प्रधानमन्त्रीबाट निर्माणाधीन कीर्तिपुर रंगशालाको निरीक्षण | Jana Aawaj News

प्रधानमन्त्रीबाट निर्माणाधीन कीर्तिपुर रंगशालाको निरीक्षण

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्रीबाट निर्माणाधीन कीर्तिपुर रंगशालाको निरीक्षण : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान कार्यको आइतबार स्थलगत निरीक्षण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापेट र फ्लडलाइट जडान गर्ने घोषणा गरी निर्माणका लागि उच्च प्राथमिकता दिँदै आउनुभएको छ ।

प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठससिहत सम्लग्न निर्माण व्यवसायीले हालसम्मको कार्य प्रगतिबारे जानकारी लिनुभएको थियो ।

प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुई महिनाभित्र काम सक्न निर्देशन दिनुुभएको थियो । प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरक फरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको चापागाउँमा सरसफाइ गतिविधि सम्पन्न
2 शान्ति आदर्श कलेजमा ASEZ द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार सम्पन्न
3 टोखामा ASEZ WAO द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार र सरसफाइ कार्यक्रम सम्पन्न
4 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न