प्रधानमन्त्रीद्वारा शर्माको चित्रकला प्रदर्शनी अवलोकन | Jana Aawaj News

प्रधानमन्त्रीद्वारा शर्माको चित्रकला प्रदर्शनी अवलोकन

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्रीद्वारा शर्माको चित्रकला प्रदर्शनी अवलोकन : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौँ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले चित्रकार हरिप्रसाद शर्माको ‘समयक्रममा नेपाल : चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।

काठमाडौँ उपत्यकाको मौलिक एवं परम्परागत सामाजिक परिवेश र विविध कालखण्डका नेपाली परिघटनालाई आधार बनाएर शर्माले कोर्नुभएको चित्रकलालाई प्रधानमन्त्री ओलीले आज बबरमहलस्थित नेपाल कला परिषद्मा अवलोकन गर्नुभएको हो ।

अवलोकनपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले नेपाली कला, संस्कृति र इतिहासलाई चित्रमा उतार्नु सहज नभए पनि कलाकार शर्माले मेहनतपूर्वक चित्रकलामा आफूलाई सक्रिय बनाउनुुभएका प्रशंसा गर्नुभयो । नेपाल सम्पदा सङ्घको आयोजनामा उक्त प्रदर्शनी यही जेठ ९ गतेदेखि सञ्चालित छ ।

+ posts

 

 

ताजा
1 वागीश्वरीमा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन
2 एसइई २०८२ का सर्वोत्कृष्ट विद्यार्थी र विद्यालय सम्मान तथा ‘सञ्चार माध्यममा भक्तपुर नपा-भाग २’ पुस्तक सार्वजनिक
3 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
4 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न