परमेश्वरको मण्डलीद्धारा श्री जनचेतना आधारभुत विद्यालयलाई झोला हस्तान्तरण | Jana Aawaj News

परमेश्वरको मण्डलीद्धारा श्री जनचेतना आधारभुत विद्यालयलाई झोला हस्तान्तरण

पढ्न लाग्ने समयः 2 मिनेट
परमेश्वरको मण्डलीद्धारा श्री जनचेतना आधारभुत विद्यालयलाई झोला हस्तान्तरण : Jana Aawaj News

जन आवाज संवाददाता
झापा । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज दमकले विश्वव्यापी आशा च्यालेन्ज शैक्षिक सहयोग अन्तर्गत अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा शैक्षिकसहयोग गतिविधि कार्यक्रम सम्पन्न गरेको छ ।


उक्त कार्यक्रम श्री जनचेतना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई १ सय वटा झोला हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा व्यवस्थापन समितिको सदस्य दिनबन्धु खरेलले मण्डलीले सेवा गरेको कुरालाई हेर्दै धेरै धन्यवादी भएको र बच्चाहरू पनि झोला नभएर स्कुल आउन गाह्रो मान्ने गर्दथे तर अहिले झोला पाएर अब खुशी भएर स्कुल आउने बताउनुभयो ।

यस विद्यालयमा पढ्ने विद्यार्थीहरु प्राय आर्थिक अवस्था गाह्रो भएका बच्चाहरु मात्र आउने गर्छन् र धेरै गाह्रो भएको अवस्थामा यसरी सेवा गरिदिनुभएकोमा धेरै कृतज्ञ भएको बताउनुभयो ।


यस्तै प्रधानाध्यापक सुष्मा कुमालले यस विद्यालयमा पढ्ने बालबालिकाहरु पछि गएर यहाँहरुको सानो सहयोग पनि यी बच्चाहरूको निम्ति ठूलो हुनेछ । विद्यालयलाई गर्नुभएको सहयोगप्रति विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा अभिभावकहरूको पनि सहभागीता रहेको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्था समितिको अध्यक्ष हिरण्यकुमार राई शिक्षिका रेणुका बस्नेत तथा सुवर्णमुनिकार सुमन योञ्जनको उपस्थिति रहेको थियो ।

 

+ posts
ताजा
1 प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
2 सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित
3 प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
4 वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न