चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ | Jana Aawaj News

Bhaktapur Hospital

चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ

पढ्न लाग्ने समयः < 1 मिनेट
चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ : Jana Aawaj News

भक्तपुर । दधिकोटको चित्रपुरमा सोमबार दिउँसै एक वृद्धाको कानबाट सुनका मुन्द्रा लुछेर भाग्दै गरेका एक व्यक्तिलाई स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको छ।

चित्रपुरमा सानो चिया पसल सञ्चालन गर्दै आएकी वृद्धाको दुवै कानबाट करिब एक तोलाभन्दा बढी सुनका मुन्द्रा लुछेर भाग्ने क्रममा ती वृद्धाले होहल्ला गरेपछि उनलाई स्थानीयवासीले चित्रपुरस्थित पिपलबोटमुनिबाट समातेका हुन्। उनको दुबै कानमा सामान्य चोट पनि लागेको छ।
चोरलाई नियन्त्रणमा लिने क्रममा स्थानीयवासीले सामान्य हातपातसमेत गरेको बताइएको छ। त्यसपछि उनलाई प्रहरी वृत्त दधिकोटको जिम्मा लगाइएको छ।

स्थानीयवासीका अनुसार पक्राउ परेका व्यक्ति यसअघि पनि यस क्षेत्रमा भएका विभिन्न चोरीका घटनामा संलग्न रहेको आशंका गरिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
2 सूर्यविनायकमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु
3 आठौँ साउथ एसियन आईटीएफ तेक्वान्दोमा दधिकोटकी बिनिशालाई रजत पदक
4 गोकर्णेश्वरको बागमती कोरिडोरमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x