परमेश्वरको मण्डली विश्व सुसमाचारद्वारा बर्दघाटमा सरसफाई सम्पन्न | Jana Aawaj News

परमेश्वरको मण्डली विश्व सुसमाचारद्वारा बर्दघाटमा सरसफाई सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
परमेश्वरको मण्डली विश्व सुसमाचारद्वारा बर्दघाटमा सरसफाई सम्पन्न : Jana Aawaj News

नवलपरासी । नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ४ मा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको ६० औं  बार्षिकोत्सव तथा वातावरण दिवसको उपलक्षयमा कार्बन न्यूनीकरण परियोजना “प्लास्टिक फुटप्रिन्ट हटाउने अभियान” अन्तर्गत बर्दघाटमा अवस्थित परमेश्वरको मण्डलीले नगरपालिकाको त्रिवेणी सडक र बसपार्क क्षेत्रको वरपर वृहत रूपमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त सरसफाई कार्यद्वारा करिब सय बोरा प्लास्टिकजन्य फोहोर संकलन तथा विसर्जन गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा बर्दघाट नगरपालिका वडा नं.४ का वडा अध्यक्ष बेद बिना तिवारी, साथै अतिथिहरूको रूपमा बर्दघाट इलाका प्रहरी नायब निरिक्षक चोप बहादुर केसी, बर्दघाट नगरपालिका वडा नं.४ का वडा सदस्य जनक बहादुर रावल, शान्तीनगर टोल सुधार समितिका अध्यक्ष होम बहादुर गुरूङ, समाज सेवी लक्ष्मी भक्त लामा, दौतरी रेडियो F.M का सञ्चारकर्मी नारायण भण्डारी लगाएत सरसफाई कार्यक्रममा करिब डेढ सयभन्दा बढी परमेश्वरका मण्डलीका स्वयम् सेवकहरूको सहभागीता रहेको थियो ।

बर्दघाट नगरपालिका वडा नं.४ का वडा अध्यक्ष बेद बिना तवारीले जुनसुकै धर्मकर्म र जातिका भए पनि आफ्नो गाउँ समाज सफा र स्वच्छ बनाउनुपर्ने हामीहरूको कर्तव्य भएको कुरालाइ जोड दिनुभयो र यहाँहरूको यो प्लास्टिक फुटप्रिन्ट हटाउने अभियान तथा सरसफाइ कार्यक्रम एकदमै राम्रो र सरहानीय कार्य हो  भन्नुभएर प्रशंशा गर्नुहुदै आगामी दिनहरूमा पनि परमेश्वरको मण्डलीको यस्ता असल कार्यहरूमा सधै हाम्रो समर्थन रहनेछ भन्नुभयो । यसैगरी उक्त कार्यक्रमका संयोजक सरोज लामाले  वर्तमान समयमा संसारमा वातावरण प्रदुषणको समस्या एकदमै जटिल बन्दै गइरहेकोले वातावरण प्रदुषणलाइ रोकथाम गर्न सरसफार्इको कार्यक्रम, वृक्षारोपणको कार्यक्रम लगाएत अन्य जनचेतना मूलक कार्यक्रमहरू सबै निकायहरूले प्राथमितामा राखेर गर्ने कुरा बताउनुभयो ।

परमेश्वरको मण्डली विश्वको १७५ वटा देशहरूमा स्थापना भएको र कुल ३७ लाख भन्दा बढी सदस्यहरू भएको एक विश्वव्यापी मण्डली हो  । विश्वभरि रहेका परमेश्वरको मण्डलीका सदस्यहरूले धार्मिक कार्यहरू मात्र नभएर  मानव हितको निम्ति असल स्वयम् सेवाका गतिविधिहरू ( सरसफाइ, रक्तदान, विपत्तिमा परेकालाइ उदार कार्य , छिमेकीलाइ सहयोग, विपतमा परेका पिडितहरूलाइ राहत वितरण ) जस्ता सुकर्मका कार्यहरू दशकौ समयअघिदेखि निरन्तर रूपमा गर्दै आइरहेका छन् । यसरी यस्तो उत्कृष्ट स्वयम् सेवाहरू गरेका कारण परमेश्वरको मण्डलीले हालसम्म बेलायतको महारानीबाट स्वयम् सेवा पुरस्कार, तीन पटक अमेरिकी राष्ट्रपतीय स्वयम् सेवा पुरस्कार, गणतन्त्र कोरियका तीन सरकारहरूबाट राष्ट्रपतीय पुरस्कार, ब्राजिलको विधायिकी पदक र ग्रीन एप्पल अवार्ड गरेर करिब ३८०० वटा भन्दा बढी प्राप्त गरिसकेको छ । नेपालमा पनि रेडक्रस सोसाइटीहरूबाट प्रशंशा पत्रहरू र नगरप्रमुखहरूबाट प्रशंशा पत्रहरू प्राप्त गरेका छन् ।

+ posts
ताजा
1 कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
2 एमाले चागुनारायण कमिटीको रक्तदान कार्यक्रम सप्पन्न
3 प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भर्चुअल बैठक समस्यालाई पहिचान गरि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली
4 वीलभयूद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न