तपुर नगरपालिकाले भलिबल, फुटबल, कराँते, बक्सिङ्ग, टेबुलटेनिस, जिम्नास्टिक लगायत ६ वटा खेलकुदको नियमित प्रशिक्षण चलाउँदै आएको छ । भक्तपुरबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्ने र खेलकुद क्षेत्रबाट पनि भक्तपुरको नाउँ उच्च बनाउने प्रशिक्षणको उद्देश्य रहेको बताएको छ ।

ज्येष्ठ नागरिक, युवा, विद्यार्थीलगायत सम्पूर्ण नागरिकले सजिलैसँग अभ्यास गर्न मिल्ने श्वासप्रश्वाससँग सम्बन्धित छिकोङ्ग शारीरिक अभ्यासको पनि वडा-वडामा प्रशिक्षण चलाइरहेको बताएको छ । प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरु बाटै प्रशिक्षक बनाउने उद्देश्यले २७ जना छिकोङ्गका प्रशिक्षार्थीहरुलाई माघ ९ गतेदखि १७ गतेसम्म प्रशिक्षक तालिम सम्पन्न गरेको छ । विद्यालयहरुमा खेलकुदको विकास गर्ने उद्देश्यले विगत ४ वर्षदेखि पूर्णकालीन खेलकुद प्रशिक्षकहरु नियुक्ति गरी खेलकुद प्रशिक्षणलाई निरन्तरता दिंदै आएको छ । विद्यालयका छात्राहरुलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण पनि सञ्चालन गर्दै आएका छौं । २०८० कार्तिक १७ गतेदेखि २४ गतेसम्म नगर भित्रका ४९ वटा विद्यालयका खेलकुद शिक्षकहरुलाई एकहप्ते प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्दै आएको छ ।

नेपाल मजदुर किसान पार्टीले स्थानीय तहको चुनावमा घोषणा पत्रमार्फत व्यक्त प्रतिबद्धताहरु मध्ये प्रत्येक वर्ष एउटा खेलको अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना पनि एक भएको बताए छ । निर्वाचनको बेला जनताबीच गरेको प्रतिबद्धताअनुसार भक्तपुर नगरपालिकाले हरेक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको पनि यस अवसरमा यहाँहरुलाई जानकारी गराएको हो । पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथलेटिक्स, चौथो वर्ष बुद्धिचाल, पाँचांै वर्ष खो खो र गत वर्ष महिला कबड्डी खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न गर्दै शहिद दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले यो वर्ष उपयुक्त समयमा अन्तर नगर खेलकुद प्रतियोगिताको आयोजना गरिएको होे । भक्तपुरमा क्रियाशील जिम्मेवार खेल प्रशिक्षकहरु र खेलाडीहरुसँग व्यापक छलफल गर्दै उहाँहरुको सल्लाह र सुझावअनुसार भक्तपुर नगरपालिकाको कार्यपालिका बैठकले २०८१ साल चैत्र २३, २४ र २५ गते अन्तर–नगर जिम्नास्टिक खेल प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न नगर प्रमुखको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति र १३ वटा बिषयगत उपसमितिहरु गठन गरेको छ ।

यस वर्ष अन्तर विद्यालय खेलकुद प्रतियोगिता पनि सम्पन्न गरेको बताउदै प्रतियोगितामा नगरमा रहेका ९२ वटा विद्यालयहरु मध्ये ८५ वटा विद्यालयहरुले सहभागिता जनाएको बताएको छ । २१ वटा विद्यालयहरुले जिम्नास्टिक खेलमा भाग लिएका थिए । यो वर्षदेखि स्थानीय पाठ्यक्रम अन्तर्गतको बाघचाल खेललाई पनि प्रतियोगितामा समावेश गरिएको बताएको छ । प्रतियोगितामा समावेश गरिएका १५ वटा खेलहरुमध्ये बाघचाल प्रतियोगितामा भाग लिने विद्यार्थीहरु अत्यन्त उत्साहित देखिएका थिए । यस किसिमका खेलकुद प्रतियोगिताहरुमा आगामी वर्षरुरुमा अझ बढी विद्यालय र विद्यार्थीहरुले भाग लिने नगरपालिकाले आशा गरेको बताएको छ ।

