सन् २०७० सम्म कार्बन उत्सर्जन शून्यमा झाछौं ˸ मोदी | Jana Aawaj News

सन् २०७० सम्म कार्बन उत्सर्जन शून्यमा झाछौं ˸ मोदी

पढ्न लाग्ने समयः < 1 मिनेट
सन् २०७० सम्म कार्बन उत्सर्जन शून्यमा झाछौं ˸ मोदी : Jana Aawaj News

एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०७० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने घोषणा गर्नुभएको छ ।

स्कटल्यान्डको ग्लासगोमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप २६ मा भाग लिएका भारतीय प्रधानमन्त्री मोदीले सन् २०७० मा भारतले कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । कार्बन उत्सर्जनमा न्युट्रल रहनु भनेको वायुमण्डलमा कार्बन डाइअक्साइड ग्यास नफाल्नु हो । यस्तै चीनले पनि सन् २०६० मा कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ । यसैगरी अमेरिका र ईयुले सन् २०५० कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै नेपाल भारतलगायत विश्वका १२० भन्दा बढी राष्ट्र तथा देशका प्रमुखहरू ग्लासगोमा कोप२६ सम्मेलनमा उपस्थित भएका छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, भारतीय प्रधानमन्त्री मोदी, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतले सम्मेलनमा बोल्नुभएको थियो ।
यस्तै सन् २०१९ को विश्लेषण अनुसार भारतले पर क्यापिटा उत्सर्जन १.५ टन गर्छ भने, अमेरिकाले १५.५ टन र रुसले १२.५ टन गर्ने बताएको छ । यस्तै भारतले सन् २०३० सम्म कुल ऊर्जाको आधा नवीकरणीय ऊर्जा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै सन् २०३० सम्ममा कार्बन उत्सर्जन १ अर्ब टनले घटाउने लक्ष्य राखेको छ ।

मोदीको प्रतिविद्धताले विश्वका जलवायु परिवर्तन रोक्न लागि परेका अभियान्ताहरुलाई निराश पारे पनि भारतीय जनतालाई प्रभावित पारेको बताइएको छ । यस्तै यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियस भन्दा बढ्न नदिन सन् २०५० मा नै विश्वको कार्बन उत्सर्जनलाई शून्यमा झार्नका लागि सन् २०३० मा कुल कार्बन उत्सर्जन आधामा झार्नुपर्ने वैज्ञानिकहरूले बताउँदै आएका छन् ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न