सूर्यविनायक चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि अरनिको माविलाई | Jana Aawaj News

Bhaktapur Hospital

सूर्यविनायक चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि अरनिको माविलाई

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायक चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि अरनिको माविलाई : Jana Aawaj News

भक्तपुर, ११ मंसिर । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माध्यमिक विद्यालयले जितेको छ।

​प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयले १६ स्वर्ण, १३ रजत र ७ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको हो। त्यसैगरी कुलमाया भगवती माध्यमिक विद्यालयले ८ स्वर्ण, ४ रजत र ५ कास्य पदकसहित दोस्रो स्थान हासिल गर्दा मिड भ्याली स्कुलले ८ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित तेस्रो स्थानमा चित्त बुझाएको छ।

​विजेता विद्यालयहरूलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। प्रथम भएको अरनिको माध्यमिक विद्यालयले ५० हजार रुपैयाँ, दोस्रो भएको कुलमाया भगवती माध्यमिक विद्यालयले ३० हजार रुपैयाँ र तेस्रो भएको मिड भ्याली स्कुलले २० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।

​प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले विजेता खेलाडी तथा विद्यालयलाई पुरस्कार, मेडल, ट्रफी र शिल्ड प्रदान गर्नुभएको थियो।

​कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडाध्यक्ष लछुराम न्यौपाने, नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतलगायत विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

​नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाका अनुसार यस वर्षको प्रतियोगितामा ७ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगितामा भलिबल, कराते, एथलेटिक्स, तेक्वान्दो र कबड्डी विधाका खेलहरू सञ्चालन गरिएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 सूर्यविनायक चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि अरनिको माविलाई
2 मध्यपुर थिमिमा पुस ११ देखि खेलकुद महोत्सव हुने
3 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
4 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x