स्काउटलाई आत्मरक्षा तालिम प्रदान | Jana Aawaj News

स्काउटलाई आत्मरक्षा तालिम प्रदान

पढ्न लाग्ने समयः < 1 मिनेट
स्काउटलाई आत्मरक्षा तालिम प्रदान : Jana Aawaj News

जन आवाव न्युज/भक्तपुर, २४ जेठ । स्काउटहरुलाई कर्तव्यनिष्ठ, अनुशासित एवम् सक्षम बनाउने हेतुले स्थानीय स्काउट कार्यालय भक्तपुरले शनिवार ट्रुप लिडर गोष्ठीसहित आत्मरक्षा तालिम प्रदान गरेको छ ।
११ वर्षदेखि १६ वर्षसम्मका स्काउटहरुलाई कुनै पनि भौतिक आक्रमण वा समस्यामा रक्षा गर्न सक्षम बनाउन गरिएको तालिममा ५१ जना स्काउटहरुको सहभागिता रहेको थियो ।

करातेका राष्ट्रिय प्रशिक्षक रविना सुवालले बालबालिका, किशोकिशोरीमाथि हुने दुर्व्यवहारको सामना गर्ने तालिमको अभ्यास गराएका थिए । आत्मरक्षाको सिप नहुँदा धेरै बालबालिका र किशोरकिशोरीहरु हिंसामा पर्ने गरेका घटना समाजमा बढ्दै गएकाले त्यसबाट जोगिन सहयोग पुगोस् भनेर तालिम दिएको नेपाल स्काउट भक्तपुरका आयुक्त बालकृष्ण बनमालाले बताए ।

आफूमाथि आक्रमण भएमा कसरी प्रतिरक्षा गर्ने भन्ने विषयमा  शारीरिक तथा सैद्धान्तिक तालिम पाएकोमा स्काउटहरु दंग भएका थिए ।
स्थानीय स्काउट कार्यालय, भक्तपुरले आत्मरक्षा तालिमका अलावा स्काउटिङ्ग पद्धतिबाट जीवन यापन गर्ने कला पनि सिकाएको थियो । कार्यक्रमका संयोजक एवम् स्थानीय शैक्षिक पद्धति आयुक्त पवनकुमार बल्लले खेलको माध्यमबाट अनुशासित र कर्तव्यनिष्ठ बनाउने कलाका साथमा कवाज सिकाएका थिए ।

सदस्यता वृद्धि आयुक्त पूर्णभक्त दुवालले आफ्‌नो समूहमा आइपरेका समस्याको सामना गर्ने र समाधान गर्ने तरिकाका सम्वन्धमा प्रशिक्षण दिए । स्थानीय स्रोत साधन तथा वित्त आयुक्त किशोर गोसाईंले स्काउटिङ्ग क्रियाकलाप, पेट्रोल सिस्टमलगायतका स्काउटसम्वन्धि तालिम दिएका थिए ।

तालिममा सहभागी स्काउटहरुलाई नेपाल स्काउटका पूर्व सचिव रामगोपाल कर्माचार्यले प्रमाणपत्र प्रदान गरेका थिए ।

+ posts

 

 

ताजा
1 दधिकोट सहरी खानेपानी समितिको प्रथम साधारण सभा सम्पन्न
2 सेवामा अवरोध नगर्न आग्रह
3 सूर्यविनायक १० मा १७ करोडको योजनाहरु सञ्चालनमा छन् : वडा अध्यक्ष राउत
4 भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा बिपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न