निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्) | Jana Aawaj News

निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)

पढ्न लाग्ने समयः 4 मिनेट
निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्) : Jana Aawaj News

नारायण थापा
काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न गरेको छ ।

आज काठमाडौंको बसुन्धारा स्थित परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आयोजना र नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्तसञ्चार सेवा रेडक्रसमार्ग, ताहाचलको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४९ जना पुरुष र ३९ जना महिला गरी कुल ८८ जनाले रक्तदान गरेका छन् ।
उक्त कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले सारा संसारमा रगतको अभाव भैरहेको यो समयमा मण्डलीले गरेको उक्त कार्य प्रशंम्सनिय भएको बताउनुभयो । रक्तदान कार्यक्रमलाई निरन्तरता दिदैं रगतको अभावलाई न्युनिकरण गर्न यस मण्डलीले जुन भुमिका निर्वाह गरेको छ, यस कामबाट अरुहरुले समेत प्रेरणा लिनुपर्ने बताउनुभयो । रक्त आपूर्तिमा सहयोग गर्नका लागि नेपालमा रक्तदान र सरसफाईको कार्यक्रमलाई अभियानको रुपमा निरन्तर गर्दै आएकाले परमेश्वरको मण्डली विश्व सुसमाचार समाज टोखाको सान भएको बताउनुभयो । लामो समयदेखि अन्य विविध तरिकाहरूद्वारा समाजमा आशा बाँड्ने कार्य गर्दै आईरहेको यस मण्डलीले भावि दिनहरुमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।


कार्यक्रममा परमेश्वरको मण्डलीका अध्यक्ष तेजेन्द्र गौतमले भन्नुभयो–‘‘निस्तार–चाडद्वारा मानव जातिलाई मुक्ति दिनुभएका येशू ख्रीष्टको बलिदान र प्रेमलाई कार्यान्वयन गर्न जीवन बचाउने अमूल्य कार्यमा सबै सन्तहरू एउटै चित्तका भएका छन् । रगतको अभाव भएका व्यक्तिहरूको स्वास्थ्यमा शीघ्र सुधार आएर खुशीसाथ दैनिक जीवनमा फर्कन सकून भनी कामना गर्दछु ।’’

उक्त रक्तदानमा सहभागी प्रहरी सहायक निरक्षक मनिषा थापा मगरले निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियानमा रक्तदान गरेर जिवन बचाउने पवित्र कार्यमा सहभागी हुन पाउँदा हर्षित भएको बताउनुभयो । आगामी दिनहरुमा पनि यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिदैं समाजका अरु व्यक्तिहरु पनि यस्तो असल काममा सहभागि हुनुपर्ने बताउनुभयो ।


कार्यक्रममा सहभागी प्राध्यापक पवन कार्कीले परमेश्वरको मण्डलीले लामो समयदेखि विश्वभरि समाज सेवाको साथै वातावरणलाई स्वच्छ र सफा बनाउन गरेको यो कार्य सहरानीय रहेको बताउनुभयो ।
मण्डलीले नेपालमा गत बिहिबार ईटहरीमा र आज काठमाडौंको बसुन्धारा स्थित परमेश्वरको मण्डलीको सभाहलमा रक्तदान कार्यक्रम गरेको छ । परमेश्वरको मण्डलीले ख्रीष्टको बलिदान र प्रेम समाविष्ट ‘नयाँ करार निस्तार–चाडको सम्झनामा विश्वका ठाउँ–ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मण्डलीले कोभिड –१९ ले निम्त्याएको रगत अभावको समस्या न्यूनीकरण गर्नमा मद्दत मिल्ने अपेक्षा राखेको छ । निस्तार–चाड९एबककयखभच०चाहिँ ‘विपत्ति पार’ भन्ने अर्थ रहेको परमेश्वरको चाड हो । निस्तार–चाडको दिनचाहिँ येशू ख्रीष्टले क्रूसमा बलिदान हुनुभन्दा अघिल्लो रातमा आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा नयाँ करार स्थापना गर्नुभएर पाप–क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको दिन हो ।


