लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन | Jana Aawaj News

लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन

पढ्न लाग्ने समयः < 1 मिनेट
लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन : Jana Aawaj News

भक्तपुर। लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलले लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति शनिबार गठन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा लायन टंकप्रसाद सिटौला चयन हुनुभएको छ।

त्यसैगरी प्रथम उपाध्यक्षमा बिनोदकुमार कोइराला, द्वितीय उपाध्यक्षमा मनोज दीक्षित, सचिवमा प्रभु नारायण यादव, कोषाध्यक्षमा रमेश दाहाल तथा एल.सी.आई.एफ. (LCIF) संयोजक मा राजन कसपाल चयन हुनुभएको छ।

कार्यक्रम लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५एच का क्लस्टर चिफ भुवनलाल श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता लायन वर्ष २०२५/०२६ का अध्यक्ष राजन कसपाल ले गर्नुभएको थियो भने प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी पी.एम.जे.एफ. लायन कृष्ण कार्की ले निर्वाह गर्नुभएको थियो।

कार्यक्रममा डिस्ट्रिक्ट ३२५ एचका गणेश बाबु पोखरेल, पी.एम.जे.एफ. कृष्ण कार्की, डिस्ट्रिक्ट ३२५एच कल्चरल प्रोटेक्सन चिफ सानुराजा कार्की, लायन निलेश आचार्य, सुमन बस्नेत, दिनेश पाण्डे, रविन्द्र बस्नेत, अंकित पोखरेल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि भुवनलाल श्रेष्ठ ले लायन्स अभियानको उद्देश्य, समाजमा यसको भूमिका तथा सेवामूलक कार्यको आवश्यकता बारे प्रकाश पार्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

यसैगरी क्लबले सदस्यता, हंगर रिलिफ, सेवा, स्पिकर, भिजन, चिल्ड्रेन्स, मानवतावादी सेवा, युवा, विपद् राहत तथा वातावरण संरक्षणलगायत विभिन्न विभागका संयोजकहरू समेत मनोनयन गरेको जनाएको छ।

नवनिर्वाचित अध्यक्ष लायन टंकप्रसाद सिटौला ले क्लबका सम्पूर्ण सदस्यहरूको साथ, सहयोग र सक्रिय सहभागितामा समाजसेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवासम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी अतिथिहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलले आगामी वर्ष समुदायको हितमा अझ प्रभावकारी र उदाहरणीय सेवामूलक कार्यक्रम सञ्चालन गर्ने विश्वास व्यक्त गरेका थिए।

+ posts

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न