बिजुक्छेँ – Jana Aawaj News

अध्यक्ष बिजुक्छेँद्वारा लान्चा फल्चा उद्घाटन
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं. १० स्थित लान्चा फल्चा आज रिबन काटेर शिलापत्र अनावरण गरी उद्घाटन गर्नुभयको छ ।

सांसद विकास कोषको बजेटबाट पुनःनिर्माण गरिएको उक्त फल्चाको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले लामो समयदेखि लोप हुने अवस्थामा रहेको ऐतिहासिक रुपले पनि महत्वपूर्ण लान्चा फल्चा संरक्षण कार्य प्रशंसनीय भएको बताउनुभयो । भक्तपुरको सन्तुलित विकास र यहाँका जनताहरुको जीवनस्तर उकास्न भक्तपुरको उत्तरतर्फ भक्तपुर—काठमाडौं जोड्ने सडक निर्माण गर्नुुपर्नेमा जोड दिनुहुँदै उहाँले शासक दलका नेताहरुले राजनीतिलाई पैसा कमाउने थलोको रुपमा लिँदा देश झन् गरिब हुँदै गएको र भ्रष्टाचार बढिरहेको बताउनुभयो ।

चुनावबाट जितेर आएका शासक दलका नेताहरुमा काठमाडौं उपत्यकाको कुनै विकास योजना नभएको भन्दै अध्यक्ष बिजुक्छेँले जनतालाई धोखा दिने शासक दलका नेताहरुलाई चुनावमा जिताउन नहुने बताउनुभयो । अध्यक्ष बिजुक्छेँले रुस र युक्रेनबीचको लडाइँको प्रसंग जोड्नुहुँदै देउवा सरकारले संयुक्त राष्ट्र संघमा रुसले युक्रेनमा आक्रमण गर्यो भन्ने पक्षमा मत दिनु नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत भएको बताउनुभयो । उहाँले एमसीसी सम्झौता अनुमोदनलगत्तै सरकारले नेपाललाई पनि नाटो संगठनको सदस्य बनाउने तर्खरमा शासक दलहरु क्रियाशील रहेको बताउनुभयो ।

कार्यक्रममा नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले फल्चा पुनःनिर्माणसँगै यसको नियमित रुपमा मर्मत सम्भार र सरसफाईमा समेत ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुहुँदै सम्पदा पुनःनिर्माणमा ठेकेदारलाई भन्दा उपभोक्ता समितिमार्फत नै गराउनुपर्नेमा जोड दिनुभयो ।

पैसा र आश्वासन बाँडेर चुनाव जित्ने जनप्रतिनिधिहरुले जनताको सेवालाई भन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्नेतर्फ जनता सचेत हुनुपर्ने भन्दै सांसद सुवालले एमसीसी सम्झौता नेपालको लागि सहयोगको नाममा आएको विषसरह भएको बताउनुभयो । एमसीसी सम्झौता नेपालको हितमा नभएको हुँदा उद्योगी तथा व्यापारीहरुले एमसीसीको समर्थन गर्न नहुने बताउनुहुँदै उहाँले नेमकिपाले पूर्वाधार विकासमा स्थानीय विकास पूवाधार कार्यक्रमका बजेट भक्तपुर नगरपालिकामा भन्दा भक्तपुर जिल्लाका अन्य नगरपालिकाहरुमा खर्च गर्दै आइरहेको अवगत गराउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले समाजबाट आफूले धेरै सिक्ने अवसर पाएको बताउनुहुँदै भक्तपुर नपाले जनताको लागि जनताकै सहयोगमा यहाँका सम्पदा संरक्षण गरिरहेको र भक्तपुरको ख्वप मोडल जनस्तरबाटै सराहना भएको छ भन्नुभयो ।

पूर्व वडाध्यक्ष चन्द्रबहादुर उलकले लान्चा फल्चाको हालको रुवरुप मौलिक स्वरुपभन्दा फरक रहेको उल्लेख गर्नुहुँदै पाटीपौवा निर्माण हाम्रो संस्कृति र संस्कार भएको र भक्तपुर नपाले गरिरहेको सम्पदा संरक्षण कार्य प्रशंसनीय भएको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले भक्तपुरमा रहेका ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका फल्चाहरुको महत्वमाथि प्रकाश पार्नुहुँदै भक्तपुर नपा वडा नं. १० मा मात्रै ५४ वटा फल्चा रहेकोमा ४ वटा पुनःनिर्माण सम्पन्न भइसकेको र १ वटा पुनःनिर्माणकै क्रममा रहेको बताउनुभयो ।

