महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न | Jana Aawaj News

महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । सुर्यविनायक नगरपालिकाको योजनामा आइतबार म्हिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको हलमा भएको कार्यक्रममा मरमेनोपजका कारण हुनसक्ने मानसिक तनाव तथा हर्मोनल गडबडी देखिने असर सम्बन्धी अभिमुखीकरण कार्य भएको हो ।

कार्यक्रममा मनोपरामर्शदाता रेखा शर्मा तथा डा.कोपिला राईले मेनोपजका क्रममा देखिन सक्ने मानसिक तनाव, हर्मोनल परिवर्तन, स्वास्थ्यमा पर्ने प्रभाव तथा त्यसको व्यवस्थापनका व्यावहारिक उपायबारे उपयोगी सहजीकरण गर्नुभएको थियो ।

४० बर्ष उमेर कटेका महिलाहरूमा महिनावारी सुक्न पुर्व सामान्यतया देखिन सक्ने केहि सिम्टमहरु बारे छलफल गर्दै मेनोपोज कुनै रोग नभई महिलाको जीवनको प्राकृतिक अवस्था हो । यस अवधिमा सही जानकारी, समयमै परामर्श, स्वस्थ जीवनशैली र परिवारको सकारात्मक साथले महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दछ भन्ने बारे जानकारी गराइएको थियो ।

नगरपालिकाले संचालन गरेको यस प्रकारको जनचेतनामूलक कार्यक्रमले महिलाहरुको उलेख्य सहभागितम भएको थियो भने, शारीरिक र मानसिक स्वास्थ्य, सम्मानजनक जीवन तथा सशक्तीकरणलाई सदैव प्राथमिकतामा राख्दै महिलालाई आफ्नो स्वास्थ्यप्रति सचेत, आत्मविश्वासी र सशक्त बनाउन उक्त कार्यक्रमले सहयोग गरेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न