सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउदै जसपा | Jana Aawaj News

सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउदै जसपा

आज ११ बजे बैठक बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउदै जसपा : Jana Aawaj News

काठमाडौं । आज जनता समाजवादी पार्टी जसपाले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउने बताएको छ

आज बस्ने भनिएको बैठकमा जसपाले नेता तथा मन्त्रीहरुबारे निर्णय गर्न केन्द्रीय कार्यकारिणीको बैठक बोलाएको छ ।

बुधबार ११ बजे बस्ने सो बैठक सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा बस्ने भएको छ ।

मंगलबार बसेको बैठकमा जसपा अध्यक्ष उपेन्द यादवले काठमाडौंमा उपलब्ध कार्यकारिणी सदस्यहरुको सामूहिक छलफलले मन्त्रीहरुको नामको टुंगो लगाउने बताउनभइको थियो ।

आज बस्ने बैठकमा मन्त्रीहरुको नाम टुंगो लगाउनका लागि पार्टीका अध्यक्षहरु उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई दिइएको बताइएको छ ।

+ posts