कार्यक्रममा लान्चा फल्चा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णनारायण दुमरु, सचिव महाविर अमात्य, इन्जिनियर्स समाज नेपालका उपाध्यक्ष नरेश खत्रीले पनि आफ्नो धारणा राख्नुभएको थियो । यस्तै कार्यक्रममा कोषाध्यक्ष विष्णुप्रसाद तिमिल्सनाले फल्चा पुनःनिर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कार्यमा ९४ जना स्थानीय जनताबाट जनश्रमदान जुटेको बताउनुभयो ।

The post अध्यक्ष बिजुक्छेँद्वारा लान्चा फल्चा उद्घाटन appeared first on Jana Aawaj News.

ख्वप इन्जिनियरिङ कलेजमा दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा दशैं र तिहारको अवसरमा शिक्षक तथा कर्मचारीहरुबीच दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले राजनीतिमा महिलाहरुको सहभागिता कम भएका कारण समाज आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछाडि परेको बताउनुभयो । शासक दलहरुले जनताको चेतनास्तरअनुसार काम गर्न नसकेको बताउनुहुँदै उहाँले भन्नुभयो “सांसदहरु जनताको सेवाभन्दा पनि राज्यको ढुकुटी रित्याउनमै रमाइरहेका छन्” ।

नेपालमा प्रगतिशील सरकार स्थापना गर्न नेमकिपा निरन्तर संघर्षरत रहेको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले राजनीति गर्ने शासक दलहरुले आफ्नो अवसरवादी नीति अघि सार्ने परम्पराले गर्दा नागरिकहरुले राजनीतिलाई हेर्ने दृष्टिकोण नै फरक हुँदै गएको बताउनुभयो ।

राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा देशको स्वार्थलाई महत्व दिने हो भने राजनीतिप्रति जनताको विश्वास बढ्दै जाने उहाँले बताउनुभयो । भक्तपुर नपाले सम्पदा पुनःनिर्माणमा गरेको प्रगति र उपलब्धी सबैको लागि अनुकरणीय रहेको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले विदेशी सहयोगमा निर्मित उपत्यकाका सम्पदा पुनःनिर्माण तथा विकास निर्माणका गतिविधिहरुका कारण नेपालको सार्वभौमिकतामाथि आँच पुगेको बताउनुभयो ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नजिकिँदै गरेको दशैंको शुभकामना दिनुहुँदै चाडपर्व र संस्कृति प्रगतिशील तरिकाले मनाउनुपर्ने बताउनुभयो । देशको राजनीति राम्रो भए सबै क्षेत्र सन्तुलित र विकसित हुने बताउनुहुँदै उहाँले सरकारले शिक्षा तथा अनुसन्धानमा न्यून लगानीकै कारण आज देश आर्थिक रुपमा पछाडि परेको बताउनुभयो ।

देशघाती एमसीसी सम्झौताको विरुद्ध बौद्धिक समुदायले सशक्त ढंगले आवज उठाउनुपर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले एमसीसी सम्झौता ‘गुलियो पोतेको विष’ सरह भएको बताउनुभयो । कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशीले इन्जिनियर तथा प्राविधिक कर्मचारीहरु समाजसँग घुलमिल भएर काम गर्नुपर्नेमा जोड दिनुहुँदै भक्तपुर नपाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखेकै कारण आज अरु स्थानीय निकायको तुलनामा भक्तपुर नपाले अनुकरणीय कार्यहरु गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले सञ्चालक समितिले गरेका महत्वपूर्ण निर्णय तथा कलेजका गतिविधिहरुमाथि प्रष्ट पार्नुभएको थियो । प्रमुख अतिथि बिजुक्छेँले कलेजको आयोजनामा विभिन्न खेल प्रतियोगिताका विजयीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

The post ख्वप इन्जिनियरिङ कलेजमा दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न appeared first on Jana Aawaj News.