जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता | Jana Aawaj News

जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता

पढ्न लाग्ने समयः < 1 मिनेट
जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता : Jana Aawaj News
Oplus_16908288

भक्तपुर । सिप्रिम एकेडेमीको आयोजनामा यही असोज १० र ११ गते सम्पन्न जिल्ला-व्यापी अन्तरविद्यालय फुटसल प्रतियोगितामा विनायक शिक्षा निकेतन इङ्लिस सेकेन्डरी स्कुलले प्रथम उपविजेता (First Runner-up) को उपाधि हासिल गरेको छ।
​विभिन्न विद्यालयका २७ टोलीको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगितामा विनायक शिक्षा निकेतन र सैनिक स्कुल फाइनलमा पुग्न सफल भएका थिए। Final सम्मको यात्रामा विनायकका खेलाडीहरूले उत्कृष्ट खेल कौशल, अनुशासन, आत्मविश्वास र टिमवर्कको प्रदर्शन गरेका थिए।
​प्रतियोगिताको समापन समारोहमा मध्यपुर थिमि नगरपालिकाका सामाजिक विकास विभाग प्रमुख श्री ज्ञानेन्द्र भट्टले विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, पदक तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो।
​शैक्षिक विकासका साथै खेलकुद, अनुशासन, नेतृत्व र सहकार्यलाई निरन्तर प्राथमिकता दिँदै आएको विनायक शिक्षा निकेतनले यस सफलतालाई विद्यार्थीहरूको लगनशीलता र सामूहिक प्रयासको परिणाम बताएको छ। विद्यालय परिवारले गौरवपूर्ण उपलब्धि हासिल गर्ने फुटसल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा शिक्षकहरूलाई हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
2 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
4 भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न