कोन्ज्योसोम गाउँपालिकाको गाउँसभाको पन्ध्रौ गाउँ अधिवेशन भव्यरुपमा सम्पन्न | Jana Aawaj News

कोन्ज्योसोम गाउँपालिकाको गाउँसभाको पन्ध्रौ गाउँ अधिवेशन भव्यरुपमा सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
कोन्ज्योसोम गाउँपालिकाको गाउँसभाको पन्ध्रौ गाउँ अधिवेशन भव्यरुपमा सम्पन्न : Jana Aawaj News

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको पन्ध्रौं गाउँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) को प्रमुख आतिथ्यतामा गाउँसभा सम्पन्न भएको हो । गाउँसभाले गाउँपालिकाका लागि आवश्यक कानुन निर्माण गरेको छ भने गाउँपालिकाको आर्थिक सामाजिक बस्तुस्थिति बिवरण २०८१ को पुस्तक बिमोचन र विपद पश्चात राहत,उद्धार, पुनर्स्थापना लगायतमा सहयोग गर्नुहुने संघ संस्था, व्यक्ति, कर्मचारी, विभिन्न विधामा शिक्षक, विधार्थी, खेलाडी ,महिला स्वास्थ्य स्वयम्सेविका समेतलाई सम्मान गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री लामाले तिनै तहको समन्वयमा मात्र संघीयतालाई प्रभावकारी बनाउन सकिने भन्दै यसका लागि स्थानीय तहको भूमिका प्रभावकारी हुने बताउनुुभयो ।
स्थानीय सरकारकालाई आवश्यक कतिपय कानुन प्रदेश सरकारले बनाउनुपर्ने कानुनी व्यवस्था भएको चर्चा गर्दै उहाँले नेपालको संघीयता तीनै तहको सहकार्य, सहअस्थित्वर र समन्वयम मात्र संभव हुने स्पष्ट पार्नुभयो ।

गाउँपालिका अध्यक्ष कृष्णमान लामाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा बिशेष अतिथि प्रतिनिधि सभा सदस्य उदय शमसेर जबरा, प्रदेश सभा सदस्य मधुसुदन पौडेल, प्रदेश सभा सदस्य .उर्मिलाकुमारी लामा , जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुुयाँल, महाङ्काल गाउँपालिका अध्यक्ष गणेश केसी, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, गाउँपालिकाका निवर्तमान अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, वडा अध्यक्ष,कार्यपालिका सदस्य, गाउँसभा सदस्य ,सहयोगी संघ संस्थाका प्रतिनिधिहरु,कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न