पहाडमा वर्षा र हिमपात हुने, तराईमा ‘तातो दिन’ रहने | Jana Aawaj News

पहाडमा वर्षा र हिमपात हुने, तराईमा ‘तातो दिन’ रहने

पढ्न लाग्ने समयः < 1 मिनेट
पहाडमा वर्षा र हिमपात हुने, तराईमा ‘तातो दिन’ रहने : Jana Aawaj News

भक्तपुर । आइतबार नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले गर्दा देशभरको मौसममा बदली र वर्षाको अवस्था देखिएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका अधिकांश हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मात्र मौसम सफा रहेको छ।

अहिले कोशी, गण्डकी र लुम्बिनीका केही स्थानहरूका साथै बागमती प्रदेशका एक-दुई ठाउँमा मध्यम वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनसक्ने देखिएको छ भने लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा भने तातो दिन हुने सम्भावना छ।

रातीको समयमा पनि पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने र कोशी, मधेश, बागमती र गण्डकी लगायतका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न