परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न | Jana Aawaj News

परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न

पढ्न लाग्ने समयः 3 मिनेट
परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न : Jana Aawaj News

नारायण थापा
काठमाडौैं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बसुन्धाराले नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्त संचार सेवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


निस्तार चाडको प्रेम, जीवन बचाउने प्रेम १,३२४ औं विश्वव्यापी रक्तदान अभियानमा परमेश्वरको मण्डलीका १२० जना सदस्यहरुले रक्तदान गरेका छन् ।
उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मदन गुरुङले परमेश्वरको मण्डलीले प्रत्येक वर्ष निरन्तर रुपमा गर्दै आएको रक्तदान कार्यक्रम उत्कृष्ट भएको बताउनुभयो । समाजमा यस किसिमको स्वंयसेवाको कार्य उदारणीय भएको बताउदै मण्डलीले जिवन बचाउने यो अभियानलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।


यसैगरी पुर्व अतिरिक्त महानिरिक्षक कृष्ण कुमार तामाङले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले गरेको कार्यक्रम सह्रानिय प्रशंसनीय भएको बताउनुभयो । उहाँले मानव हितको लागि गरिने यस किसिमको कार्यक्रम आम जनमानसमा फैलाउँदै निरन्तरता दिन अनुरोध गर्नुभयो ।


परमेश्वरको मण्डलीको रक्तदान कार्यक्रम यसअघि गत आइतबार काठमाडौंको बूढानिलकण्ठ र ललितपुरमा आयोजना गरिएको थियो । यसअघि माघ महिनादेखि लुम्बिनी प्रदेशको रुपन्देही र बाँके, मधेस प्रदेशको पर्सा, बागमती प्रदेशको भक्तपुर र सुदूरपश्चिम प्रदेशको कैलालीमा पनि आयोजना गरिएको थियो । हरेक वर्ष बृहत रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दैआएको परमेश्वरको मण्डलीले गत वर्ष ‘नेपाल रेडक्रस सोसाइटीको ६१ औँ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रसका अध्यक्षबाट कदर–पत्र प्राप्त गरेको थियो ।


त्यसबाहेक पनि आफ्नो समर्पित सेवाका लागि मण्डलीले नेपाल रेडक्रसका अध्यक्ष, सुनसरी तथा भक्तपुर शाखा प्रमुख, श्री सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक, श्री जनता आधारभूत विद्यालयका प्रधानाध्यापक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूबाट प्रशंसा–पत्र, कदर–पत्र जस्ता थुप्रै पुरस्कारहरू प्राप्त गरेको छ । मण्डलीले विश्वव्यापी रूपमा अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड, कोरियाली राष्ट्रपतीय अवार्ड, ब्राजिलियन विधायिकी पदक सहित ४,२०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।


सन् १९६४ मा कोरियाबाट सुरु भएर यो वर्ष मण्डली स्थापनाको ६० औँ वार्षिकोत्सव मनाइरहेको परमेश्वरको मण्डलीले हालसम्म गर्दैआएको स्वयंसेवाको संख्या २७,००० पटकभन्दा बढी छ । १७५ वटा देशका ७,५०० वटा क्षेत्रहरूमा रहेका ३७ लाख सदस्यहरूले बाइबल अनुसार ‘पिता परमेश्वर’ र ‘माता परमेश्वर’लाई विश्वास गर्दछन् र उहाँहरूको शिक्षाअनुसार छिमेकी सहयोग, विपत्ति राहत कार्य, वातावरण सरसफाइ, रक्तदान, शैक्षिक सहयोग जस्ता विभिन्न कार्यहरू गरेर विश्वभर प्रेम बाँडिरहेका छ ।

यस्ता कार्यहरू देशव्यापी रुपमा संचालन भैरहेके छ । बाग्मती प्रदेशको नुवाकोटस्थित श्री कौकेशोरी माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर अनुदान सहयोग गर्नुका साथै काठमाडौं, गण्डकी प्रदेशको कास्की, सुदूरपश्चिम प्रदेशको कैलाली र बाग्मती प्रदेशको चितवन र मकवानपुर जस्ता ठाउँमा स्वच्छ र सफा वातावरण सृजना गर्ने कार्यमा पनि मण्डली अग्रसर बनेको छ । २०७२ सालमा भूकम्प जाँदा मण्डलीले ७१० भन्दा बढी क्षेत्रहरूमा पुनस्र्थापना कार्य, घाइतेहरूको उद्धार गर्ने कार्यको नेतृत्व लिनुका साथै यातायात अवरुद्ध हुन पुगेको हिमालयका दुर्गम गाउँ सेर्तुङ र तिप्लिङका १,००० घरधुरीलाई १४ पटक हेलिकप्टरबाट खाद्यान्न आपूर्ति गरेको थियो । त्यसै गरी भग्नावशेष भएको सिन्धुपाल्चोकको श्री आधारभूत विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालय पनि मण्डलीले पुनर्निर्माण कार्य गरेको थियो ।

 

+ posts
ताजा
1 विभिन्न देशका प्रतिनिधिहरु वागीश्वरीमा
2 बिजुक्छेँद्वारा निर्माणाधीन थन्थु दरबार, ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र इखालाछी मठको निरीक्षण
3 १० हजार भन्दा बढी बालबालिका विभिन्न क्षेत्रमा बालश्रमिकका रुपमा छन् : शिक्षा मन्त्री भट्टराई
4 भक्तपुर नगरपालिकाद्धारा उच्च शिक्षा अध्ययनका लागि १५१ जना विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराईने
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न