परमेश्वरको मण्डलीले काठमाडौं, पोखरा, ललितपुर, भक्तपुर जस्ता क्षेत्रहरूमा निरन्तर रूपमा रक्तादान कार्यक्रम गर्दै रक्त आपूर्ति स्थिरताको कामना गर्दैआएको छ । यति मात्र नभएर अन्य विविध तरिकाहरूद्वारा समाजमा आशा बाँड्ने कार्य पनि गरिरहेको छ । मण्डलीद्वारा, भावी पुस्ताको कर्णधार रहेका भक्तपुरको श्री आशापूरी प्राथमिक विद्यालयका विद्यार्थीहरूको उज्ज्वल भविष्यको निम्ति झोला, कपडा र शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको छ । यस्तै काठमाडौँको मित्र पार्क, मेडिकल कलेज, ललितपुरको मुनलाइट उच्च माध्यमिक विद्यालय र लोक स्मृति माध्यमिक विद्यालय, अनि पोखराको पृथ्वी नारायण क्याम्पस परिसर लगायतका स्थानहरूमा सरसफाई गर्दै स्थानीय वातावरण संरक्षणमा मण्डलीले प्रयत्न गर्दैआएको छ ।


सन् २०१५मा गएको महाभूकम्पको समयमा मण्डलीबाट ७१० वटा क्षेत्रका १५,००० जनाभन्दा बढी सदस्यहरूले मर्मत–सम्भार कार्य तथा पीडितहरूका लागि राहत कार्यहरू गरेका छन् । मण्डलीद्वारा पीडितहरूका लागि आपत्कालीन राहत सामग्री र अनुदान पनि प्रदान गरिएको थियो । यसबाहेक मण्डलीले यातायातको सुविधा नभएको हिमाली गाउँ सेर्तुङ र तिप्लिङका १,००० घरधुरीलाई हेलिकप्टरबाट १४ पटक ओहोरदोहोर गर्दै खाद्यान्न वितरण समेत गरेको छ । भूकम्पले गर्दा भत्किएको सिन्धुपाल्चोकको श्री प्राथमिक विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालय पुनर्निर्माण जस्ता विभिन्न सहयोगद्वारा मण्डलीले मानिसहरूमाझ उपहारस्वरूप आशा प्रदान गरेको छ ।


परमेश्वरको मण्डलीचाहिँ विश्वका १७५ वटा देशहरूमा स्थापना भएको र सदस्यहरूको कुल संख्या ३५ लाख भएको एक विश्वव्यापी मण्डली हो । छिमेकीलाई सहयोग, आपत्कालीन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, कोभिड–१९ का कारण जोखिममा परेकालाई सहयोग गर्ने कार्यसहित २४,००० पटकभन्दा बढी स्वयंसेवा गतिविधिहरूको नेतृत्व लिँदै यो मण्डलीले ख्रीष्टको प्रेमलाई विश्वका विभिन्न ठाउँहरूमा कार्यान्वयन गरेको छ ।


ती कार्यहरूको परिणामस्वरूप मण्डलीले अमेरिकी राष्ट्रपति बाइडेन, ट्रम्प र ओबामाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड सर्वोत्कृष्ट सङ्गठन अवार्ड, ५३ वटा स्वर्ण अवार्डहरू, गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपतीय अवार्ड, ब्राजिलको विधायिकी पदक, अनि अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वल्र्ड अवार्ड र ग्रीन एप्पल अवार्ड गरी लगभग ३,५०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । मण्डलीले नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट प्रशंसा–पत्र, भक्तपुरका शाखा प्रबन्धकबाट प्रशंसा–पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रबन्धकबाट प्रशंसा–पत्र प्राप्त गरेको मण्डलीले जानकारी गराएको छ ।

+ posts