ASEZ WAO द्वारा इलाम फिक्कल बजार क्षेत्रमा सरसफाइ गतिविधि सम्पन्न | Jana Aawaj News

ASEZ WAO द्वारा इलाम फिक्कल बजार क्षेत्रमा सरसफाइ गतिविधि सम्पन्न

पढ्न लाग्ने समयः 4 मिनेट
ASEZ WAO द्वारा इलाम फिक्कल बजार क्षेत्रमा सरसफाइ गतिविधि सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/इलाम बैशाख १३ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह ‘Green Earth’ परियोजना कार्यान्वयन अन्तर्गत स्वयंसेवक समूह ASEZ WAO ले आइतबार इलाम जिल्ला सुर्यदय नगरपालिकास्थित फिक्कल बजारमा ‘Green Earth’ परियोजनाको एक हिस्सा रहेको वातावरण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ASEZ WAO का सदस्यहरू, उनीहरूका सहकर्मीहरू र साथीभाइ गरी करिब ४० जनाको सहभागीता रहेको थियो । ‘Green Earth’ चाहिँ प्रदूषित सहरी सडकहरू, पार्कहरू र वन-जङ्गलहरू सफा गरेर स्वस्थ स्थलीय पारिस्थितिक प्रणाली निर्माण गर्ने विश्वव्यापी परियोजना हो ।

बिहान ९ बजेदेखि सुरु गरेर करिब डेढ घण्टासम्म जारी रहेको उक्त गतिविधिमा स्वयंसेवकहरूले फिक्कल बजार क्षेत्रको १.५ किलोमिटर सडक खण्ड सरसफाइ गरेर वातावरण संरक्षण गर्ने कार्य गरेका थिए । युवा समूहको चम्किलो मुस्कान र जीवन्त गतिविधिले सडकको वातावरण एकैछिनमा परिवर्तन भएको थियो । उनीहरूले बाटोमा फ्याँकिएका प्लास्टिकका कप, प्लास्टिकका झोला, चुरोटको ठुटा, बक्सहरू जस्ता सबै किसिमका फोहोरहरू सङ्कलन गरेका थिए । सङ्कलन गरिएका फोहोरहरूले ५ लिटरका ३० वटा प्लास्टिकका झोलाहरू भरिएका थिए ।

ASEZ WAO का एक अधिकारीले भने, “आफ्नै प्रयासले स्थानीय वातावरणलाई सफा बनाउनु निकै फलदायी कुरा हो । युवाहरूको सानो प्रयास छिमेकीहरूको वातावरणीय चेतनामा परिवर्तन ल्याउने माध्यम बनोस् र अझै अघि बढेर स्वच्छ पृथ्वी र मानवजातिको सुखद भविष्यलाई नजिक ल्याउने आधार बनोस् भन्ने चाहन्छु ।”

कार्यक्रममा सहभागी डाक्टर पपुलर चौधरीले “हामी बसोवास गर्ने बातावरण जोगाउने यस्तो असल कार्य गरिदिनुभएकोमा अति खुसि लागेको ” भन्दै धन्यवाद व्यक्त गरे । आफ्ना सहकर्मीहरूसँगै सहभागी भएका आशिष लगुन ज्युले खुशी हुँदै “ सरसफाइ जस्तो असल कार्यमा सहभागी हुन पाएकोमा अति धन्यवादि छु ” भने । अनि कार्यक्रममा सहभागी सुमित्रा लिम्बुले “ यस किसिमका कार्यमा पछि पनि लगातार सहभागी भैरहने र समाजमा यस किसिमको योगदान गर्ने योजना छ ” भन्नुभयो ।

ASEZ WAO भन्ने सङ्गठनको नाममा ‘Save the Earth from A to Z (पृथ्वीलाई सुरुदेखि अन्त्यसम्म बचाऔं)’ र ‘We Are One Family (हामी एउटै परिवार हौं)’ भन्ने वाक्यांश संयोजन भएर ‘हामी एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं’ भन्ने अर्थ समावेश छ । ‘Green Earth’ सँगसँगै ‘Blue Ocean (नदी, खोला तथा समुद्र सरसफाइ)’ ‘Mother’s Forest (वृक्षारोपण)’ जस्ता वातावरण संरक्षणका लागि विभिन्न पहलहरू थुप्रै देशहरूमा सञ्चालन भइरहेका छन् । सरकारी तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट युवाहरूको परोपकारी कार्यको मान्यतास्वरूप ६०० वटाभन्दा बढी अवार्डहरू प्रदान गरिएको छ, जसमा अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा-पत्र, अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड इत्यादि छन् ।

ASEZ WAO ले स्थानीय समुदायको हितको लागि पनि लगातार प्रयास गर्दैआएको छ । उनीहरूले काठमाडौँ, ललितपुर, उदयपुर र नेपालगुञ्ज लगायत देशका विभिन्न ठाउँमा सरसफाइ गतिविधि गरेका छन् । गत जनवरी महिनामा, उनीहरूले वातावरणसम्बन्धी ठोस कार्य योजनाहरूबारे छलफल गर्न ‘ग्रीन वर्कप्लेस’ वातावरणीय सेमिनारको आयोजना गरेका थिए ।

ASEZ WAO आबद्ध रहेको परमेश्वरको मण्डलीचाहिँ १७५ वटा देशहरूमा ७,८०० वटाभन्दा बढी ठाउँहरूमा भएको विश्वव्यापी मण्डली हो । मण्डलीका करिब ४० लाख विश्वासीहरूले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरमा विश्वास गर्छन् र “आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू’ भन्ने ख्रीष्टको शिक्षालाई कार्यान्वयन गरिरहेका छन् । नेपालमा हालसम्म मण्डलीका ६९,५६८ जना सदस्यहरूले १,०६८ पटक विभिन्न स्वयंसेवाका गतिविधिहरू गरेका छन् । विश्वव्यापी रूपमा वातावरण संरक्षण, प्रकोप राहत, छिमेकीलाई सहयोग, रक्तदान अभियान र संस्कृति आदानप्रदान जस्ता गतिविधिहरू ४७,००० पटकभन्दा बढी गरिएको छ (सन् २६ मार्चसम्म) । परमेश्वरको मण्डलीले तीन अमेरिकी सरकारबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, बेलायती महारानी स्वयंसेवा अवार्ड, तीन कोरियाली सरकारबाट राष्ट्रपति अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ५,८०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ ।

+ posts