भाजु पुखूको निर्माण गर्ने विषयमा सरोकारवालाहरुसँग छलफल | Jana Aawaj News

भाजु पुखूको निर्माण गर्ने विषयमा सरोकारवालाहरुसँग छलफल

पढ्न लाग्ने समयः < 1 मिनेट
भाजु पुखूको निर्माण गर्ने विषयमा सरोकारवालाहरुसँग छलफल : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटीस्थित भक्तपुरको ऐतिहासिक भाजु पुखू पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भक्तपुर नगरपालिकाले भाजु पुखूको दक्षिणतर्फको डील निर्माण गर्ने विषयमा आज सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाजु पुखु पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगिसकेको बताउँदै पोखरीको चारैतर्फको डील व्यवस्थापन र सौन्दर्यीकरणमा नगरपालिकाले विशेष जोड दिइरहेको बताउनुभयो । ऐतिहासिक भाजु पुखु र भक्तपुर क्याम्पस जनताको साझा सम्पत्ति भएको बताउँदै उहाँले भाजु पुखुको दक्षिणतर्फको डील निर्माणको लागि भक्तपुर क्याम्पसले सहयोग गर्न आग्रह गर्नुभयो ।

भक्तपुर क्याम्पसका सहायक क्याम्पस प्रमुख सरोजकुमार तिमिल्सिनाले भक्तपुरका सांस्कृतिक सम्पदाहरुको संरक्षणमा भक्तपुर नपा अग्रणी स्थानमा रहँदै आएको बताउँदै पोखरीको क्याम्पससँगै जोडिएको डील निर्माणको सन्दर्भमा आवश्यक सहयोग, समन्वय र सहजीकरणको लागि सँधै सकारात्मक भएको बताउनुभयो ।

उहाँले २०३३ सालदेखि नै पोखरीको दक्षिण डील भक्तपुर क्याम्पसको नाममा दर्ता रहेको उल्लेख गर्दै उक्त डील निर्माण गर्ने सन्दर्भमा त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी अगाडि बढ्नु उपयुक्त हुने बताउनुभयो ।
त्यस्तै भक्तपुर क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मीसुन्दर लवजूले भाजु पुखु पुनःनिर्माण भक्तपुरको मात्र नभई सबै देशबासीहरुको गौरवको विषय भएको बताउँदै नपाको राम्रो र स्वागतयोग्य काममा क्याम्पसको तर्फबाट सँधै साथ र सहयोग रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, ज्ञानकुन्ज टोल सुधार समितिका अध्यक्ष कृष्णप्रसाद दुमरु, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अशोककुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयका प्रतिनि
िधले भाजु पुखुको चारैतिरको डिल निर्माण कार्य क्याम्पसको सहयोगविना पूर्ण नहुने बताउँदै उक्त क्षेत्रको सौन्दर्यीकरण र पार्किङ व्यवस्थापनमा समेत जोड दिनुपर्ने बताउनुभयो ।

+ posts