सेन्ट जोन्समा वार्षिकोत्सव सम्पन्न | Jana Aawaj News

सेन्ट जोन्समा वार्षिकोत्सव सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
सेन्ट जोन्समा वार्षिकोत्सव सम्पन्न : Jana Aawaj News

भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारी, भक्तपुर स्थित सेन्ट जोन्स स्कुलले ४०औं अभिभावक दिवस, पुरस्कार बितरण तथा शिक्षक सम्मान समारोह सप्पन्न भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन सिह रावलको अध्यक्षता रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यार्थीको सर्वाङ्गिण बिकासका लागि विद्यालय र अभिभावकको समेत उत्तिकै जिम्मेवारी हुने कुरामा जोड दिनुभएको थियो। साथै प्रमुख अतिथि खड्काले अभिभावकहरुले विद्यालय परिवर्तन गरिराख्नु नहुने तर विद्यालयमा भएका कमिकमजोरी छन् भने विद्यालयमा आइ सुझाव दिनु पर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रमका अतिथि इप्सन र प्याव्सन भक्तपुरका सचिव बिजय कर्माचार्यले विद्यालय र अभिभावकको सहकार्यमा जोड दिनुभएको थियो। अन्य अतिथिहरु नेसनल प्याव्सन भक्तपुरका कोषाध्यक्ष विक्रम थापा र अभिभावक एवं सोही बिद्यालयका पुर्व विद्यार्थी समेत रहनु भएका डा. बिकासराज थापाले समेत विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीहरु तथा शिक्षक कर्मचारीहरुलाइ पुरस्कार बितरण तथा सम्मान गर्नु भएको थियो।

विद्यालयका प्रिन्सिपल देव दत्त भट्टले सम्पुर्ण आगन्तुकहरुलाई धन्यवाद दिदै विद्यालयले हाल सुविधा सम्पन्न विद्यालयको भौतिक संरचना तयारी गरि सकेको अवस्थामा सुविधा एवं गुणस्तर शिक्षाको लागि टाढा जानु नपर्ने भन्दै सेम्ट जोन्स स्कुलले आगामी दिनमा समेत विद्यार्थीहरुको समग्र बिकासका लागि अझै कटिबद्ध र ब्यवस्थित भएर उत्कृष्टता तर्फ बढिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न