परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण | Jana Aawaj News

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

पढ्न लाग्ने समयः 3 मिनेट
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण : Jana Aawaj News

नारायण थापा

नुवाकोट । परमेस्वरको मन्डली विश्व सुसमाचार समाजले नुवाकोटस्थित श्री कौकेश्वरी माध्यमिक विद्यालयलाई आइतबार एक कार्यक्रमका बिच १० थान कम्प्युटर सहयोग गरेको छ ।

नुवाकोटको तुप्चेश्वरस्थित श्री कौकेश्वरी माध्यमिक विद्यालयलाई परमेस्वरको मण्डली विश्च सुसमाचार समाजले विद्यालयको सिकाइ‌का लागि १० थान कम्प्युटर सह‌योग गरेर कलिला मुनाहरूको भविष्य उज्जवल बनाउन शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ।

उक्त कार्यक्रममा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालका अध्यक्ष तेजेन्द्र गौतमले भविष्यका कर्णधार किशोर-किशोरीहरूले अझ उत्तम वातावरणमा शिक्षा हासिल गरेर भविष्यको सपना बोक्न सकून् भनी सहयोग गर्नका निम्ति सबै सन्तहरू एउटै चित्तका भएर शैक्षिक सामाग्री हस्तान्तरण गरेको बताउनुभयो । उज्यालो र सकारात्मक मनद्वारा मेहनतका साथ अध्ययन गरी सबै जना स्वस्थ रुपमा हुर्कन भन्ने हेतुले सहयोग गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा श्री कौकेस्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज के.सिले बिकट ठाउँमा आउनुभएर शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएकोमा कृतज्ञता व्यक्त गर्नुहुदै विद्यालयको व्यवस्थापन समितिको तर्फबाट धन्यवाद दिनुहुदै भावी दिनहरुमा समेत निरन्तर सहकार्य गर्दै अघि बढ्न अनुरोध गर्नुभयो ।

सोही क्रममा श्री कौकेस्वरी माध्यमिक विद्यालय प्रध्यानाध्यापक वासुदेव खनालले सुचना प्रविधिको यो समयमा १० थान कम्युटर हस्तान्तरण गर्नुभएकोमा विध्यालयको तर्फबाट, व्यवस्थापन समिती र अभिभवकको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । परमेस्वरको मन्डलीले हस्तान्तरण गरेको कप्युटर सबै विद्यार्थिहरुको हितको निमित्त र शैक्षिक गुणस्तर अभिवृद्धिको निम्ति प्रयोग गरिने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा सहभागी भएका परमेश्वरको मण्डलीका सदस्य गोविन्द बस्नेतले आफू अध्ययन गरेको विद्यालयमा परमेस्वरको प्रेम बाड्न पाउँदा खुशी भएको बताउनुभयो । त्यसै गरी कक्षा १२ मा अध्ययनरत छात्रा रोशना थापाले परमेस्वरको मन्डलीले कप्युटर हस्तान्तरण गर्नुभएर हामीलाई प्रविधीमैत्री वातावरण सृजना गरिदिनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । साथै आफ्नो विद्यालयमा परमेश्वरको मण्डलीबाट उपलब्ध गराइएको कम्प्युटरबाट डिजिटल शिक्षाको पहुँचमा अझ प्रयोगात्मक विधिबाट अध्ययन गर्न सम्भव हुने बताउनुभयो ।

यसैगरी परमेश्वरको मण्डलीले यसरी विभिन्न तरिकाले भावी पुस्तालाई समर्थन गर्दैआएको छ। यसअघि मण्डलीले अठराईको श्री जनता प्राथमिक विद्यालयमा सबै विद्यार्थीका लागि ७० थान विद्यालय पोशाक र ईटहरीको श्री सरस्वती माध्यमिक विद्यालयलाई स्कूल बसको लागि सहयोग रकम उपलब्ध गराएको थियो। त्यसै गरी भक्तपुरस्थित श्री आशापुरी प्राथमिक विद्यालयलाई स्कूल झोला, लुगा तथा शैक्षिक सामग्रीहरू उपलब्ध गराएर न्यानो प्रेम र हौसला प्रदान गरएको थियो । साथै २०७२ सालको महाभूकम्पको बेला सिन्धुपाल्चोकमा अवस्थित श्री प्राथमिक विद्यालय र काभ्रेस्थित श्री भवानी माध्यमिक विद्यालय पुनर्निर्माण गरी शैक्षिक सामग्रीहरू सहयोग गरेर मण्डलीले बालबालिकाहरूको मनमा आशा जगाउने कार्य समेत गरेको थियो ।

यसबाहेक मण्डलीले देशभरि विभिन्न तरिकाले परमेश्वरको प्रेम कार्यान्वयन गर्दैआएको छ । गत वर्षको डिसेम्बरमा रुपन्देहीस्थित बुटवल परमेश्वरको मण्डलीमा निस्तार-चाडको प्रेम, जीवन दिने प्रेम रक्तदान अभियानको आयोजना गरि ११० जनाद्वारा अमूल्य जीवन बाँड्ने कार्यमा सहभागी भएको थियो । निस्तार-चाडको प्रेम, जीवन दिने प्रेम रक्तदान अभियान चाहिँ मानव-जातिको मुक्तिको लागि आफूलाई बलिदान गर्नुभएका खीष्टको प्रेमको सम्झना गर्न विश्वव्यापी रूपमा आयोजना गरिने रक्तदान कार्यक्रम हो । यसको अतिरिक्त काठमाडौं, पोखरा, टीकापुर, ललितपुर, भरतपुर र हेटौँडामा वातावरण सरसफाइ अभियान गरेर मण्डलीले छिमेकीहरुलाई स्वच्छ वातावरणको उपहार पनि प्रदान गर्दैआएको छ।

विश्वको १७५ राष्ट्रका ७,५०० भन्दा बढी स्थानीय मण्डलीहरूमा करीब ३७ लाख विश्वासीहरू आबद्ध रहेको परमेश्वरको मण्डली एक विश्वव्यापी मण्डली हो। मण्डलीले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्दै नयाँ करार निस्तार-चाड मनाउँदछ र त्यसभित्र समावेश रहेको खीष्टको प्रेम कार्यान्वयन गर्दछ । जसअन्तर्गत वातावरण संरक्षण, रक्तदान, छिमेकीलाई सहयोग, आपतकालीन राहत, शैक्षिक सहयोग लगायत २७ हजार स्वयंसेवाका गतिविधिहरु सञ्चालन गर्दै आएको छ।

मण्डलीले मानव हितको लागि क्रियाशील भएर निरन्तर कार्य गर्दैआएको परिणामस्वरूप संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाइडेन, ट्रम्प र ओबामाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड लगायत कोरिया, संयुक्त अधिराज्य र ब्राजिल जस्ता विभिन्न देशका सरकार, स्थानीय सरकार तथा संस्थाहरूबाट ४,२०० बटा भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ। त्यसै गरी नेपालमा चाहिं श्री सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यपक, श्री जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक, नेपाल रेडक्रसका प्रतिनिधि तथा सुनसरी र भक्तपुर शाखाका सभापति लगायत विभिन्न संघसंस्थाहरुबाट सम्मान -पत्र, प्रशम्सा-पत्र र प्रमाण-पत्र तथा थुप्रै पुरस्कारहरू प्राप्त गर्दै आएको छ ।

+ posts