पातञ्जलद्धारा प्रहरी तालिम केन्द्रमा योग शिविर | Jana Aawaj News

पातञ्जलद्धारा प्रहरी तालिम केन्द्रमा योग शिविर

पढ्न लाग्ने समयः < 1 मिनेट
पातञ्जलद्धारा प्रहरी तालिम केन्द्रमा योग शिविर : Jana Aawaj News

नबराज काफ्ले
जन आवाज न्युज/विराटनगर जेस्ठ, २१ गते । कोशी प्रदेश प्रहरी तालिम केन्द्र र पातञ्जल योग समिति नेपाल,कोशी प्रदेशको संयुक्त आयोजनामा ३ दिने विशेष योग शिविर कार्यक्रम सम्पन्न गरिएको छ ।

विराटनगर स्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्र प्राङ्गणमा गरिएको योग शिविरबाट २ सयभन्दा बढी राष्टसेवक प्रहरी कर्मचारी लाभान्वीत भएका छन् । पातञ्जल योग समिति नेपाल कोशी प्रदेशका अध्यक्ष जिपी तिवारीको अध्यक्षतामा भएको योग शिविरमा सहभागीहरुलाई पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य हेमन्ती गजुरेलले योग प्रशिक्षण गराएकी थिईन् ।

शिविर कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख एवं प्रहरी वरिष्ठ उपरिक्षक अविनारायण काफ्लेले योग र अध्यात्मले शारीरिक,मानसिक र वैचारिक स्वस्थतामा महत्वपूर्ण योगदान पु–याउने धारणा राख्दै उपरिक्षक काफ्लेले पातञ्जल योग समिति नेपालद्धारा देशव्यापीरुपमा गरिएको योगजागरण अभियानको खुलेर प्रशंसा गरेका छन् ।

पातञ्जल योग समिति नेपाल कोशी प्रदेशका अध्यक्ष जिपि तिवारीले प्रहरी संगठनमा योगलाई संस्थागत गरि नियमित कार्यान्वयनमा ल्याउन सके संगठनले लिएका उद्धेश्यमा थप प्रभावकारीता आउने विश्वास व्यक्त गरेका छन् ।

२०८२ जेष्ठ १९ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको योग शिविरमा स्वास्थ्य मन्त्रालय,आर्युवेद तथा वैकल्पिक चिकित्सा शाखा कोशी प्रदेशका प्रमुख डा.केनिन राई,नेपाल आर्युवेद औषधि व्यावसायी संघका केन्द्रिय पूर्व अध्यक्ष जंगराज गिरि,पातञ्जल योग समिति नेपाल कोशी प्रदेशक सचिव लोकनाथ गजुरेल,पातञ्जल योग समिति नेपालका सुनसरी जिल्ला अध्यक्ष श्याम पौडेल,सुनसरी जिल्ला सदस्य चुडामणी काफ्ले,ईटहरी नगर अध्यक्ष गोमा उप्रेती,उपाध्यक्ष प्रकाश वस्नेत,सचिव रेणुका ओझा,सदस्य पार्वता तिवारी,सदस्य रेणुका गेलाल,सदस्य ईन्दिरा भण्डारी,योग गुरु सोम खनाल लगायतको विशेष उपस्थिति रहेको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न