

रशिला थापा

धुलिखेल, मङ्सिर ६ गते । धुलिखेल नगरपालिकाको प्रायोजन तथा न्यु गौखुरेश्वर युवा क्लबको आयोजनामा जारी दोस्रो गौखुरेश्वर कप काभ्रे जिल्लास्तरीय भेट्रान पुरुष भलिबल प्रतियोगिता २०८३ को पहिलो सेमिफाइनल खेलमा आयोजक न्यु गौखुरेश्वर युवा क्लब, धुलिखेल ले काभ्रे भलिबल महासंघ लाई सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा न्यु गौखुरेश्वर युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै काभ्रे भलिबल महासंघमाथि ३-० को सहज जित निकाल्न सफल भएको हो। जितसँगै आयोजक टोली प्रतियोगिताको उपाधि होडका लागि फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा धुलिखेल नगरपालिका रहेको छ भने स्थानीय स्तरमा भेट्रान खेलाडीहरूको खेलकुद सक्रियता र मैत्रीपूर्ण प्रतिस्पर्धा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो।
Related

























Total views : 409030









