बिस्का जात्रा व्यवस्थापनको लागि सरोकारवालाहरुसँग बैठक सम्पन्न | Jana Aawaj News

बिस्का जात्रा व्यवस्थापनको लागि सरोकारवालाहरुसँग बैठक सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
बिस्का जात्रा व्यवस्थापनको लागि सरोकारवालाहरुसँग बैठक सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर चैत्र ११ गते । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न बुधबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
बैठकमा प्रमुख प्रजापतिले २०८२/८३ को बिस्का जात्रा निर्धारित समयमा शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सम्बन्धित सरोकारवालाहरूले आ–आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
उहाँले २०८२ चैत्र २७ गतेदेखि २०८३ वैशाख ५ गते सम्म सञ्चालन हुने ८ रात ९ दिनको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा संसारले हेर्ने जात्रा भक्तपुरको मौलिक जात्रा भएकोले नगरपालिकाले यसलाई विशेष महत्व दिएर व्यवस्थापनमा जोड दिँदै आएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रजिअ उमेश कुमार ढकालले बिस्का जात्रा सबैको साझा जात्रा हो र यसको व्यवस्थापनमा सबै सरोकारवालाहरुको संयुक्त साथ, सहयोग र समन्वय आवश्यक भएको बताउनुभयो ।
बैठकमा गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले बिस्का जात्राको हालसम्मको तयारीबारे अवगत गर्दै रथ निर्माणको तयारी भइरहेको बताउनुभयो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जात्राको सुरक्षालाई ध्यान दिएर सिसी क्यामेरा अपग्रेड गरिने बताउँदै जात्राको प्रत्यक्ष प्रसारण गर्न सकिए जात्रास्थलमा हुलहुज्जत कम हुने बताउनुभयो । जात्रालाई व्यवस्थित बनाउन र निगरानीको लागि ड्रोनको प्रयोग पनि गरिने बताउँदै उहाँले जात्रा समयमा सुरु गरी समयमा सम्पन्न गर्नतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, भैरवनाथ जात्रा व्यवस्थापन समिति, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, स्थानीय स्काउट, अस्पतालहरुका प्रतिनिधि, ट्राफिक प्रहरी, भक्तपुर उद्योग वाणिज्य संघ, पुजारी र जात्रासँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो भने उहाँहरुले बिस्का जात्राको व्यवस्थापनबारे आ-आफ्नो तर्फबाट हुने सहयोग र तयारीबारे अवगत गराउनुभयो ।

बिस्केट जात्रा सञ्चालन गर्ने विषयमा जात्रासँग सम्बन्धित सरोकारवालाबीच भएको महत्वपूर्ण निर्णयहरू :
१. यस वर्षको विस्का जात्रा मर्यादित र भव्यताका साथ सम्पन्न गर्न जात्रा संचालन हुने सम्पूर्ण क्षेत्रहरुको सरसफाई र आवश्यक व्यवस्थापन तथा प्रचार प्रसारलगायत सरकोकारवालाहरुसँग समन्वय गर्ने कार्य भक्तपुर नगरपालिकाले गर्ने निर्णय गर्याे ।
२. विस्का जात्रा अवधिभर नगर क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुरलगायत सुरक्षा निकायलाई दिने निर्णय गर्याे ।
३. विस्का जात्रा सम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै शुरु र सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठी संस्थान शाखा कार्यालय, भक्तपुरलाई जिम्मा दिने निर्णय गर्याे ।
४. विस्का जात्रासँग सम्बन्धित पूजाआजा र आवश्यक तयारीको लागि भैल नायोहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय गर्याे।
५. विस्का जात्रा संचालन हुने नगरका सम्पूर्ण क्षेत्रहरमा रहेको तार, केबुल र फाइबर नेटका केबुलहरु व्यवस्थित गर्न गठित केबुल व्यवस्थापन समितिलाई जिम्मेवारी दिने र आवश्यक सहजीकरण नगरपालिकाले गर्ने निर्णय गर्याे ।
६. विस्का जात्रा संचालन हुने मुख्य मुख्य दिनहरुमा नगर क्षेत्रमा रहेका अस्पतालहरुका एम्बुलेन्स, दमकल तथा विपद् पूर्वतयारीका सामानहरु तयारी अवस्थामा राख्न नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आवश्यक व्यवस्थापन गर्ने र अस्पतालको एमर्जेन्सी वार्डमा स्वास्थ्यकर्मीहरुलाई आकस्मिक सेवाको लागि तयारी अवस्थामा राख्ने नगरपालिकाले आवश्यक समन्वय गर्ने निर्णय गर्याे ।
७. बिस्का जात्रा अवधिभर जात्रामा अत्याधिक भीड हुने दिनहरु चैत्र ३०, बैशाख १ र ४ गते भीड हुने स्थानहरुमा स्वयम्सेवकहरु खटाइ आवश्यक व्यवस्थापन गर्नेे निर्णय गर्याे ।
८. बिस्का जात्रा संचालन हुने क्षेत्रहरुमा सवारी साधन व्यवस्थापन गर्न ट्राफिक कार्यालय, भक्तपुरलाई जिम्मेवारी दिने निर्णय गर्याे।
९. बिस्का जात्रा अवधिभरमा पर्याप्त खानेपानी वितरणको लागि केयुकेएललाई र निर्वाध विद्युत प्रशारणको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण, भक्तपुर वितरण शाखालाई जिम्मेवारी दिने निर्णय गर्याे ।
१०. यस वर्षको विस्का जात्रा र नयाँ वर्षको अवसरमा मिति २०८२ चैत्र २७ गते बिहान ७ः०० बजेट जात्रालाई व्यवस्थित रुपमा सञ्चालन गर्न भक्तपुर नगरपालिकाको आयोजनामा शुभकामना र्याली गर्ने निर्णय गर्याे।

 

+ posts

 

 

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x