मध्यपुर थिमिमा पुस ११ देखि खेलकुद महोत्सव हुने | Jana Aawaj News

Bhaktapur Hospital

मध्यपुर थिमिमा पुस ११ देखि खेलकुद महोत्सव हुने

मेयर कप फुटबल विजेतालाई १० लाख २५ हजार

पढ्न लाग्ने समयः 2 मिनेट
मध्यपुर थिमिमा पुस ११ देखि खेलकुद महोत्सव हुने : Jana Aawaj News
oplus_2

नारायण थापा

​भक्तपुर, मंसिर ११ गते । मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेटअनुसार आगामी पुस महिनामा “मध्यपुर थिमि खेलकुद महोत्सव-२०८३” आयोजना गर्ने भएको छ। नगर कार्यपालिकाको कार्यालयले पत्रकार सम्मेलनमार्फत महोत्सवको उद्देश्य, सञ्चालन हुने प्रतियोगिता तथा बागमती प्रदेश अन्तर नगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिताको विवरण सार्वजनिक गरेको हो।

​पुस ११ देखि मेयर कप फुटबलको औपचारिक शुभारम्भ

​महोत्सवको औपचारिक शुभारम्भ आगामी २०८३ साल पुस ११ गतेदेखि मध्यपुर खेल मैदान, मध्यपुर थिमि, भक्तपुरमा “बागमती प्रदेश अन्तर नगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता-२०८३” सञ्चालन गरी गरिनेछ।

​प्रतियोगिताका मुख्य विवरण र पुरस्कार राशि:

  • ​टिम दर्ता म्याद: इच्छुक नगरपालिकाहरूले २०८३ पुष ४ गतेभित्र टिम दर्ता गराउनुपर्नेछ।
  • ​टिम दर्ता शुल्क: रु. २०,०००।– (वीस हजार)।
  • ​टिम संरचना: प्रत्येक नगरपालिकाबाट एउटा मात्र टिम सहभागी हुन पाउनेछ। सुरुमा कम्तीमा १६ जना खेलाडी र अधिकतम २० जना खेलाडी तथा ५ जना अफिसियल गरी जम्मा २५ जनासम्म दर्ता गर्न सकिनेछ। बागमती प्रदेशका सम्बन्धित पालिकामा जन्म भएका वा बसाइँसराइ गरी आएका खेलाडीहरू सहभागी हुन पाउनेछन्।
  • ​नियम: खेल फिफा (FIFA) को प्रचलित नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन हुनेछ।
  • ​विजेता पुरस्कार: रु. १०,२५,०००।– नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र।
  • ​उपविजेता पुरस्कार: रु. ५,००,०००।– नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र।
  • ​सर्वोत्कृष्ट खेलाडी (बेस्ट प्लेयर अफ द टुर्नामेन्ट): विद्युतीय स्कुटरसहित ट्रफी, मेडल र प्रमाणपत्र।
  • ​फेयर प्ले पुरस्कार: रु. ५०,०००।– नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र।
  • ​विधागत पुरस्कार: बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड र बेस्ट कोचलाई जनही रु. २५,०००।– तथा म्यान अफ द म्याचलाई रु. ५,०००।– नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

​महोत्सवमा समावेश १२ विधाका प्रतियोगिता

​नगरपालिकाले स्थानीय स्तरमा लुकेका खेल प्रतिभाको पहिचान, विकास र प्रवर्द्धन गर्दै प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्न राष्ट्रव्यापी, प्रदेशव्यापी, उपत्यकाव्यापी तथा नगरव्यापी स्तरका प्रतियोगिताहरू सञ्चालन गर्ने जनाएको छ। महोत्सवअन्तर्गत आयोजना हुने प्रतियोगिताहरू यस प्रकार छन्:

  1. ​बागमती प्रदेश अन्तर नगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता-२०८३
  2. ​राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता
  3. ​उपत्यकाव्यापी भलिबल प्रतियोगिता
  4. ​मार्सल आर्ट प्रतियोगिता (कराते, तेक्वान्दो, उसु र आइकेकेएफ कराते)
  5. ​किक बक्सिङ प्रतियोगिता
  6. ​टेबल टेनिस प्रतियोगिता
  7. ​फुटसल प्रतियोगिता
  8. ​ब्याडमिन्टन प्रतियोगिता
  9. ​बास्केटबल प्रतियोगिता
  10. ​हाफ म्याराथन प्रतियोगिता
  11. ​उसु प्रतियोगिता
  12. ​स्नूकर प्रतियोगिता

​खेलकुद, युवा विकास र स्थानीय अर्थतन्त्रमा टेवा

​नगरपालिकाले कला, संस्कृति र सम्पदासँगै खेलकुद क्षेत्रमार्फत नगरको राष्ट्रिय पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ। बाहिरबाट खेलाडी, प्रशिक्षक, अफिसियल र दर्शकको आगमनसँगै होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यापार–व्यवसायमा आर्थिक गतिविधि बढ्ने र खेल पर्यटन प्रवर्द्धन हुने अपेक्षा नगरपालिकाले गरेको छ।

​कार्यक्रम तथा प्रतियोगितासम्बन्धी थप जानकारीका लागि नगर प्रवक्ता एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक कृष्ण हरि आचार्य (९८५१०४२६५६), मध्यपुर युथ एसोसियसनका अध्यक्ष उपेन्द्र मान सिंह (९८५१०५०३०४) तथा शिक्षा, युवा तथा खेलकुद विकास शाखाकी धना गिरी (९८४७८३८२३०) लाई सम्पर्क व्यक्ति तोकिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 मध्यपुर थिमिमा पुस ११ देखि खेलकुद महोत्सव हुने
2 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
3 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
4 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x