परमेश्वरको मण्डलीद्धारा १५७२ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न | Jana Aawaj News

परमेश्वरको मण्डलीद्धारा १५७२ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न

१४० युनिट रगत संकलन

पढ्न लाग्ने समयः 4 मिनेट
परमेश्वरको मण्डलीद्धारा १५७२ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न : Jana Aawaj News

काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज लुम्बिनीको आयोजनमा सोमबार रक्तदान कार्यक्रम  सम्पन्न भएको छ । निस्तार चाडको प्रेम, जीवन बचाउने प्रेम भन्ने नाराका साथ १५७२ औं विश्वव्यापी रक्तदान अभियानको अवसरमा बुटवल परमेश्वर मण्डलीमा कार्यक्रम आयोजना गरिएको हो ।


नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदानमा १४० युनिट संकलन भएको मण्डलीका सदस्य सुजन पुनले बताउनुभयो । कार्यक्रमको उद्घघाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले रक्तदान महत्वपूर्ण कार्य भएकोे भन्दै हरेक व्यक्ती र समुदायले नियमित रक्तदान गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक समेत रहनुभएको उहाँले जाती धर्म भन्दा माथी उठेर सामाजिक काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले रक्तदानजस्ता कार्यक्रम निरन्तर रुपमा हुनुपर्ने बताउदै बुटवल उपमहानगरपालिकाको बासिन्दालाई निशुल्क रगतको व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।


नेपाल रेडक्रस सोसाइटी बुटवल शाखाका सदस्य सचिव राधा ज्ञवालीले आफुले दिएको रगतले कसैको ज्यान जोगिन्छ, भने यो भन्दा ठूलो दान अरु केही नहुने बताउनुभयो । कार्यक्रममा समाजसेवी चिरञ्जिवी जोशी, एन्फा अध्यक्ष लोक पुन लगायतको उपस्थिति रहेको थियो ।
परमेश्वरको मण्डलीको रक्तदान अभियानले विभिन्न देशमा रगतको आपूर्ति र मागलाई स्थिर बनाउन र रक्तदानको चेतना फैलाउन तथा जीवनको मूल्यको कदर गर्नमा योगदान पुर्याइरहेको छ भनी मूल्याङ्कन गरिएको छ । नेपालमा पनि उस्तै नै हो । यसको अतिरिक्त वृद्धाश्रम भ्रमण, माध्यमिक तथा उच्च माध्यमिक विद्यालयलाई सिकाइका निम्ति कम्प्यूटर सहयोग जस्ता विविध गतिविधिमार्फत परमेश्वरको मण्डलीले समाजमा आशा बाँड्ने कार्य गर्दैआएको छ । २०७२ सालको महाभूकम्पका बेला भग्नावशेष भएको सिन्धुपाल्चोकस्थित श्री आधारभूत विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालय पुनः स्थापना गर्ने कार्य साथै ७१० वटा क्षेत्रहरूमा मर्मत-सम्भार कार्य तथा घाइतेहरूको उद्धार गर्ने कार्यमा पनि मण्डली अग्रसर रह्यो । यसको अतिरिक्त मण्डलीले भूकम्पका कारण यातायात अवरुद्ध हुन पुगेको सेर्तुङ र तिप्लिङ जस्ता हिमाली क्षेत्रका गाउँहरूमा १,००० घरधुरीलाई हेलिकप्टरबाट १४ पटक खाद्यान्न पुर्याएको छ ।

