
भक्तपुर । भक्तपुरस्थित भातेढिकुरमा रहेको मदरल्याण्ड इङ्गलिस स्कुलले मिस एण्ड मास्टर लिटल स्टार सिजन १ गर्ने आयोजना गरेको छ । उक्त प्रतियोगिताको लागि ९ देखि १२ वर्षका २९ छात्रा र १६ छात्र क्लोज क्याम्पमा रहेका छन भने, क्लोज क्याम्पपछि यही फागुन ४ गते ग्रायण्ड फिनाले हुने स्कुलका प्रिन्सिपल सञ्जय खड्काले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ ।
खड्काका अनुसार विद्यार्थीहरुको रुचिलाई उजागर गरी उनीहरुको क्षमतालाई थप परिस्कृत गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनुभयो ।उहाले विद्यार्थीहरुको बाहिरीसँगै भित्री सुन्दरता निखार्न र सुन्दरताभन्दा बालबालिकाको व्यक्तित्व, सकारात्मक सोच, समुचित प्रतिस्पर्धी भावनाको विकासमा जोड दिन उक्त कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
उहाले प्रतियोगितामा व्यक्तित्व र बौद्धिक विकासलाई ध्यान दिएर सोहीअनुसार निर्णायकहरुको व्यवस्था गरिने बतादै शैक्षिक क्षेत्रका ३ र अन्य क्षेत्रका एकएक गरी पाँच जना निर्णायकले दिने अंकको आधारमा विजेता घोषणा गरिने जानकारी गराउनुभयो ।
प्रतियोगितामा इच्छाशक्ति भएका बालबालिकालाई उनीहरुका अभिभावकहरुको अभिरुचि तथा सहमतिपछि मात्रै प्रतियोगितामा छनोट गरिने प्रारम्भिक चरणमा ७६ जना विद्यार्थीले नाम दर्ता गराए पनि ४५ जना मात्रै क्लोज क्याम्पको लागि छानिएको खड्काले जानकारी दिनुभयो ।
विध्यार्थिहरुको रुचिअनुसार प्रतियोगितामा क्लोज क्याम्पमा विद्यार्थीहरुको नृत्य, गीतसंगीत तथा खेलकुदका प्रशिक्षकको व्यवस्था गरिएको बताउदै सुमी बानियाँ कोरियोग्राफर रहेको र ग्रायण्ड फिनालेमा मौखिक प्रश्नोत्तर र परिचयात्मक तथा लिखितपछि अन्तिम राउन्डमा छात्रातर्फ १५ र छात्रतर्फ ८ जना प्रतिस्पर्धी छनोट गरिने बताइएको छ । यसैगरी अन्तिम राउन्डबाट छात्रातर्फ विजेतासँगै दोस्रो, तेस्रो र चौथो तथा छात्रतर्फ विजेतासँगै दोस्रो र तेस्रो छानिने उक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 305733