भक्तपुर नगरपालिकाद्वारा आयोजित यस प्रतियोगिता नेपाल जिम्नास्टिक संघबाट मान्यता प्राप्त प्रतियोगिता हो ।

यस प्रतियोगितामा काठमाण्डौ र ललितपुर महानगरसहित देशका विभिन्न १८ वटा नगरपालिकाहरुले भाग लिन नाम दर्ता गराइ सकेका छन् ।

सहभागी नगरपालिकाह :

१. काठमाण्डौ महानगरपालिका २) ललितपुर महानगरपालिका ३) पोखरा महानगरपालिका ४) हेटौडा उपमहानगरपालिका ५) भक्तपुर नगरपालिका ६) चाँगुनारायण नगरपालिका ७) सूर्यविनायक नगरपालिका ८) मध्यपुर थिमी नगरपालिका ९) बाग्लुङ नगरपालिका १०) रामग्राम नगरपालिका ११) बनेपा नगरपालिका १२) गोकर्णेश्वर नगरपालिका १३) शंखरापुर नगरपालिका १४) चन्द्रागिरी नगरपालिका १५) वालिङ्ग नगरपालिका १६) किर्तिपुर नगरपालिका १७) बुढानिलकण्ठ नगरपालिका १८) नागार्जुन नगरपालिका रहेका छन् । अन्तर नगर जिम्नास्टिक प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रुपमा भक्तपुर नगरपालिकाले आयोजना गर्दैछ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५० हजार, दोस्रोलाई रु. ३० हजार, तेस्रोलाई रु. २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्ने व्यवस्था गरेका छौं ।

प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) बाट हुने बताइएको छ । चैत्र २३ गतेदेखि २५ गतेसम्म हुने जिम्नास्टिक प्रतियोगिताको उद्घाटन ¥याली भक्तपुर न.पा. वडा नं. ९ दत्तात्रय परिसरबाट बिहान ८ः०० बजे शुरु भई तचपाल, इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दुधपाटी हुँदै नगरको मुख्य बजार परिक्रमा गरी शहिद स्मृति खेल मैदानमा पुगी उद्घाटन हुने तालिका रहेको छ ।

The post भक्तपुर नपाद्धारा चैत्र २३ देखि २५ सम्म अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता हुने appeared first on Jana Aawaj News.

भक्तपुर नगरपालिकाद्धारा उच्च शिक्षा अध्ययनका लागि १५१ जना विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराईने
भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि १५१ जना नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराउन स्वीकृत गरेको छ । सोही सन्दर्भमा भक्तपुर नगरपालिकाको आयोजनामा शैक्षिक ऋण वितरणसम्बन्धी अभिमुखीकरण कार्यक्रमसम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले कुनै पनि नगरबासी विद्यार्थीहरु आर्थिक कारणबाट उच्च शिक्षाबाट बञ्चित हुन नपरोस् उद्देश्यका साथ भक्तपुर नपाले सहुलियत दरमा शैक्षिक ऋण प्रदान गर्दै आइरहेको बताउनुभयो । शिक्षामा गरेको लगानीले संसारलाई परिवर्तन गर्ने दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुग्ने बताउँदै उहाँले विदेशमा उच्च शिक्षा अध्ययन गरी आफ्नै देशको सेवा गर्ने भावना युवा पुस्ताहरुमा हुनुपर्ने बताउनुभयो । उहाँले उच्च शिक्षा हासिल गर्ने सिलसिलामा वर्षेनी लाखौंको संख्यामा विद्यार्थीहरु विदेशिँदा नेपालका कलेज तथा विद्यालयहरुमा विद्यार्थी संख्या घट्दा ती संस्थाहरुमा संकट निम्तिएको बताउँदै विद्यार्थीको भविष्य उनीहरुको मेहेनतमा भर पर्ने विषय भएको बताउनुभयो ।

