सुर्यविनायक नगरपालिकाद्वारा वकतृत्वकला प्रतियोगिता सम्पन्न | Jana Aawaj News

सुर्यविनायक नगरपालिकाद्वारा वकतृत्वकला प्रतियोगिता सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
सुर्यविनायक नगरपालिकाद्वारा वकतृत्वकला प्रतियोगिता सम्पन्न : Jana Aawaj News

रशिला थापा

भक्तपुर । सुर्यविनायक नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद उपशाखाको आयोजनामा गणतन्त्र दिवसको अवसरमा कक्षा ६-१० स्तरीय सार्वजनिक शिक्षा र स्थानीय सरकार शिर्षकमा आयोजित वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सुर्यविनायक नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष रबिन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा १६ वटा विद्यालयको सहभागीता रहेको थियो । वकतृत्वकला प्रतियोगितामा सहभागी विद्यालयहरु क्रमश: अरनिको माध्यमिक विद्यालय, ज्योति मा वि, गणेश मा. वि, कुलमाया भगवती मा.वि, सिरुटार मा.वि, महेन्द्र शान्ति मा.वि, जोरपाटी मा. वि, मोर्डन वो. से. स्कुल, माउन्ट भ्यु इ. वो. स्कुल, पाथीभरा एकडेमी, इडेन गार्डन ई.स्कुल, मनोरम वो. स्कुल, मदरल्यान्ड इ. वो. स्कुल, सन्जयसाई विध्या मन्दिर, वैदिक स्कुल, सरस्वती मा.विको सहाभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम मोर्डन इ.वो. स्कुलकी सुधी त्रिपाठि, दोस्रो गणेश मा.वि कि रोजिना शाही, तेस्रो अरनिको मा.वि का अभियान घिमिरे र सान्त्वना पुरस्कार महेन्द्र शान्ति मा.वि का सम्राट कटुवालले प्राप्त गरेका छन्  ।

कार्यक्रममा संयोजक सापकोटाले विद्यार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियोे । उक्त कार्यक्रममा सुर्यविनायाक नगरलालिकाका प्रमुख बासुदेव थापा, प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुइँटेल र शिक्षा, युवा तथा खेलकुद शाखाका उपशचिव रत्न बहादुर कटुवाल लगायतको उपस्थिती रहेको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न