सूर्यविनायकमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु | Jana Aawaj News

Bhaktapur Hospital

सूर्यविनायकमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

४० विद्यालयका ९५० विद्यार्थी सहभागी

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायकमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु : Jana Aawaj News

भक्तपुर । सूर्यविनायक नगरपालिकाको आयोजनामा ‘राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता-२०८३’ सोमबारबाट सुरु भएको छ। यही मंसिर ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको मंसिर ८ गते एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो।

​विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको खेल प्रतिभाको पहिचान, विकास तथा प्रोत्साहन गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ। खेलकुदको माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

​चार दिनसम्म चल्ने यस प्रतियोगितामा नगरपालिकाभित्रका ४० वटा विद्यालयका करिब ९५० विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ।

​प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह र आत्मविश्वास बढाउनुका साथै स्थानीय स्तरमा खेलकुदको विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
2 सूर्यविनायकमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु
3 आठौँ साउथ एसियन आईटीएफ तेक्वान्दोमा दधिकोटकी बिनिशालाई रजत पदक
4 गोकर्णेश्वरको बागमती कोरिडोरमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x