ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न | Jana Aawaj News

ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 4 मिनेट
ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज /ललितपुर। ललितपुर जिल्ला, बागमती गाउँपालिकाको भट्टेडाँडा राडार क्षेत्रमा वन पुनर्स्थापनाका लागि करिब १०० जना सहभागीतामा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज कहाँ जागिरे युवा समूह ASEZ WAO द्वारा आइतबार ललितपुर जिल्ला बागमती गाउँपालिकाको भट्टेडाँडा राडार क्षेत्र नजिकै ‘Mother’s Forest’ अभियान सञ्चालन गर्दै २५० भन्दा बढी बिरुवाहरु रोपेको छ ।

 

यो अभियान परमेश्वरको मण्डलीका जागिर युवा समूह ASEZ WAO ले विश्वभर सञ्चालन गरिरहेको वन परिस्थितिक प्रणाली संरक्षण कार्यक्रम हो । यसको उद्देश्य जैविक विविधताको प्रवर्द्धन गर्नु, वनको प्राकृतिक विपद् न्यूनीकरण गर्ने क्षमता सुदृढ बनाउनु तथा पृथ्वीको वातावरणीय प्रणालीको पुनःस्थापना क्षमता बढाउनु हो । अभियानअन्तर्गत वृक्षारोपण, वन सरसफाइ तथा आक्रमणकारी विदेशी वनस्पतिहरू हटाउनेजस्ता गतिविधिहरू सञ्चालन गरिन्छ । “परमेश्वरले सृष्टि गर्नुभएको पृथ्वी सम्पूर्ण मानवजातिले संरक्षण र संवर्द्धन गर्नुपर्ने साझा जीवनस्थल हो ।

स्थानीय बासिन्दाहरूको विश्रामस्थललाई सफा र हरियाली बनाउने कार्यमा ASEZ WAO का सदस्यहरूले हर्षका साथ सहभागिता जनाएका छन् । यस अभियानमा सहभागी स्वयंसेवकहरू मात्र नभएर यसलाई अवलोकन गर्ने छिमेकीहरूमा पनि वातावरण संरक्षणप्रतिको चेतना अझ बढ्ने अपेक्षा गरेका छौं” परमेश्वरको मण्डलीका एक प्रतिनिधिले भने । बागमती प्रदेशका हेटौडा, बस्तिपुर, सिन्धुली तथा मधेश प्रदेशका सिमरा, बिरगंज, चन्द्रपुर, हरिवन, बर्दिवास विभिन्न स्थानबाट आएका करिब २५० जना स्वयंसेवकहरूले भट्टीडाँडा राडार क्षेत्र स्थित पार्क भित्रका क्षेत्रमा बिरुवाहरू रोपे । उक्त स्थान गाउँ र वन क्षेत्रसँग जोडिएको भए पनि वन क्षेत्रका रूपमा तोकिएको जमिनमा पर्याप्त रुखहरू थिएनन् । बिरुवाहरू राम्रोसँग हुर्कन सकून् भन्ने उद्देश्यले वृक्षारोपण गरिएको छ । परमेश्वरको मण्डलीको जागिरे युवा समूह ASEZ WAO गतिविधिप्रति स्थानीय समुदायको पनि सकारात्मक सहयोग रह्यो ।

वन डिभिजन कार्यालय ललितपुरले अभियानको उद्देश्यप्रति सहमति जनाउँदै बिभिन्न प्रकारको २५० भन्दा बढी बिरुवा उपलब्ध गराउनुका साथै आगामी दिनहरूमा पनि वन विकासका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनज्यूले परमेश्वरको मण्डलीका जागिरे युवा समूह ASEZ WAO ले वृक्षरोपण जस्तो उत्कृष्ट कार्य गरिदिनुभएकोमा आभार प्रकट गर्नुहुँदै आगामी दिनमा सहकार्य गर्ने कुरामा पनि प्रतिबद्धता जाहेर गर्नुभयो। र यसै बागमती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नवराज खड्काज्यूले ASEZ WAO का सदस्यहरूप्रति आभार प्रकट गर्नुहुँदै हामीले पनि पृथ्वीलाई हेरविचार गर्दै बचाउनु पर्छ । साथै परमेश्वरको मण्डलीका जागिरे युवा समूह ASEZ WAO ले बिगतमा गरेको कार्य को पनि प्रसंशा गर्नु भएर आभार व्यक्त गर्नुभयो ।

