बालकोट हत्या प्रकरण : जेठा छोरा प्रहरीमा उपस्थित आफैले हत्या गरेको स्वीकार | Jana Aawaj News

बालकोट हत्या प्रकरण : जेठा छोरा प्रहरीमा उपस्थित आफैले हत्या गरेको स्वीकार

पढ्न लाग्ने समयः < 1 मिनेट
बालकोट हत्या प्रकरण : जेठा छोरा प्रहरीमा उपस्थित आफैले हत्या गरेको स्वीकार : Jana Aawaj News

भक्तपुर । भक्तपुरको बालकोट घटनापछि फरार रहेका मिलन आचार्य आफैँ प्रहरीमा उपस्थित भएका छन् । मंगलबार बिहान प्रहरी वृत्त महाराजगन्जमा उनी उपस्थित भएका हुन् । खोटाङ घर भएका ५६ वर्र्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्र्षीय छोरा प्रवीण बालकोटस्थित डेरामा मृत अवस्थामा भेटिएकामा कुलप्रसादका जेठा छोरा मिलन भने सम्पर्कविहीन थिए । आइतबार बिहान ३ बजे उनी स्कुटरमा डेराबाट निस्किएको अनुसन्धानमा खुलेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनीमाथि सोधपुछ गरिरहेको छ । मृतक कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख हुन् कार्यालयकै कामले ५ दिनअघि काठमाडौं आएका उनी छोराको डेरामा बसेका थिए । शनिबार बेलुका तीनैजना डेरामा रहेको सो घरमा बस्ने अन्यले बताएका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार छोराको शव किचनमा र बुबाको अर्को कोठामा भेटिएको हो । किचनको सिलौटोमा कपाल र रगत छ । हत्यामा डम्बबेलको समेत प्रयोग भएको आशंका प्रहरीले गरेको छ । जेठा छोरा मिलन स्नातकसम्मको पढाइ पूरा गरी लोकसेवा आयोगको तयारीमा थिए भने कान्छा छोरा प्रवीण भिएस निकेतन कलेजमा बिएस्सी दोस्रो तहमा अध्ययनरत थिए । नायब सुब्बा तहमा कार्यरत कुलप्रसादले छोराहरूलाई पढाउन भक्तपुरमा राखेका थिए । प्रहरीले सोमबार दिउँसो शव उठाएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगेको थियो ।

 

+ posts

 

 

ताजा
1 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
2 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
3 भक्तपुरमा भव्य रूपमा मनाइयो २२ औँ विश्व रक्तदाता दिवस
4 सिरुटारमा प्रथम वडास्तरीय दौड प्रतियोगिता सम्पन्न, १६५ बालबालिकाको सहभागिता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न