स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न | Jana Aawaj News

स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयको आयोजनामा स्वास्थ्य क्षेत्रको प्रभावकारी कार्यान्वयन, उपलब्धि मूल्याङ्कन तथा सुधारका अवसरहरूको पहिचान गर्ने उद्देश्यले आ. ब. २०८२/०८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी आज सम्पन्न भएको छ।

उक्त गोष्ठीले हालसम्म भएका प्रगति, चुनौती तथा सिकाइहरूलाई समेट्दै आगामी आर्थिक वर्षका लागि व्यवहारिक, दिगो र परिणाममुखी योजना तर्जुमा गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताईएको छ।

कार्यक्रममा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने स्वास्थ्यकर्मी, सरोकारवाला निकाय तथा विज्ञहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले सेवा प्रवाहमा देखिएका समस्या, स्रोत-साधनको व्यवस्थापन, मानव स्रोतको अवस्था तथा स्वास्थ्य सूचकहरूको सुधारका उपायहरूबारे गहन छलफल गरिएको थियो ।

गोष्ठीको निष्कर्षस्वरूप, सेवा गुणस्तर अभिवृद्धि, पहुँच विस्तार, जनचेतना वृद्धि तथा प्रविधिको प्रभावकारी प्रयोगमा जोड दिँदै आगामी आ. ब. का लागि प्राथमिकताका क्षेत्रहरू निर्धारण गरिएको छ। यसले प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढीकरणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डलीद्वारा ॐ शान्ति आधारभूत विद्यालयमा झोला वितरण
2 अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
3 प्रसादिको आयोजनामा नेसनल प्याव्सनको वादविवाद सम्पन्न 
4 कवि प्रतिसरा सायमीलाई भक्तपुर साहित्यिक समाजद्वारा अभिनन्दन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न