सन् १९६४ मा कोरियाबाट सुरु भएर विश्वका १७५ वटा देशहरूमा ७,८०० वटा क्षेत्रहरूमा स्थापना भएको परमेश्वरको मण्डलीका करीब ३७ लाख विश्वासीहरूले विभिन्न क्षेत्रमा प्रेम बाँड्ने कार्य गरिरहेका छन् । पछिल्लो समयमा मण्डलीले ‘विश्वव्यापी आशा च्यालेन्ज’ सक्रिय रूपमा आयोजना गरिरहेको छ । आशा च्यालेन्जचाहिँ मण्डली स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको एक सामाजिक योगदान गतिविधि हो, जुन ‘संकटमा रहेको विश्वव्यापी गाउँमा आशा प्रदान गर्ने’ लक्ष्यका साथ अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू ९क्म्न्क० अनुरूप छ । यसलाई जलवायु परिवर्तनसँग लड्ने, गरिबी र भोकमरी अन्त्य गर्ने, शैक्षिक सहयोग गर्ने, स्वास्थ्य तथा कल्याणलाई प्रवर्धन गर्ने, दिगो सुरक्षित समाज निर्माण गर्ने, शान्ति, समावेशी र एकता गरी मुख्यतः ६ क्षेत्रहरूमा आयोजना गरिन्छ ।

यसैको एक हिस्सास्वरूप ‘आशाको वन’ अभियान, ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान जस्ता कार्बन न्यूनीकरण गतिवधिहरू आयोजना गरिन्छ, जुन नेपालमा पनि चुस्त रूपमा भइरहेको छ । जुलाईमा काठमाडौँको नागार्जुनस्थित छग्डोल गाउँको वनमा ५०० वटा र कोशी प्रदेशस्थित दमकको रतुवा खोला किनारमा ५०० वटा रूखहरू रोपेर ‘आशाको वन’ अभियान गरियो । त्यसै गरी जून महिनामा काठमाडौंको बूढानीलकण्ठ भङ्गालस्थित धोवी खोला परिसरमा, भक्तपुरको सूर्यविनायकस्थित वन भोज खेल मैदानमा र गण्डकी प्रदेशको नवलपुरको बर्दघाटमा ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान जारी गरियो । ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव–जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ । यसले समुद्र वा नदीहरूमा बग्ने प्लास्टिकजन्य फोहोरलाई सङ्कलन गर्ने र त्यसलाई छुट्टाछुट्टै विसर्जन गर्ने र प्लास्टिकको प्रयोगलाई घटाएर कार्बन डाइअक्साइड उत्सर्जन घटाउने, वातावरण संरक्षणसम्बन्धी जनचेतना जगाउने र सहभागिता प्रवर्धन गर्ने लक्ष्य लिएको छ ।

यस किसिमको परोपकारी कार्य विश्वव्यापी रूपमा जारी भइरहेको छ । परमेश्वरको मण्डलीले वातावरण संरक्षण, रक्तदान, प्रकोप राहत कार्य, शैक्षिक सहयोग जस्ता विभिन्न क्षेत्रमा २८,००० पटकभन्दा बढी स्वयंसेवाका गतिविधिहरू गरेको छ । जसको कदरस्वरूप मण्डलीले तीन कोरियाली सरकारहरूबाट राष्ट्रपति अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरु राष्ट्रिय सभाबाट सम्मान पदक र ब्राजिल विधायिकी पदक जस्ता विभिन्न देशका सरकार तथा संस्थाहरूबाट ४,७०० भन्दा बढी अवार्डहरू प्राप्त गरिसकेको छ । नेपालमा पनि मण्डलीले बागमती प्रदेश सांसद, सामाजिक विकास मन्त्री र नेपाली रेडक्रसका अध्यक्ष जस्ता विभिन्न क्षेत्रका व्यक्तित्वहरूबाट प्रशंसा–पत्र प्राप्त गरेको छ ।

+ posts
ताजा
1 सुन तोलामा २३ सय बढ्यो, सुनको मुल्य २ लाख ३५ हजार ४ सय रुपैयाँ
2 आज दिनभरको मौसम बागमती प्रदेशमा बाढी पहिरोको जोखिम
3 आदर्श साइकल संस्कृति निर्माणमा साइकल अभियनाको समुदायिकरण र बुद्धिजीविकरण अपरिहार्य : वक्ताहरू
4 भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेष्टमेण्ट कम्पनीको तेस्रो साधारण सभा सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न