
जन आवाज न्युज/भक्तपुर, असार ३० गते । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः शुचारु भएको छ । असार १९ गते कलेजो प्रत्यारोपण गरिएका गंगा श्रेष्ठ असार २९ गते प्रत्यारोपण भएको ११ औं दिनमा सकुशल डिस्चार्ज भएका छन् भने कलेजो दाता संजय श्रेष्ठ असार २५ गते छैठौं दिनमा नै डिस्चार्ज भइ सकेका छन ।

काठमाण्डौ जिल्ला असन निवासी ३९ वर्षीय भाउजु गंगा श्रेष्ठलाई उनका ४७ वर्षीया देवर संजय श्रेष्ठले आधा कलेजो दान गरेका छन् ।
केन्द्रमा संसारकै सबैभन्दा न्यूनतम शुल्क रु १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण हुने गरेको छ । कलेजो प्रत्यारोपित तथा अंगदाताको स्वास्थ्य अवस्था राम्रो रहेको कुरा कलेजो प्रत्यारोपण सर्जन डा. राम बाबु साहले जानकारी गराउनुभयो ।

कलेजो ग्रहण कर्ता र कलेजो दाता दुबै जनाले केन्द्रको सेवा बाट आफू अत्यन्त खुशी भएको र आफ्नै देशमा कलेजो प्रत्यारोपण सेवा लिन पाउँदा सहज भएको कुरा समेत व्यक्त गर्नुभयो ।
कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा.राम बाबु साहकोे नेतृत्वमा भएको उक्त प्रत्यारोपणमा डा.रोशन घिमिरे, डा.लोचन श्रेष्ठ, डा.रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ, डा. अमित यादव एनेस्थिेसयिा तथा क्रिटिकल केयरका विभागीय प्रमुख डा आरती राई, डा. निभा श्रेष्ठ, डा शोभित थापा, रेखा श्रेष्ठ, डा. शिव सुन्दर राजचल डा सन्देश खाउजु, डा. रिती फुँयाल रेडियोलोजि विभागबाट विभागीय प्रमुख डा. कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. जि एलीन र इन्दु मिमिरे लगायतको टिम सहभागी हुनु भएको थियो । कार्डियोलोजि विभागबाट विभागीय प्रमुख डा. प्रवेश न्यौपाने, डा. सचिन लामिछाने सहभागी हुनुहुन्थ्य भने प्याथोलोजि विभागबाट बिभागिय प्रमुख डा. सबिना श्रेष्ठ, डा. सुस्मिता मिमिरे, ल्याब इन्चार्ज विन्दिरा जोशी सहभागी हुनुहुन्थ्यो । ग्याँस्ट्रोइन्टरोलोजि विभागबाट विभागीय प्रमुख डा. कर्ण राजवंशी, डा. शेखर पौड्याल सहभागी हुनुहन्थ्यो भने निमित्त नर्सिङ्ग निर्देशक सनिषा कार्कीको नेतृत्वमा बबिता लवजु, एलिसा श्रेष्ठ, मञ्जु भट्टराई, अनिता कार्की, निरु सुवाल, मिना खर्बुजा, कामना बोगटी, विनिता कुटु, सबिया नागा, सुवेक्षा शाक्य, केलिना के.सी, बन्दना राई, रविना पक्का, शोनिया गिरी, ज्योति के.सी, सुदिमा रावत, कृष्टिना प्रजापती, अंशुमा दाहाल, सिता मैया अवाल, अर्पना सेन, जयन्ति ताम्राकार सहभागी हुनुहुन्थ्यो । ओटी व्यवस्थापनको जिम्मा अमर महर्जन, रामचन्द्र पौडेल, युनिशा खाइतु र गणेश राम कोजु लगायतको टिमले गर्नु भएको थियो । उक्त कार्यमा डाइटिसियन वर्षा भट्टराई र फिजियोथेरापिष्ट शोनि शिख्वालको समेत प्रत्यक्ष संलग्नता रहेको थियो ।
व्यवस्थापकीय जिम्मेवारी उपसचिव राम प्रसाद आचार्य, जय कुमार कटुवाल र शाखा अधिकृत हरिहर पोखरेलले गर्नु भएको थियो । उक्त प्रत्यारोपणको कोर्डिनेशनको जिम्मेवारी डा. निरु शर्मा, डा. बृजेश यादव, तारा साँध, सरु कोजु, पूजा खड्का लगायतल गर्नु भएको थियो ।
देशमै पहिलो पटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्युवाट हुने मृगौला तथा कलेजो प्रत्यारोपणको शुरुवात गर्नका साथै अंगदान र प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण उपलव्धी हाँसील गरेको छ । अंग दान तथा प्रत्यारोपण कानून परिमार्जन तथा संसारको धेरै प्रत्यारोपण गर्ने मध्ये एकको स्थान लिँदै ९९ प्रतिसत भन्दा वढी सफलताका साथ १४ वर्षको अवधिमा १६ सय ६६ जनाको मृगौला र ३७ जनाको कलेजो प्रत्यारोपण भई सकेको छ । उपयुक्त जमिन तथा आफ्नै भवनको अभाव भएपनि प्रत्यारोपण क्षेत्रमा विश्वस्तरीय सेवा उपलब्ध गराउँदै देशको सबैभन्दा धेरै (करीब दुई तिहाई) प्रत्यारोपण गर्ने गरेको कुरा केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले बताउनुभयो ।
.
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related












Total views : 373826