भक्तपुर नपाले भक्तपुर प्रवेश गर्ने विदेशी पर्यटकबाट उठाएको पर्यटन शुल्कबाट भक्तपुरको सम्पदा पुनःनिर्माण र विकास निर्माण कार्यमा धेरै सहयोग मिलेको बताउँदै उहाँले यसबाट भक्तपुरको शैक्षिक, सांस्कृतिक र सफाइमा परिवर्तन ल्याएको बताउनुभयो । भक्तपुर नपाले भक्तपुर महोत्सवको आयोजना गरी भक्तपुरको कला संस्कृति, मौलिक आदिबारे संसारमा प्रचारप्रसार गर्ने उद्देश्य राखेको बताउँदै उहाँले नगरबासी विद्यार्थीहरुलाई सजिलैसित चिकित्सा शिक्षा पढ्ने अवसर प्रदान गर्न ख्वप विश्वविद्यालय स्थापनाको अवधारणा अगाडि सारेको बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले शैक्षिक ऋण बाहेक पनि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २ वटा इन्जिनियरिङ कलेज सहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुमा वर्षको रु. ४ करोडभन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको प्रष्ट पार्नुभयो । उहाँले सबै विषयको समान महत्व हुने बताउँदै विद्यार्थीहरुले आफूले अध्ययन गरेको विषयमा दक्षता हासिल गर्ने ढंगले आफ्नो पढाइलाई निरन्तरता दिन पनि प्रेरित गर्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नपाको शैक्षिक ऋण वितरण कार्यक्रम नेपालकै लागि उदाहरणीय कार्य भएको बताउँदै विद्यार्थीको उज्ज्वल भविष्यको लागि शुभकामना दिनुभयो । शैक्षिक ऋण प्राप्त विद्यार्थीहरुले विदेश जाने सोचबाट टाढा रहन आग्रह गर्दै उहाँले शैक्षिक ऋण कार्यक्रमबाट धेरै विद्यार्थीहरु लाभान्वित हुने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले शैक्षिक ऋणको औचित्य र महत्वमाथि प्रस्ट पार्दै विद्यार्थीहरुलाई नगरपालिका र नगरबासीहरुप्रति उत्तरदायी बन्न प्रेरित गर्नुभयो ।

भक्तपुर नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीको लागि उच्च शिक्षा अध्ययनलाई सघाउ पुर्याउन शैक्षिक ऋणको व्यवस्था गर्दै आएको छ । उच्च शिक्षा भन्नाले विद्यालय तह (कक्षा १२) भन्दा माथिको शिक्षा हो र विद्यार्थीले शैक्षिक प्रमाण पत्र धितो राखी उच्च शिक्षाका लागि नगरपालिकाबाट सहुलियत ऋण प्राप्त गर्छन् । यस्तो ऋण विद्यार्थीले पढाइ पूरा नहुदा सम्म तिर्नुपर्दैन तर पढाइ पूरा भएको ४ वर्ष भित्र वार्षिक २५ प्रतिशतका दरले ऋण चुक्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि ६०० जना विद्यार्थीहरुलाई नगरपालिकाबाट रु. ५ लाखसम्म ऋण दिएर उच्च शिक्षा अध्ययन गरिरहेकोमा यस आ.व. २०८१/८२ मा १५१ जनालाई शैक्षिक ऋण स्वीकृति गरेको समेत गरी कुल ७५१ जनाले रु. ५ लाखको शैक्षिक ऋण सुविधा लिएर उच्च शिक्षा अध्ययन गरिरहेका छन् । शैक्षिक ऋण स्वीकृत भएकामध्ये जम्मा ४५४ जना विद्यार्थीहरुले शैक्षिक ऋण लिएर अध्ययन गरिरहेको छ भने ५१ जनाले ऋण चुक्ता गरिसकेको छ । शैक्षिक ऋणमा रु. १३ करोड ६९ लाख ५० हजार ऋण लगानी भएको छ भने रु. १ करोड ६४ लाख ९४ बराबरको साँवा ब्याज फिर्ता भइसकेको छ ।

त्यसबाहेक भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २ वटा इन्जिनियरिङ कलेज सहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुमा वर्षको रु. ४ करोडभन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

भक्तपुर नगरपालिकाले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले खोलेका २ वटा इन्जिनियरिङ कलेज सहित ७ वटा शैक्षिक संस्थाहरुमा हाल ७७ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

The post भक्तपुर नगरपालिकाद्धारा उच्च शिक्षा अध्ययनका लागि १५१ जना विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराईने appeared first on Jana Aawaj News.

