भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ स्थित एसएस चोकमा शनिबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृ’त्यु भएको छ भने एक जना गम्भी’र घाइत’ते भएका छन्।
दुर्घटनामा बा.प्र.०२-०२२ प २९०६ नम्बरको मोटरसाइकल चालक उदयपुर कटारी-२ घर भई हाल: काठमाडौँ तीनकुने बस्ने १६ वर्षीय कबिर कार्कीको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलको पछाडि सवार १९ वर्षीया आलिया विक गम्भी’र घाइ’ते भएकी छन् । उनको अहिले मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।
अर्को मोटरसाइकल प्रदेश ३-०२-०१२ प २९०५ का चालक बालकोट पानी ट्याङ्की निवासी २४ वर्षीय मनिष राई सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
दुवै सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी परिसर चुनदेवी भक्तपुरको नियन्त्रणमा राखिएको छ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 376248