भक्तपुरका चार स्थानीय तह मध्ये चाँगुनारायण दोस्रो | Jana Aawaj News

 भक्तपुरका चार स्थानीय तह मध्ये चाँगुनारायण दोस्रो

पढ्न लाग्ने समयः < 1 मिनेट
 भक्तपुरका चार स्थानीय तह मध्ये चाँगुनारायण दोस्रो : Jana Aawaj News

भक्तपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वीत्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा भक्तपुरका चार स्थानीय तह मध्ये चाँगुनायण नगरपालिका दोस्रो भएको छ ।

वित्त आयोगले बुधबार सार्वजनिक गरेको स्थानीय र प्रदेश को कार्यसम्पादन मूल्याङ्कनको नतिजामा चाँगुनारायण नगरपालिका दोस्रो र भक्तपुर नगरपालिकाले पहिलो भएको छ । चाँगुनारायण नगरपालिकाले ३४ दशमलब ९२ अंक ल्याएर दोस्रो भएको छ भने भक्तपुर नगरपालिकाले ४३ दशमलब ९८ अंक हासिल गरी पहिलो भएको हो । त्यस्तै मध्यपुर थिमीले ३३ दशमलब ६० र सूर्यविनायक नगरपालिकाले २८ दशमलब ०३ अंक हासिल गरेको बीत्त आयोगले जारी गरेको नतिजामा उल्लेख गरिएको छ ।
प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई मध्यनजर गर्दै प्रदेशकोसमेत कार्यसम्पादन मूल्याङ्न गर्दै आएको छ ।

यसमा लेखापरीक्षण, बेरुजु फछ्र्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ ।
आयोगका अनुसार १० असारभित्र बजेट ल्याए र नल्याएको, ३० असार भित्र बजेट पास गरेरनगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिएरनदिएको लगायतका आधारमा मूल्याङ्कन गरेको छ ।

स्थानीय तहले आगामी आवको आय र व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए वा नपठाएको, स्थानीय तहलेसमेत बजेटको वार्षिक समिक्षा कात्तिक मसान्त भित्र सार्वजनिक गरेरनगरेको जस्ता सूचकमा आधारमा पनि अङ्क दिएको छ ।

आन्तरिक राजस्व संकलनको प्रक्षेपित लक्ष्य, आन्तरिक राजस्व संकलनको विवरण, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग लगायतका पक्ष पनि हेरिन्छ । स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्र स्थानीयस्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे-नगरेको पनि मूल्याङ्कन वित्त आयोगले गरेको छ ।
स्थानीय तहमा विद्यालय भर्ना भएका बालबालिकाको सङ्ख्या, सामुदायिक विद्यालयबाट एसईईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति सङ्ख्या, बालबालिकाको सङ्ख्या, पूर्ण खोप पाएका बालबालिकाको सङ्ख्यालाई समेत सूचकमा राखिएको छ ।यी सूचकहरूमा गरिएको मूल्याङ्कनका आधारमा स्थानीय तहको प्राप्ताङ्क समेत औसत देखिएको छ ।

+ posts
ताजा
1 सुन तोलामा २३ सय बढ्यो, सुनको मुल्य २ लाख ३५ हजार ४ सय रुपैयाँ
2 आज दिनभरको मौसम बागमती प्रदेशमा बाढी पहिरोको जोखिम
3 आदर्श साइकल संस्कृति निर्माणमा साइकल अभियनाको समुदायिकरण र बुद्धिजीविकरण अपरिहार्य : वक्ताहरू
4 भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनीको तेस्रो साधारण सभा सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न