भक्तपुरमा पाँच दिने भक्तपुर महोत्सव हुने
भक्तपुर । भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादन लगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म पाँच दिने भक्तपुर महोत्सव हुने भएको छ । भक्तपुर महोत्सवको तयारी र व्यवस्थापनको लागि नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा १६१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरिएको छ । समितिमा जनप्रतिनिधि, कार्यालय प्रमुखहरु, बुद्धिजीवीहरु, संघ संस्था प्रमुखहरु र अन्य प्रतिष्ठित व्यक्ति रहने व्यवस्था छ ।

विभिन्न समितिअन्तर्गत नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा प्रकाशन समिति, उपप्रमुख रजनी जोशीको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन समिति, वडाध्यक्ष श्यामकृष्ण खत्रीको अध्यक्षतामा स्वयम्सेवक तथा खेलकुद व्यवस्थापन समिति, वडाध्यक्ष हरिप्रसाद बासुकलाको अध्यक्षतामा खाना महोत्सव व्यवस्थापन तथा सहकारी संस्थाहरुसँग समन्वय समिति, वडाध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा हस्तकला तथा जीवनशैली प्रदर्शनी व्यवस्थापन समिति, वडाध्यक्ष उपेन्द्र सुवालको संयोजकत्वमा निर्माण तथा मर्मत समिति, वडाध्यक्ष हरिराम सुवालको संयोजकत्वमा खानेपानी तथा प्राथमिक स्वास्थ्य उपचार व्यवस्थापन समिति, वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको संयोजकत्वमा पुस्तक तथा शैक्षिक प्रदर्शनी व्यवस्थापन समिति, वडाध्यक्ष उकेश कवांको संयोजकत्वमा व्यापार मेला व्यवस्थापन समिति, वडाध्यक्ष कृष्णप्रसाद कोजुको संयोजकत्वमा पार्किङ व्यवस्थापन समिति, वडाध्यक्ष रविन्द्र ज्याख्वको संयोजकत्वमा सांस्कृतिक प्रदर्शनी व्यवस्थापन समिति, वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाको संयोजकत्वमा नौका बिहार र दिपावली व्यवस्थापन समिति र कार्यपालिका सदस्य रोशनमैंया सुवालको संयोजकत्वमा बालमैत्री गतिविधि व्यवस्थापन समिति गठन गरेको छ ।

भक्तपुर नगरपालिकाका अनुसार उक्त महोत्सवबाट यहाँको कला संस्कृति, परम्परागत उत्पादन, सीप, शैली र मौलिक जीवनशैली लगायतको प्रवद्र्धन हुने र यसबाट आन्तरिक साथसाथै बाह्य पर्यटन समेत फस्टाउने अपेक्षा गरिएको छ ।

The post भक्तपुरमा पाँच दिने भक्तपुर महोत्सव हुने appeared first on Jana Aawaj News.

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुको निरीक्षण
भक्तपुर । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति मा. अम्मरबहादुर थापाको नेतृत्वमा समितिका माननीयहरूद्वारा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु र भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गाको स्थलगत निरीक्षण गर्नुभएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभापति मा. थापा सहितको टोलीलाई सल्लाघारीमा स्वागत गर्नुभएको थियो । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय संचालनको लागि उक्त जग्गा माग गर्दै आएको सन्दर्भमा त्यहाँको वस्तुस्थिति बुझ्न प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीयहरू आज भक्तपुर भ्रमणमा आउनुभएको हो । टोलीले १०८ रोपनी जग्गा र जग्गासँगैको हनुमन्त्ते खोला करिडोरको पनि निरीक्षण गर्नुभएको थियो ।

सल्लाघारीमा भएको निरीक्षणपश्चात टोलीलाई भक्तपुर नगरपालिकाका नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकामा खादा र भादगाउँले टोपीले स्वागत गर्नुभयो ।

