परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा धुलिखेलका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरण | Jana Aawaj News

परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा धुलिखेलका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरण

पढ्न लाग्ने समयः 4 मिनेट
परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा धुलिखेलका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरण : Jana Aawaj News
photo : Narayan Thapa

नारायण थापा

जन आवाज न्युज/काभ्रे, चैत्र ९ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज काठमाडाैंले विश्वव्यापी आशा समर्थक सन् २०२६ विश्व सामाजिक न्याय दिवसको उपलक्ष्यमा छिमेकीसँग प्रेम बाड्ने गरिबी तथा भोकमारीको अन्त्य ‘Hold Hope’ अभियान हामी आमाको मनद्धारा आशा बाँड्छौं भन्ने मूल नारा सहित काभ्रेकाे धुलिखेल नगरपालिका वडा नं. ३ को सहकार्य र परमेश्वको मण्डलीको सहयोगमा धुलिखेल क्षेत्रका जोखिम वर्ग ३० घरधुरीलाई खाद्य सामग्री सहयोग कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक रूपमा कमजोर र जोखिम वर्गको हेरचाह गर्दै ऐक्यबद्धताको मूल्यलाई पुनः स्मरण गराउने ‘विश्व सामाजिक न्याय दिवस’ को उपलक्ष्यमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले विश्वभरि ‘Hold Hope!’ अभियान सञ्चालन गरिरहेको छ ।  यो अभियान जलवायु सङ्कट, आर्थिक कठिनाइ र रोग जस्ता कठिनाइहरूको सामना गरिरहेका विश्वभरिका सीमान्तकृत छिमेकीहरू र साना खाद्य उत्पादकहरूलाई व्यावहारिक सहयोग पुऱ्याउनको निम्ति गरिएको हो ।

परमेश्वरको मण्डलीका एक अधिकारीले ‘आशा राख्नुहोस् !’ भन्ने अर्थ बोकेको यस अभियानको नामजस्तै कठिन परिस्थितिमा पनि आशा नगुमाउने गरी एक-अर्कालाई साथ दिने अभियानको उद्देश्य रहेको छ । हाम्रो यो साझेदारीले छिमेकीहरूका लागि हौसलाको स्रोतको रूपमा कार्य गर्नेछ भनी आशा गर्दछौं” भन्नुभयो ।

बिहान १२ बजेतिर, परमेश्वरको मण्डलीका सदस्यहरूले धुलिखेल वडा नं. ३ कार्यालयको भ्रमण गरी ७५० किलो चामल हस्तान्तरण गरिएको हो । यी सामग्रीहरू त्यस क्षेत्रका जोखिम वर्ग ३० घरधुरीलाई वितरण गरिएको हो ।

कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष गणेश आचार्यले परमेश्वरको मण्डलीले राहत वितरण गर्दै यस्ताे सामाजिक कार्य गर्दै आउनुभएकोमा धन्यवाद दिदै वडाभित्र भएका ३० घर परिवारमा आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई राहत वितरण गर्नुभएको छ, यो प्रशम्सनिय कार्य भएको बताउनुभयो ।

यसैगरी धुलिखेल नगरपालिका वडा नं. ३ का सचिव शक्ति रेग्मीले यस्तो राम्रो कार्य गर्नुहुन्छ भनेर सोचेको थिइनँ। निकै राम्रो लाग्यो” भनेर धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनहरुमा पनि सहकार्य गरौं भन्नुभयो।

परमेश्वरको मण्डलीले ‘Hold Hope !’ अभियानमार्फत गत फेब्रुअरीसम्म विश्वको ४८ वटा देशका करिब २२,००० घरधुरीलाई सहयोग गरेको छ ।  यो अभियान परमेश्वरको मण्डलीले संकटग्रस्त विश्वव्यापी गाउँमा आशा ल्याउने उद्देश्यका साथ आयोजना गरेको ‘विश्वव्यापी आशा समर्थक’ पहलको एक हिस्सा हो । यो गरिबी र भोकमरी उन्मूलन क्षेत्रअन्तर्गत पर्छ ।   विश्वव्यापी आशा समर्थकका गतिविधिहरू अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू(SDGs)अनुरूप जारी हुन्छन् । यसलाई जलवायु परिवर्तन प्रतिक्रिया, शैक्षिक सहयोग, स्वास्थ्य तथा कल्याण प्रवर्धन जस्ता मुख्यतः ६ वटा क्षेत्रमा आयोजना गरिन्छ ।

परमेश्वरको मण्डलीले छिमेकी तथा समाजको भलाइको निम्ति विभिन्न गतिविधिहरू आयोजना गरिरहेको छ । नेपालमा पनि मण्डलीले भूकम्पले क्षतिग्रस्त ठाउँमा मर्मत सम्भार, नयाँ विद्यालय भवन निर्माण सहयोग, रक्तदान कार्यक्रम, वातावरण सरसफाइ लगायत विभिन्न स्वयंसेवाका गतिविधिहरू सञ्चालन गर्दैआएको छ । गत मार्च ८ तारिखमा कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजित रक्तदान कार्यक्रमबाट सुरु भएर विभिन्न ठाउँमा बृहत् रक्तदान कार्यक्रम भइरहेकोले जसले ठूलो मात्रामा रक्त आपूर्तिमा योगदान पुऱ्याइरहेको छ ।

मण्डलीले काठमाडौँ, ललितपुर, भरतपुर र नेपालगञ्ज क्षेत्रका वन, खोला तथा सहरहरूमा सरसफाइ गतिविधिहरू गरेर जनकल्याण प्रवर्धनमा पनि योगदान पुऱ्याएको छ । त्यसै गरी कार्बन उत्सर्जन कम गर्ने पहल ‘आशाको वन’ अभियानमार्फत जैविक विविधताको संरक्षण गर्न मण्डलीले नेपालभरि करीब १,१५० वटा वृक्षहरू रोपेको छ । नेपालमा गत वर्षको डिसेम्बर महिनासम्म मण्डलीका ५९,७३२ जना सदस्यहरूले ९८९ वटा विभिन्न स्वयंसेवाका गरेका छन् । यस किसिमको मानव कल्याणका गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गर्दै समर्थन जनाएको छ ।

परमेश्वरको मण्डली नेपाल लगायत विश्वका १७५ वटा देशका ७,८०० भन्दा बढी ठाउँहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो । सन् १९६४मा कोरियाबाट सुरु भएर आधा शताब्दीभित्रै यो विश्वभरि फैलिएको छ । विश्वभरिका करिब ४० लाख विश्वासीहरूले बाइबले गवाही दिएको पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छन् । स्वदेश तथा विदेशमा प्रकोप राहत, जलवायु परिवर्तन प्रतिक्रिया, रक्तदान अभियान, शैक्षिक सहयोग, सांस्कृतिक आदानप्रदान कार्यक्रम जस्ता ४५,००० भन्दा बढी सामाजिक योगदानका गतिविधिहरू गरेबापत् मण्डलीले ४ पटक अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, ३ पटक कोरियाली राष्ट्रपति अवार्ड, ब्राजिल विधायिकी पदक, पेरु राष्ट्रिय सभा सम्मान पदक र देशकै सर्वोत्कृष्ट वातावरण अवार्ड जस्ता ५,६०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

+ posts