
जन आवज न्युज/ललितपुर, साउन ४ गते । अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन ASEZ WAO ले सोमबार ललितपुरको गोदावरीस्थित फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
ASEZ WAO चाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवाहरूको स्वयंसेवक समूह हो । ASEZ WAO भन्ने नाममा ‘हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं (Save the Earth from A to Z, We Are One Family) भन्ने अर्थ रहेको छ ।

यस पटकको कार्यक्रम ASEZ WAO ले विश्वभर सञ्चालन गरिरहेको ‘Mother’s Forest (आमाको वन)’ वृक्षारोपण परियोजनाको एक हिस्सा हो । आमाले आफ्ना सन्तानको हेरचाह गर्ने हृदयका साथ हरियाली वन सिर्जना गरी पृथ्वीलाई स्वस्थ जीवनको आधारभूमिका रूपमा पुनर्स्थापित गर्ने उद्देश्यले यो परियोजना सञ्चालन भइरहेको छ । यसका साथै ASEZ WAO ले प्लास्टिकको प्रयोग घटाउने ‘No More GPGP’, कार्यस्थलमा वातावरणमैत्री अभ्यास प्रवर्द्धन गर्ने ‘Green Workplace’ लगायत विभिन्न वातावरणीय परियोजनाहरू पनि सञ्चालन गर्दैआएको छ ।
ASEZ WAO का एक प्रतिनिधिले भने, “विद्यार्थीहरूले अध्ययन गर्ने र दैनिक जीवन बिताउने स्थानमा रूख रोप्नु भनेको विद्यालयको वातावरण सुधार गर्नुका साथै भावी पुस्तालाई वातावरण संरक्षणको महत्त्व बुझाउने कार्य पनि हो । आज रोपिएका यी रूखहरू स्वस्थ रूपमा हुर्किएर विद्यार्थीहरूका लागि आरामदायी विश्रामस्थल बनून् र कार्बन अवशोषण तथा जलवायु परिवर्तनको सामना गर्न पनि सहयोग मिलोस् भन्ने हाम्रो अपेक्षा छ ।”
कार्यक्रममा ASEZ WAO का सदस्यहरू परिवार र उनीहरूका चिनाजाना गरी करीब २५ जना सहभागी भएका थिए । सहभागीहरूले विद्यालय परिसरमा उपयुक्त स्थान छनोट गरी खाल्डा खनेर १० वटा विरुवा रोपेका थिए । त्यसपछि माटोलाई राम्रोसँग मिलाएर पानी हाल्दै बिरुवाहरूले सुरक्षित रूपमा जरा फैलाउन सकून् भनेर सावधानीपूर्वक हेरचाह गरे र बाहिरी सुरक्षाको निम्ति सुरक्षा बारजाली समेत राखिदिएका थिए ।
फूल्चोकी माध्यमिक विद्यालयले यस कार्यक्रमलाई स्वागत गर्दै वृक्षारोपणका लागि बिरुवाहरू उपलब्ध गराएको थियो । विद्यालयका उपप्रधानाध्यापक गोपाल कुमार पाण्डेले “ ASEZ WAO को गतिविधि साह्रै उत्कृष्ट लाग्यो र हामी एउटै परिवार भएर पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔँ भन्ने नारा नै धेरै राम्रो लाग्यो भन्नुहुँदै ASEZ WAO को प्रशंसा गर्नुभयो अनि यस्तो किसिमको कार्यक्रम चाहिँ नेपालमा मात्र नभएर विश्वभरि नै व्यापक रुपमा भइरहेको देखेर एकदमै प्रभावित भएको कुरा समेत बताउनुभयो।
फूल्चोकी माध्यमिक विद्यालयका शिक्षक नवराज सन्जेलले “ASEZ WAO ले दिगो विकासको लक्ष्य राखेको छ ।पृथ्वीलाई बचाउ भन्ने मुख्य लक्ष्यको साथ अघि बढेको कुरा असाध्यै राम्रो लाग्यो। हाम्रो विद्यालयमा पनि वातावरण संरक्षण गर्न विद्यालय प्राङ्गणभित्र हराभरा बनाउन वृक्षरोपण गर्नुभएको छ। यो कार्य हाम्रो विद्यालयको निम्ति अति नै राम्रो कार्य हो। हाम्रो विद्यालय प्राङ्गणभित्र रोपिएका बिरुवाहरूलाई संरक्षण गर्नेछौं हजुरहरूले हामी एउटै परिवार हौँ भनेर लागिपर्नुभएको छ मलाई साह्रै राम्रो लाग्यो” भन्नुहुदै ASEZ WAO लाइ हौसला प्रदान गर्नुभयो।
ASEZ WAO ले स्थानीय समुदायको हितका लागि निरन्तर प्रयास गर्दैआएको छ । ललितपुर, काठमाडौं, उदयपुर, नेपालगञ्ज लगायत देशका विभिन्न स्थानमा सरसफाइ अभियान सञ्चालन गरी स्थानीय वातावरणलाई स्वच्छ र सुन्दर बनाउन योगदान दिएको छ । गत जनवरीमा ‘Green Workplace’ वातावरणीय सेमिनार आयोजना गरी दैनिक जीवन तथा कार्यस्थलमा अपनाउन सकिने वातावरण संरक्षणका उपायहरूबारे छलफल गरियो । साथै गोदावरी र टोखामा रहेका वृद्धाश्रमहरूको भ्रमण गरी ज्येष्ठ नागरिकहरूलाई सान्त्वना दिने तथा भरतपुरमा रहेको बालगृहमा खाद्यान्न सहयोग प्रदान गर्ने जस्ता छिमेकीहरूका लागि विविध सेवामूलक गतिविधिहरू पनि सञ्चालन गरिरहेको छ ।
ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करिब ४० लाख विश्वासीहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू’ भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान र संस्कृति आदानप्रदान जस्ता गतिविधिहरू करिब ५०,००० पटकभन्दा बढी गरिएको छ (सन् २०२६ जुनसम्म) । परमेश्वरको मण्डलीले चार अमेरिकी सरकारबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, तीन कोरियाली सरकारबाट राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूबाट ६,२०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।



-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related












Total views : 376138












