काठमाडौंबाट तिहारका लागि घर जाने यात्रुलाई बसपार्कमा खोप | Jana Aawaj News

काठमाडौंबाट तिहारका लागि घर जाने यात्रुलाई बसपार्कमा खोप

पढ्न लाग्ने समयः < 1 मिनेट
काठमाडौंबाट तिहारका लागि घर जाने यात्रुलाई बसपार्कमा खोप : Jana Aawaj News

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि काठमाडौंका चार स्थानमा कोरोना विरुद्धको खोप लगाउने अभियान थालेको छ । काठमाडौंको गोंगबु बसपार्क, कोटेश्वर चोक, बल्खु चोक र कलंकी चोकमा खोप लगाउने व्यवस्था गरिएको बताइएको छ ।

यस्तै तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुलाई लक्षित गरि खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । घर जान लागेका यात्रुलाई आफ्नो परिचय खुल्ने कागजपत्र बोकेर खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध समेत गरेको छ ।

यसैगरी आज बिहानैदेखि चारै ठाउँमा खोप लगाउन शुरु गरिएको छ । उक्त खोप बिहान ७˸३० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने बताइएको छ । १८ वर्षभन्दा माथिका सबैले खोप लगाउन थालिएको दुई दिने खोप अभियान अन्तर्गत भोलि पनि चारै स्थानमा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न