परमेश्वरको मण्डलीका जागिरे युवा समूह ASEZ WAO का सदस्यहरूले विश्वका विभिन्न देशहरूमा निरन्तर र समर्पित वातावरण संरक्षण अभियान सञ्चालन गर्दैआएका छन् । नेपालमा हेटौँडा, काठमाडौँ, ललितपुर, भक्तपुर जस्ता विभिन्न क्षेत्रका सहर, पार्क र सडक सरसफाइ अभियान नियमित रूपमा सञ्चालन गरिएको छ । साथै रक्त अभाव भएर जीवन जोखिममा परेका छिमेकीहरूलाई सहयोग गर्न हरेक वर्ष जारी हुने ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान अभियान’ यस वर्ष मात्रै १० पटक सम्पन्न गरिएको छ । नर्सिङ होम र वृद्धाश्रम जस्ता सामाजिक कल्याण संस्थाहरूको भ्रमण गरेर आवश्यक सामग्री अनुदान गर्ने, सरसफाइमा सघाउने स्वयंसेवा, भूकम्पले क्षतिग्रस्त क्षेत्रमा मर्मतसम्भार सहयोग जस्ता विभिन्न गतिविधिमार्फत मण्डलीले स्थानीय समुदायको हेरचाह गर्दैआएको छ । मार्च महिनासम्म नेपालमा मात्रै ६९,५६८ जना सदस्यहरूले १,०६८ पटक विभिन्न प्रकारका स्वयंसेवा कार्यक्रम सञ्चालन गरेका छन् ।

परमेश्वरको मण्डलीचाहिँ विश्वको १७५ वटा राष्ट्रका ७,८०० भन्दा बढी क्षेत्रहरूमा स्थापना भएको विश्वव्यापी मण्डली हो । करिब ४० लाख पञ्जीकृत सदस्यहरू रहेको परमेश्वरको मण्डलीले बाइबलको आधारमा पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । मण्डलीले सुरुको मण्डलीले जस्तै नयाँ करार निस्तार-चाड लगायत ३ चरणका ७ वटा चाडहरू मान्दछ । ख्रीष्टको शिक्षाअनुसार छिमेकीलाई प्रेम गर्दै मण्डलीले विपत्ति राहत कार्य, जलवायु परिवर्तन प्रतिरोध गतिविधि, रक्तदान कार्यक्रम जस्ता विभिन्न सामाजिक योगदानका गतिविधिहरू ४८,००० पटक सञ्चालन गरिसकेको छ । यस योगदानको सम्मानस्वरूप परमेश्वरको मण्डलीले चार अमेरिकी सरकारबाट राष्ट्रपति स्वयंसेवा अवार्ड,ग्रीन वलर्ड अवार्ड, ग्रीन एप्पल अवार्ड, ब्राजिलको विधायिकी योग्यता पदक, पेरुको सर्वोत्कृष्ट वातावरण अवार्ड, राष्ट्रिय सभाबाट सम्मान पदक जस्ता ७०० भन्दा भन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । यस्ता अनवरत मानव कल्याणका गतिविधिका लागि नेपालमा पनि विभिन्न निकायहरूले प्रशंसा-पत्र, कदर-पत्र जस्ता पुरस्कारहरू प्रदान गरी ASEZ WAO को कार्यमा समर्थन जनाएका छन् ।

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न