परमेश्वरको मण्डलीद्धारा नागर्जुनमा वृहत वृक्षरोपण कार्यक्रम सम्पन्न | Jana Aawaj News

परमेश्वरको मण्डलीद्धारा नागर्जुनमा वृहत वृक्षरोपण कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 3 मिनेट
परमेश्वरको मण्डलीद्धारा नागर्जुनमा वृहत वृक्षरोपण कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज संवाददाता
काठमाडौं । आज परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा नागर्जुन नगरपालिका वडा नं. ५ काठमाडौंको छगडोलमा कारीव ५०० वटा फलफुल जन्य बिरुवाहरूको वृक्षारोपण सम्पनन भएको छ ।


परमेश्वरको मण्डलीले आफ्नो स्थापनाको ६० औँ वार्षिकोत्सवको उपलक्ष्यमा ‘आशाको वन’ अभियानको आयोजना गरी वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । काठमाडौंको छगडोलमा भएको वृक्षारोपण कार्यक्रममा मण्डलीका अध्यक्ष तेजेन्द्र गौतमको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथी नागर्जुन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष महेश रिमाल, छगडोल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तम थापाको उपस्थिति रहेको थियो ।


उक्त वृक्षारोपण कार्यक्रमलाई भव्यरुपले सफल बनाउन वन डिभिजन कार्यालय अन्तर्गतको सव–डिभिजन वन कार्यालय नागर्जुनबाट सरिता मरासैनी, इन्दिरा विश्वकर्मा लगायत परमेश्वरको मण्डलीका सदस्यहको साथै स्थानिय गरी कारीव ३५० जनाको सहभागीता रहेको थियो । वृक्षारोपण कार्यक्रमलाई औपचारिक रूपमा सुरु गर्नुअघि, उद्घाटन समारोह मार्फत वयस्क, युवा तथा विद्यार्थी उमेर समूहका प्रतिनिधिको नेतृत्वमा पुस्ता संयुक्त घोषणा गरेका थिए भने, सहभागीहरूले “हामी वृक्षारोपण गरेर वनको संरक्षण गरी विश्वभरि आशाको वन विस्तार गर्नेछौं, अनि दिगो वातावरण र मानव–जातिको भविष्य हर्षपूर्ण बनाउन पहल गर्नेछौं” भन्दै आफ्नो प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नागर्जुन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष महेश रिमालले आफ्नो वडामा अवस्थित सामुदायिक वनमा भएको वृक्षारोपण अत्यन्तै उदाहरणीय भएको बताउदैै परमेश्वरको मण्डलीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसैगरी वन डिभिजन कार्यालय अन्तर्गतको सव–डिभिजन वन कार्यालय नागर्जुनबाट उपस्थित हुनुभएका सरिता मरासैनी र इन्दिरा विश्वकर्माले कार्यक्रमले असल उदाहरण दिएको बताउदै आयोजकको प्रशंसा गर्नुभएको थियो ।


मण्डलीले मरुभूमिकरणलाई रोकथाम गर्न प्रभावकारी हुने वृक्षारोपणले कार्बन अवशोषणलाई बढाउन सक्छ । यस अभियानमार्फत, परमेश्वरको मण्डलीले कार्बन न्यूनीकरण गर्दै विभिन्न फोहोरहरू सङ्कलन गरेर माटो तथा वनस्पतिको संरक्षण गर्दछ । यसले आक्रामक प्रजातिहरूलाई हटाएर जैविक विविधताको संरक्षण गर्नुका साथै दहनशील सामग्रीहरू सङ्कलन गरेर जङ्गलमा डढेलो हुनबाट रोकी दिगो वन सृजना गर्दछ । नेपालमा मात्र नभएर संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, पेरु, कोरिया, मङ्गोलिया, दक्षिण अफ्रिका लगायत विश्वभरिबाट मानिसहरू यस अभियानमा सहभागी भइरहेका छन् । परमेश्वरको मण्डलीका एक अधिकारीका अनुसार, “मरुभूमिकरण र विश्वव्यापी तापमान वृद्धिको दुष्चक्रलाई तोडेर दिगो विश्वव्यापी वातावरण सिर्जना गर्न सन्तहरू एकै चित्तका भएर सहभागी भएका छन् । “संसारको नून र ज्योति होओ” भन्ने परमेश्वरको शिक्षालाई पछ्याउँदै हामीहरू सक्रियतापूर्वक आशा बाँड्ने कार्य गर्नेछौं ।”


परमेश्वरको मण्डलीका एक सदस्य सुजित खनालका अनुसार, यो अभियान परमेश्वरको मण्डलीले आफ्नो स्थापनाको ६० औँ वार्षिकोत्सवको उपलक्ष्यमा विश्वव्यापी रूपमा सञ्चालन गरिरहेको ‘विश्वव्यापी आशा च्यालेन्ज’को एक हिस्सा हो । आशा च्यालेन्जचाहिँ ‘संकटमा रहेको विश्वव्यापी गाउँमा आशा प्रदान गर्ने’ लक्ष्यका साथ अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू अनुरूप छ । यसलाई जलवायु परिवर्तनसँग लड्ने, गरिबी र भोकमरी अन्त्य गर्ने, शैक्षिक सहयोग गर्ने, स्वास्थ्य तथा कल्याणलाई प्रवर्धन गर्ने, दिगो सुरक्षित समाज निर्माण गर्ने, शान्ति, समावेशी र एकता गरी मुख्यतः ६ वटा क्षेत्रहरूमा आयोजना गरिन्छ । ‘आशाको वन’ अभियानचाहिँ जलवायु परिवर्तनको प्रतिक्रियासँग सम्बन्धित छ ।


मण्डली स्थापना भएको ६० वर्षभित्र विश्वका १७५ राष्ट्रका ७,५०० भन्दा बढी ठाउँहरूमा स्थापना भएको परमेश्वरको मण्डलीमा हाल ३७ लाख सन्तहरूले बाइबलमा उल्लेखित पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दै परमेश्वरको शिक्षालाई पछ्याइरहेका परमेश्वरको मण्डलीका अधिकारिले बताउनुभयो । यसैगरी “आफ्नो छिमेकीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्नू” भन्ने ख्रीष्टको शिक्षाअनुसार छिमेकीलाई सहयोग गर्ने कार्य, विपत्ति राहत कार्य, वातावरण सरसफाइ, रक्तदान, शैक्षिक सहयोग जस्ता विभिन्न स्वयंसेवाका गतिविधिहरू २८,००० पटकभन्दा बढी गर्दैआएको परमेश्वरकोमण्डलीले गणतन्त्र कोरियाका तीन सरकारबाट राष्ट्रपतीय अवार्ड, अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड, ब्राजिलियन विधायिकी पदक जस्ता ४,२०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ। नेपालमा पनि मण्डलीले बागमती प्रदेश सांसद, सामाजिक विकास मन्त्री र नेपाली रेडक्रसका अध्यक्ष जस्ता विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट प्रशंसा पत्र प्राप्त गरेको जानकारी दिनुभयो ।

+ posts