सूर्यविनायक वडा नं.५ मा आयोजना गरिएको फुटसल प्रतियोगितामा प्राइम डे क्लब प्रथम | Jana Aawaj News

सूर्यविनायक वडा नं.५ मा आयोजना गरिएको फुटसल प्रतियोगितामा प्राइम डे क्लब प्रथम

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायक वडा नं.५ मा आयोजना गरिएको फुटसल प्रतियोगितामा प्राइम डे क्लब प्रथम : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को कार्यालयले आयोजना गरेको वडास्तरीय फुट्सल प्रतियोगिता सम्पन्न भएको छ । आइतबार आयोजना गरिएको उक्त प्रतियोगितामा प्राइम डे क्लबले उपाधि प्राप्त गर्न सफल भएको छ ।

उक्त कार्यक्रम सृजनानगरस्थित फुटसल मैदानमा सम्पन्न फाइनल भिडन्तमा छत्रपाल क्लबलाई ३ १ ले पछि पार्दै प्राइमले प्रथम स्थान हासिल गरेको हो । बिजेता र उपबिजेता टोलीलाई क्रमश नगद रु। १५ हजार र १० हजार सहित शिल्ड र ट्रफि प्रदान गरिएको कार्यक्रम संयोजक कमला पोखरेलले बताउनुभयो ।

त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडी शुसान्त खिउजू घोषित भएका छन् । उत्कृष्ट गोलकिपर सुजन गुमाञ्जु र सौरभ धामी उच्च गोलकर्ता बन्न सफल भएका थिए । उत्कृष्ट खेलाडीलाई पनि नगदसहित ट्रफि र मेडलले सम्मान गरिएको थियो ।

फुटसल प्रतियोगिता स्थानीय युवा नेता एवं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष दीपक थापाको पहल र समन्वयमा सम्पन्न भएको हो । प्रतियोगितामा वडाभित्रका १३ वटा समूहहरूले प्रतिस्पर्धा गरेको उहाँले जानकारी दिनुभयो । युवा लक्षित कार्यक्रम अन्तर्गत खेलकुदलाई महत्व दिएर फुटसल प्रतियोगिता आयोजना हुनु र वडामै १३ वटा समूह प्रतिस्पर्धामा उत्रनु सुखद पक्ष भएको उनको थापाको भनाइ छ ।

बिजयी समूह र उत्कृष्ट खेलाडीलाई पुरस्कार र सम्मान व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशीले खेलले युवालाई अनुशासित, स्वस्थ र फूर्तिलो बनाउने बताउनुभयो । खेलाडी उत्पादनमा पनि प्रतियोगिताले सहयोग पुग्ने भन्दै उहाँले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि प्राथमिकता पूर्वक अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

+ posts
ताजा
1 बागमती प्रदेश महासंघको दोस्रो परिषद् भेला
2 औद्योगिक शान्ति नेपाल संस्थाद्वारा भक्तपुरमा महोत्सब हुने
3 ASEZ WAO द्वारा काठमाडौँकाे नक्साल Green Workplace वातावरण गोष्ठी सम्पन्न
4 उर्लाबारी र दमकद्वारा सामूहिक रुपमा १८३४ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न