भक्तपुर नरपालिकाले गरेको स्वागत र भक्तपुरलाई नजिकबाट नियाल्ने अवसरको लागि धन्यवादज्ञापन गर्दै सभापति थापाले विश्वविद्यालय विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रस्तुत भए पछि समितिले आवश्यक छलफल गरी शिघ्र संसदमा प्रस्तुत गर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरूमा काठमाडौं उपत्यका बाहिरबाट अध्ययन गर्न आएका विद्यार्थीहरूलाई राम्रो सुविधा उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गर्दै उहाँले ख्वप विश्वविद्यालयले कम शुल्कमा एमबीबीएस अध्ययन गराउने विषयले सभासद्हरू समेत उत्साहित भएको बताउनुभयो ।

ख्वप विश्वविद्यालय सम्बन्धनको विषयमा ढिलाइ भएकोमा आशंका व्यक्त गर्दै सभापति थापाले नागरिकलाई सुलभ र गुणस्तरीय उच्च शिक्षा अध्ययन गराउने उद्देश्यले स्थापना हुने ख्वप विश्वविद्यालय विधेयक संसदबाट छिटो पारित गर्ने विषयमा आफूहरू सकारात्मक रहेको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गर्न र नेपाल ट्रष्टको नाममा रहेको सल्लाघारीको १०८ रोपनी जग्गा प्राप्तिको लागि भक्तपुर नपाले यसअघि पनि धेरैपटक ताकेता गरिसकेको स्मरण गराउनुभयो ।

सल्लाघारीको १०८ रोपनी जग्गा स्थानीय जनताकै जग्गा भएको बताउँदै उहाँले ख्वप विश्वविद्यालयलाई जनताको विश्वविद्यालयको रुपमा सञ्चालन गर्ने उद्देश्यले सञ्चालन गरिनेछ र देशभरिका विद्यार्थीहरूले सस्तोमा गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने अवसर मिल्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालयको विधेयक पारित गर्न र भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापना गर्न भक्तपुर नपालाई उपलब्ध गराउन सभापति थापासमक्ष अनुरोध गर्नुभयो ।

सल्लाघारीस्थित उक्त जग्गाको संरक्षणको अभावमा हनुमन्त्ते खोलाबाट कटान र अतिक्रमणको कारण जग्गाको क्षेत्रफल समेत घटेको तथा उक्त जग्गाको संरक्षण, सम्बद्र्धन र सदुपयोग हुन नसक्दा यसको विभिन्न पक्षबाट दुरुपयोगको सम्भावना समेत बढेको हुँदा भक्तपुर नपाले नेपाल ट्रष्टको सहमतिमा नगरपालिकाको खर्चमा उक्त जग्गाको चारैतर्फ पर्खाल निर्माण र ५ वटा गेटको व्यवस्था गरी संरक्षण गर्दै आइरहेको प्रमुख प्रजापतिले सोही क्रममा अवगत गराउनुभयो ।

भक्तपुर नपाले वार्षिक ४ करोडभन्दा बढी छात्रवृत्ति, विभिन्न विषयमा पी.एच.डी.सम्म छात्रवृत्ति, शैक्षिक ऋणको व्यवस्था, वडा वडामा शिशुस्याहार सञ्चालन, नगरस्तरीय र वडा वडामा स्तरीय पुस्तकालय व्यवस्था गर्दै आएको बताउँदै उहाँले कम शुल्कमा चिकित्सा शिक्षा प्रदान गर्ने उद्देश्यका साथ चिकित्सा शास्त्र अध्ययन संस्थानसहित ख्वप विश्वविद्यालय स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई पटक पटक ताकेता गर्दै आएको विषय अवगत गराउनुभयो ।

उहाँले नपाबाट सञ्चालित शैक्षिक संस्थाहरुबाट देशका ७७ वटै जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्ने अवसर प्राप्त गरिसकेको पनि सो अवसरमा जानकारी दिनुभयो ।

