विपदमा परेका ४ सय ५९ परिवारलाई राहत दिन्छौं ˸ मन्त्री शाक्य | Jana Aawaj News

विपदमा परेका ४ सय ५९ परिवारलाई राहत दिन्छौं ˸ मन्त्री शाक्य

पढ्न लाग्ने समयः < 1 मिनेट
विपदमा परेका ४ सय ५९ परिवारलाई राहत दिन्छौं ˸ मन्त्री शाक्य : Jana Aawaj News

काठमाडौं । आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजय क्रान्ति शाक्यको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुनजन्य विपद्बाट प्रभावित भएका निजी आवास पुनर्निमाण तथा पुनःस्थापनाका लागि दुई जिल्लालाई करीब २ करोड दिने निर्णय गरेको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश विपद् व्यवस्थापन कोषबाट सिन्धुपाल्चोक र नुवाकोटलाई उक्त रकम निकासा गर्ने बताएको छ ।

अस्थायी आवास निर्माण र पुनर्निर्माण तर्फ नुवाकोटकालाई सात लाख ६५ हजार अस्थायी आवास निर्माण र पुनर्निर्माणतर्फ पहिलो किस्ता रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई उपलब्ध गराउने निर्णय भएको छ ।

यस्तै सिन्धुपाल्चोकलाई एक करोड ८८ लाख ७७ हजार पाँच सय दिने बताइएको छ । जस अन्र्तरगत सिन्धुपाल्चोक जिल्लालाई कूल लाभग्राही ३ सय ६६ जनाको रू. छत्तिस लाख ६० हजार र दोलखा जिल्लालाई कूल लाभग्राही ९३ जनाको नौ लाख ३० हजार प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम उपलब्ध गराउने निर्णय भएको बताइएको छ ।

सो बैठकले २०७७ जेठदेखि हालसम्म मनसुनजन्य बाढी पहिरो लगायत विपद्का घटनाहरूबाट क्षति पुगेका नीजि घर परिवारहरूलाई बागमती प्रदेश सरकारका तर्फबाट तत्काल गुजाराका लागि प्रति परिवार अधिकतम रू. दश हजारसम्म जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम वितरण गर्ने समेत बताइएको छ ।

 

+ posts