प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत | Jana Aawaj News

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुझावहरु बुुझाएको छ ।

महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीलाई सात बुँदे सुझावपत्र बुुझाएको हो । महासङ्घले अर्थतन्त्र ओरालो लागेका बेला आगामी आर्थिक वर्षको नेपाल सरकारको बजेटमा आर्थिक वृद्धि र निर्यात व्यवसायलाई प्राथमिकता दिने रणनीतिहरु कार्यान्वयनका लागि आग्रह गर्दै सम्बोधन हुन छुट भएका विषयमा ध्यानाकर्षण गराएको छ ।
महासङ्घका अध्यक्ष घिमिरेलेले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माणलाई छिटो सम्पन्न गरी विदेशी क्रेताहरुलाई नेपाल ल्याउन माग गरिएको छ । यस्तै लगानी वृद्धि र पर्यटन आकर्षणका लागि सन् २०२६ देखि २०३० सम्मलाई निर्यात वर्ष घोषणा गरी सरकार र निजी क्षेत्रको सहकार्य बढाउन आग्रह गरिएको छ ।

सुझावहरु ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले महासङ्घको नयाँ नेतृत्वलाई बधाई दिँदै आर्थिक वृद्धि, रोजगारी र पर्यटक वृद्धिजस्ता विषयलाई सरकारले उच्च महत्व दिएकाले निर्यात व्यवसायीहरुका उचित सुझावलाई सम्बोधनको पहल गरिने विश्वास दिलाउनुभयो । उहाँले विद्यमान स्थितिमा निर्यात व्यवसायीलाई धेरै प्रोत्साहन दिन नसके पनि सम्भव र व्यवहारिक विकल्पमा साझा प्रयास गर्न गरिने आग्रह गर्नुभयो ।

+ posts

 

 

ताजा
1 दधिकोट सहरी खानेपानी समितिको प्रथम साधारण सभा सम्पन्न
2 सेवामा अवरोध नगर्न आग्रह
3 सूर्यविनायक १० मा १७ करोडको योजनाहरु सञ्चालनमा छन् : वडा अध्यक्ष राउत
4 भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा बिपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न