पूर्व शिक्षामन्त्री मा. देवेन्द्र पौडेलले भक्तपुर नपाले शिक्षामा गरेको काम सराहनीय भएको र थप प्रगतिको लागि शुभकामना दिनुभयो । भक्तपुर नपाले गरेको काम ७५३ वटै स्थानीय तहको लागि नमुना बनोस् भन्नुहँदै मा. पौडेलले जनतालाई सस्तो र गुणस्तरीय शिक्षा दिने उद्देश्यले सञ्चालन हुने ख्वप विश्वविद्यालय स्थापनाको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा भक्तपुर नपाले साह्रै राम्रो काम गरेको बताउँदै उहाँले भक्तपुर नपा ख्वप विश्वविद्यालय सञ्चालनको लागि सक्षम भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकामा भएको भेटपश्चात सभापति थापाले भक्तपुर नपाबाट सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको पनि स्थलगत अवलोकन गर्नुभई त्यहाँको भौतिक अवस्थिति र शैक्षिक विशेषताहरूबारे जानकारी लिनुभयो ।

ख्वप कलेजमा प्राचार्य प्रकाश कुमार श्रेष्ठ, ख्वप कलेज अफ लमा प्राचार्य अनिता जधारी, ख्वप अस्पतालमा नि.निर्देशक डा.मजेश प्रताप मल्ल र ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा प्राचार्यहरू ई.सुजन माक तथा सुनिल दुवालले सभापति थापा नेतृत्वको टोलीलाई स्वागत गर्नुभई कलेज स्थापनाको उद्देश्य, शैक्षिक कार्यक्रम र त्यसको विशेषता, विद्यार्थी संख्या, शुल्क संरचना र कलेजको सेवा तथा सुविधाहरूबारे जानकारी दिनुभयो ।

टोलीले भक्तपुर नपाबाट सञ्चालित जनज्योति पुस्तकालय, भनपाबाट सञ्चालित वडा नं. १ को शिशुस्याहार केन्द्र र ऐतिहासिक भाज्या पुखु र सिद्धपोखरीको पनि अवलोकन गर्नुभयो ।

निरीक्षणमा सभापति अम्मरबहादुर थापासहित मा. देवेन्द्र पौडेल, मा. उर्मिला थेबे, मा. रामप्रकाश चौधरी, मा. लिलादेवी बोखिम, मा. विनिताकुमारी सिंह, मा. ज्ञानुदेवी सुवेदी, समिति सचिव दशरथ धमला, उपसचिव पुष्पप्रकाश खनाल र शाखा अधिकृत यमुना सुवेदीको उपस्थिति रहेको थियो ।

The post भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुको निरीक्षण appeared first on Jana Aawaj News.

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भक्तपुरमा स्वागत
भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकामा. मन्त्री बलराम अधिकारीले भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गाको आज स्थलगत निरीक्षण गर्नु भयो । सल्लाघारीमा उहाँलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गर्नुभयो ।

भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय संचालनको लागि उक्त जग्गा माग गरे पछि त्यसको वस्तुस्थिति बुझ्न मन्त्री अधिकारी भक्तपुर आउनुभएको हो ।

सोही क्रममा मन्त्री अधिकारीले नेपाल ट्रष्टको स्वामित्वमा रहेका जग्गाहरु संरक्षणका क्रममा देशभर रहेका जग्गाहरुको खोजी कार्य गर्दै त्यसको संरक्षण कार्य सुरु गरिएको बताउनुभयो ।

उहाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायतका क्षेत्रमा गरिरहेको कार्य प्रशंसनीय छ भन्नुभयो । विश्वविद्यालय सञ्चालनको लागि १०८ रोपनी जग्गा उपभोग गर्न दिने विषयमा आफू सकारात्मक रहेको पनि सो अवसरमा बताउनुभयो ।

निरीक्षणकै क्रममा उहाँले जग्गाको संरक्षण, सदुपयोग र व्यवस्थापनको विषयमा नेपाल ट्रष्ट र भक्तपुर नपाबीच आपसी समन्वय, सहकार्य र छलफल गरी अगाडि बढ्न सकिने बताउँदै ट्रष्टको जग्गा अतिक्रमण हुनबाट रोक्न जरुरी रहेको बताउनुभयो ।

जग्गा सदुपयोग गर्ने भन्नेबारे बृहत छलफल गरेर अगाडि बढ्न सकिने धारणा राख्दै ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिको लागि सरकारले ढिलाइ गर्न नहुने धारणा राख्नुभयो ।

भक्तपुर नगरपालिकामा भएको भेटपश्चात मन्त्री अधिकारीले भक्तपुर नपाबाट सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको पनि अवलोकन गर्नुभई त्यहाँको भौतिक अवस्थिति र शैक्षिक विशेषताहरुबारे जानकारी लिनुभयो ।

