नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै | Jana Aawaj News

Bhaktapur Hospital

नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै

पढ्न लाग्ने समयः < 1 मिनेट
नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै : Jana Aawaj News

भक्तपुर, मंसिर २ गते । नेकपा (एमाले) को राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुने भेलाको उद्घघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

​भेलामा सहभागी हुन अधिकांश प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्रता दिन भेला आयोजना गरिएको हो । बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकले भेलाका एजेन्डाहरू अनुमोदन गरिसकेको उनले जानकारी दिए ।

​भेलाका मुख्य एजेन्डा र सहभागिता

भेलामा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरूको कार्यान्वयनमा एकरूपता कायम गर्ने र पार्टीले गर्नुपर्ने १५ वटा मुख्य कामका विषयमा विस्तृत छलफल हुनेछ ।

​भेलामा देहायबमोजिमका प्रतिनिधिहरूको सहभागिता रहनेछः

  • ​केन्द्रीय कमिटी तथा केन्द्रीय निकायका सदस्यहरू
  • ​प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरू
  • ​पालिका कमिटीका अध्यक्ष र उपाध्यक्षहरू
  • ​जनसंगठनका प्रतिनिधिहरू
  • ​संघीय तथा प्रदेश सांसदहरू
  • ​स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू

​शीर्ष नेताहरूको सम्बोधन

उद्घघाटन सत्र तथा भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीका साथै वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै
2 योगमार्फत स्वस्थ र समृद्ध प्रदेशको खाका: १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकार प्रतिबद्ध, डोलेश्वरमा मुख्यमन्त्रीको प्रतिबद्धता
3 दिगो र प्रविधियुक्त खानेपानीका लागि ‘ब्लुप्रिन्ट’ ढाँचामा चाँगुनारायण नगरपालिकामा दुई दिने समीक्षा कार्यशाला सम्पन्न
4 आज यी प्रदेशहरुमा हल्का वर्षा र हिमपातको सम्भावना
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x