सूर्यविनायक वडा नम्बर ९ को सार्वजनिक सुनुवाई : सेवाको प्रभावकारिता र विकासमाथि नागरिकको सवाल | Jana Aawaj News

सूर्यविनायक वडा नम्बर ९ को सार्वजनिक सुनुवाई : सेवाको प्रभावकारिता र विकासमाथि नागरिकको सवाल

पूरा भिडियो सहित

पढ्न लाग्ने समयः 2 मिनेट
सूर्यविनायक वडा नम्बर ९ को सार्वजनिक सुनुवाई : सेवाको प्रभावकारिता र विकासमाथि नागरिकको सवाल : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, जेठ २६ । ‘हाम्रो वडा, हाम्रो आवाज’ भन्ने नारासहित सूर्यविनायक नगरपालिका-९ नङ्खेलमा सोमबार वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमको आयोजना राष्ट्रिय सञ्चार केन्द्र नेपालले सूर्यविनायक नगरपालिकाको सहकार्यमा गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष भगवान खत्रीले पछिल्लो समय वडामा भएका विकास योजनाबारे लामो धारणा राखेका थिए । उनले भने – ‘पछिल्लो आर्थिक वर्षमा हामीले खानेपानी, ढल निकास, सडक, सार्वजनिक भवनलगायत पूर्वाधारमा उल्लेख्य प्रगति गरेका छौं ।’ उनले सेवा प्रवाहमा पारदर्शिता र सहजताको लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताए ।

वडा सचिव अच्युतम खत्रीले वडा कार्यालयबाट आ.व. २०८१/८२ मा सेवा प्रवाह र राजश्व संकलनको तथ्याङ्क प्रस्तुत गरे । उनका अनुसार ३१२५ सिफारिस दर्ता, २६९३ चलानी, २० लाख ७६ हजार सम्पत्ति कर, ४१ लाख ९० हजार विविध कर संकलन गरिएको छ । जन्म, मृत्यु, विवाह, बसाइँसराइ लगायतका घटना दर्तामा समेत नियमितता देखिएको छ ।

सार्वजनिक कार्यक्रममा फ्लोर खुल्ला गरिएपछि आठ जनाले वडा अध्यक्ष तथा सरोकारवालाहरुसँग प्रश्न र सुझाव प्रस्तुत गरेका थिए । सो अवसरमा नगरपालिकाका वरिष्ठ इन्जिनियर जनक न्यौपानेले वडामा सम्पन्न तथा चालु भौतिक पूर्वाधार योजनाबारे जानकारी दिएका थिए । उनले भने, ‘विकास योजनामा प्राविधिक समन्वयका केही चुनौती छन्, तर वडासँग सहकार्य गरेर समाधान गरिरहेका छौं ।’

वडा सदस्य शेरकाजी सुवालले भने, ‘हामी विकासका नाममा मात्र होइन, सेवा प्रवाह र सुशासनमा पनि गम्भीर छौं । जनताको जिज्ञासा र सुझावले अझ राम्रो काम गर्न उत्प्रेरणा मिल्छ ।’

कार्यक्रममा वडाका सदस्य पूजा बराह, गंगा खड्का, विनय महत, कार्यपालिका सदस्य सुनिल भुजेललगायतको उपस्थिति थियो ।

कार्यक्रममा धन्यवाद ज्ञापन आयोजक संस्थाका अध्यक्ष पेशल आचार्यले गरेका थिए । कार्यक्रमको समापन गर्दै उनले भने, । ‘सार्वजनिक सुनुवाई केवल उत्तर दिने कार्यक्रम मात्र होइन, जनउत्तरदायित्व बोक्ने अवसर पनि हो । यसले वडाको सेवा, योजना र नेतृत्वको पारदर्शिता प्रमाणित गर्छ ।’

राष्ट्रिय सञ्चार केन्द्रका उपाध्यक्ष तथा पत्रकार महासंघ भक्तपुर शाखाका पूर्व अध्यक्ष पुष्करराज बुढाथोकीले पनि कार्यक्रममा उपस्थितलाई स्वागत गरेका थिए । वरिष्ठ पत्रकार दिवस गुरागाईंले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेका थिए ।

यो सार्वजनिक सुनुवाईले सेवा, विकास र सुशासनमाथि स्थानीय सरकार कति उत्तरदायी र जवाफदेही छ भन्ने प्रश्नमाथि प्रकाश पारेको छ । जनताको निगरानी, सुझाव र प्रश्नको सामना गर्दै अगाडि बढ्नु नै सच्चा लोकतन्त्रको अभ्यास हो भन्ने सन्देश यो कार्यक्रमले दिएको छ । राष्ट्रिय सञ्चार केन्द्रले हिजो आइतबार सूर्यविनायक वडा नं ४ मा सुनुवाई कार्यक्रम सम्पन्न गरेको थियो ।

पूरा भिडियो हेर्नुहोस् :

+ posts

 

 

ताजा
1 तिर्खा मेटाउनको लागि नि:शुल्क पिउने पानी वितरण अभियान
2 चाँगुनारायणलाई देशकै पहिलो ‘योग नगर’ घोषणा : स्मारिका विमोचनसँगै सामूहिक साधना
3 कोशी प्रदेशकाे  नीति तथा कार्यक्रम आज 
4 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न