अवलोकन क्रममा मन्त्री अधिकारीले भक्तपुर नपाले सञ्चालन गरेका नमुना कलेजहरु र अस्पताल अवलोकन गर्ने अवसर प्रदान गरेकोमा भक्तपुर नगरपालिकालाई धन्यवादज्ञापन गर्दै विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुर नपाको उद्देश्य प्रशंसनीय भएको बताउनुभयो ।

विश्वविद्यालय सञ्चालनको लागि भक्तपुर नपाले आवश्यक भौतिक पूर्वाधारहरुको निर्माण र जनशक्ति व्यवस्थापन कार्य पनि उल्लेखनीय भएको बताउँदै उहाँले ख्वप विश्वविद्यालयले चाँडै सम्बन्धन प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको सुख, दुःखसँग सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताउनुभयो

विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधारहरु निर्माणमा भक्तपुर नपाले जोड दिँदै आएको बताउँदै उहाँले भक्तपुर नगरपालिका विश्वविद्यालय सञ्चालन गर्न सक्षम रहेको बताउनुभयो ।

भक्तपुर नपाले समाजवादी देशहरुबाट सिक्दै भक्तपुरमा समाजवादउन्मुख कार्यहरु गर्दै आइरहेको बताउँदै शैक्षिक क्षेत्रमा विशेष योगदान पुर्याउने उद्देश्यले विभिन्न विषयका कलेजहरु सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।

प्रमुख प्रजापतिले मन्त्री अधिकारीलाई भक्तपुर नपाका महत्वपूर्ण प्रकाशन र मयुरको झ्याल उपहार स्वरुप प्रदान गर्दै भक्तपुर नगरपालिकाले गरिरहेका कार्यहरुको निरिक्षण गर्नु भएकोमा मन्त्री अधिकारीलाई धन्यवाद पनि दिनुभयो । मन्त्री अधिकारीले भक्तपुर दरबार क्षेत्रस्थित सांस्कृतिकएवम् ऐतिहासिक महत्वका सम्पदाहरुको पनि अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।

भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, भनपा ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु, नेपाल ट्रष्ट संचालक समितिका सदस्य योन्जेन शेर्पालगायतको उपस्थिति रहेको थियो ।

ख्वप कलेजमा प्राचार्य प्रकाश कुमार श्रेष्ठ, ख्वप कलेज अफ लमा प्राचार्य अनिता जधारी, ख्वप अस्पतालमा निमित्त मेडिकल डाइरेक्टर डा.मजेशप्रताप मल्ल र ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्यहरु ई.सुजन माक तथा सुनिल दुवालले मन्त्री अधिकारीलाई स्वागत गर्नुभएको थियो ।

The post भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई भक्तपुरमा स्वागत appeared first on Jana Aawaj News.

सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयको लागि माग
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाको लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग गरिएको छ ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधि टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मा. मन्त्री बलराम अधिकारीसँग भेटी भक्तपुर नगरपालिकाले सञ्चालन गरिने ख्वप विश्वविद्यालय सञ्चालनको लागि नेपाल ट्रष्टको नाममा रहेको सल्लाघारीस्थित १०८ रोपनी जग्गा उपलब्ध गराउन सोमबार ध्यानाकर्षण गराउनुभयो ।

मन्त्री अधिकारीले देशैभरि नेपाल ट्रष्टको नाममा रहेको जग्गाको खोजी कार्य भइरहेको जानकारी दिनुहुँदै ट्रष्टको नाममा रहेको जग्गा संरक्षण र सदुपयोग गर्ने नीतिअनुसार अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले नेपाल ट्रष्टको स्वामित्व कायम हुने ढंगले सल्लाघारीको १०८ रोपनी जग्गा उपयोग गर्ने विषयमा आफू सकारात्मक रहेको बताउँदै ट्रष्टको नीतिअनुसार उक्त जग्गा नगरपालिकालाई दिन मिल्ने नमिल्ने अध्ययन गरिने समेत जानकारी गराउनुभयो ।

