देश डुबाउने र जलाउने दुवै जनताका सत्रु हुन्‌ : प्रेम सुवाल | Jana Aawaj News

Bhaktapur Hospital

देश डुबाउने र जलाउने दुवै जनताका सत्रु हुन्‌ : प्रेम सुवाल

पढ्न लाग्ने समयः 2 मिनेट
देश डुबाउने र जलाउने दुवै जनताका सत्रु हुन्‌ : प्रेम सुवाल : Jana Aawaj News

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुवाउने र आन्दोलनको नाममा देश जलाउने दुवै नेपाली जनताका सत्रु भएको बताउनुभएको छ । नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा सोमबार भक्तपुरमा भएको सांस्कृतिक भिन्तुना र्‍यालीपछि उहाँंले यस्तो बताउनुभएको हो ।

नेपाली कांग्रेस, एमाले, माओवादीलगायतका पुराना पार्टीहरुले भ्रष्टाचार गरी देश डुवाएको र नयाँं भनेको अहिलेको पार्टीले भदौ २३ र २४ गते देश जलाएको उहाँको आरोप थियो । उहाँंले यी दुवै पक्षबाट देश नबन्ने ठोकुवा गर्नुभयो ।

देशमा भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो उहाँंले औल्याउनुभयो । प्रधानमन्त्रीले भ्रष्टाचार गर्नुभएन भने मन्त्रीहरुले गर्न सक्दैनन्, मन्त्रीहरुले गर्न नसकेपछि हाकिमहरुले गर्न सक्दैनन्, उहाँंको भनाई थियो । उहाँंले १७ वर्ष अगाडि भक्तपुर मालपोतमा सरारकोवाला मन्त्री निरीक्षणमा आउँंदा तत्कालिन मालपोत हाकिमले आफूहरुले खाएको घुस प्रधानमन्त्रीकोसम्म पुग्ने बताएको स्मरण गर्नुभयो । मालपोत हाकिमसावले हामी प्रधानमन्त्रीसम्म पुरयाउँंछौ, राष्टपतिसम्म पुग्छ कि पुग्दैन त्यो चाँहि थाहा भएन भन्दा मन्त्रीज्यूले केही भन्न सक्नुभएन, उहाँंले सम्झनुभयो ।

फरक प्रसंगमा उहाँंले नेपाल मजदुर किसान पार्टी चुनावमा हार्नु भनेको नेपाली जनता हार्नु भएको दावी गर्नुभयो । भारतले सिमा अतिक्रमण गर्दा होस् वा भ्रष्टाचार गर्दा अरु दल र दलका नेताहरु कोही पनि नबोल्ने बरु सवै मिलिजुली खाने गरेको आरोप उहाँंको थियो ।

फरक प्रसंगमा उहाँंले संस्कृतिको संरक्षण गर्नु सवैको कर्तव्य भएको बताउनुभयो । नेपाल संवत् नयाँ वर्षलाई केवल पात्रो परिवर्तनका रूपमा नभई भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोडेर मनाउनुपर्नेमा उहाँंले जोड दिनुभयो ।

सभामा नेपाल भाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्चार, ४६ औ नेपाल भाषा साहित्य सम्मेलनका आयोजक समिति गोल्मढी भक्तपुरका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवांलगायतले बोल्नुभएको थियो ।

नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना र्‍याली आयोजक समितिको आयोजनामा भिन्तुना र्‍याली भएको थियो । र्‍यालीमा सयौँ बाजागाजा समूहसहित हजारौँ मानिस सहभागी भएका थिए ।

र्‍याली भक्तपुरको सूर्यमढी र टौमढी गरी दुई स्थानबाट सुरु गरेका थिए । दुवै स्थानबाट सुरु भएको र्‍याली भक्तपुर नगरका छुटाछुटै विभिन्न टोल तथा बजार परिक्रमा गर्दै भक्तपुर दरबार क्षेत्रमा खौमामा पुगेका थिए । त्यहाँस्थित स्थापित नेपालभाषाका सेवी, समाज सुधारक तथा मास्टर जगतसुन्दर मल्लको सालिकमा फूलमाला तथा फूलका गुच्छाले माल्यार्पण गरेका थिए । माल्यार्पणपछि गीत संगीत नृत्य तथा सांस्कृतिक प्रस्तुतिका साथ सभा गरेको थियो । सांस्कृति कार्यक्रममा पनि सयौं कलाकारहरु सहभागी रहेका थिए ।

र्‍यालीमा परम्परागत बाजागाजा, सांस्कृतिक समूह तथा विभिन्न जातजातिका मानिसहरूको उत्साहजनक सहभागिता रहेको थियो । नेपाल भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित र्‍यालीले भक्तपुरको सांस्कृतिक वैभवलाई प्रदर्शन गरेको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 देश डुबाउने र जलाउने दुवै जनताका सत्रु हुन्‌ : प्रेम सुवाल
2 ईप्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न, सामूहिकतर्फ युनिटी र एकलतर्फ मनिरा प्रथम
3 मास्टर जगत सुन्दर मल्लको १४४औँ जन्मजयन्तीमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको साहित्यिक कार्यक्रम
4 ईप्सन भक्तपुरको एकल लोकनृत्य प्रतियोगितामा क्वालिटी स्कुलकि मनिरा प्रथम
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x