ट्रष्टको स्वामित्वमा रहेको जग्गा व्यापारिक वा सेवामूलक लिजमा दिने विषयमा आवश्यक छलफल गरिने बताउँदै मन्त्री अधिकारीले संरक्षणको अभावमा सल्लाघारीको १०८ रोपनी जग्गा दुरुपयोगको सम्भावना भएको हुँदा उक्त क्षेत्र संरक्षण र संबद्र्धन गर्न दुवै पक्षले सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

भेटमा सांसद सुवालले सल्लाघारीस्थित १०८ रोपनी जग्गाको पृष्ठभूमिबारे प्रष्ट पार्दै भक्तपुर नपाले मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालन गर्न पटक पटक सल्लाघारीको उक्त जग्गा माग गर्दै आएको बताउनुभयो ।

उक्त क्षेत्रमा जग्गा अतिक्रमणका कारण क्षेत्रफल घटेको बताउँदै उहाँले भक्तपुर नपाले १०८ रोपनी जग्गा संरक्षण र संबद्र्धनको लागि पर्खाल निर्माण गरी संरक्षण र व्यवस्थापन समेत गर्दै आइरहेको प्रष्ट पार्नुभयो ।

सांसद सुवालले सार्वजनिक जग्गा मिच्नु पनि भ्रष्टाचार भएको बताउँदै देशविदेशका विद्यार्थीहरुलाई अध्ययनअनुसन्धानमा अग्रसर बनाउन ख्वप विश्वविद्यालयको अवधारणालाई अगाडि ल्याइएको बताउनुभयो ।

सोही क्रममा नगर प्रमुख प्रजापतिले मन्त्री अधिकारीसमक्ष ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुहुँदै भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टको सहमतिमा नगरपालिकाको खर्चमा १०८ रोपनी जग्गाको चारैतर्फ पर्खाल लगाइ आवश्यकताअनुसार ५ वटा गेटको व्यवस्था गरी उक्त क्षेत्रको संरक्षण गर्दै आइरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुको स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै उहाँले कलेज स्थापनादेखि हालसम्म ख्वप उच्च माविमा २३ हजार ७४५, ख्वप इन्जिनियरिङ कलेजमा ५ हजार ४५, ख्वप कलेजमा ८ हजार ७३३, ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा १ हजार ५५४, ख्वप कलेज अफ इन्जिनियरिङमा २ हजार ६०३ र ख्वप कलेज अफ लमा १ सय २० गरी जम्मा ४१ हजार ७९८ जना विद्यार्थीहरु भर्ना भइ अध्ययन गरिसकेको तथ्यांक प्रस्तुत गर्नुभयो ।

नेपाल ट्रष्टको नाममा रहेको सम्पत्ति विद्यालय, महाविद्यालय जस्ता शैक्षिक तथा प्राज्ञिक संस्थाहरु खडा गरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनको लागि अनुदान प्रदान गर्न’ प्रयोग गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय सञ्चालन गर्न भक्तपुर नगरपालिकालाई उपलब्ध गराइदिन अनुरोध गर्नुभयो ।

२०८० फागुन ४ गते संघीय संसद, प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ‘ख्वप विश्वविद्यालय विधेयक २०८०’ समितिबाट अगाडि बढाउन अनुरोधपत्र हस्तान्तरण भएको स्मरण गर्दै उहाँले जनतालाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले विभिन्न विषयगत कलेजहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

उक्त भेटमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइ, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति रहेको थियो ।

सोही क्रममा नगर प्रमुख प्रजापतिसहितको टोलीले कानुन सचिव उदयराज सापकोटा र सहसचिव निर्मला अधिकारी भटटराईसँग भेट गरी ख्वप विश्वविद्यालय विधेयक अगाडि बढाइ दिन आग्रह गर्नुभयो ।

ख्वप विश्वविद्यालय विधेयक शिक्षा मन्त्रालय, अर्थमन्त्रालय हुँदै अहिले कानुन मन्त्रालयमा विचाराधीन रहेको छ । कानुन सचिव सापकोटाले ख्वप विश्वविद्यालय विधेयकबारे आफूहरु सकारात्मक भएको बताउँदै चाँडै नै प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

The post सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयको लागि माग appeared first on Jana Aawaj News.