शुभकामना साकोसको रजत वर्षको यात्रा | Jana Aawaj News

शुभकामना साकोसको रजत वर्षको यात्रा

पढ्न लाग्ने समयः < 1 मिनेट
शुभकामना साकोसको रजत वर्षको यात्रा : Jana Aawaj News

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.ले रजतवर्षको अवसरमा आफ्नो शेयर सदस्यहरुबीच सहकार्य गर्दै विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको छ । वि.सं २०५७ जेष्ठ २४ गते ७५ जना सदस्यहरुबाट सुरु गरिएको यस संस्थाले बित्तिय अनुशासन कायम गर्दै हाल १० हजार भन्दा बढी सदस्यहरुलाई बित्तिय सेवा दिइरहेको छ र आफ्नो २५ औं वर्ष एवं रजत वर्षमा प्रवेश गर्न सफल भएको छ ।

यस साकोसले आफ्नो रजतवर्ष अन्तर्गत विभिन्न कार्यक्रम बाँसुरी बाजा प्रशिक्षण, बालबालिका तथा अभिभावकको मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण, स्ट्रोकसम्बन्धी सचेतना कार्यक्रम, शुभकामना साकोसद्वारा नेपाल रेडक्रस सोसाइटी भक्तपुरलाई आर्थिक सहयोग, महिला कानुनी साक्षरता कार्यक्रम, साकोसको सहकारी अवलोकन भ्रमण, समाज परिवर्तनका लागि सहकारीको भूमिका भन्ने शिर्षकमा निबन्ध लेखन प्रतियोगिता जस्ता थुप्रै सहकारी अन्तर्गत र सामाजिक कार्यक्रम जात्रामा पानी वितरण, ऐतिहासिक मठमन्दिर सरसफाई, वडाअन्तर्गत फोहोर व्यवस्थापनका लागि बाल्टिन वितरण गरेको छ । यस साकोसले आफ्नो संस्थाका शेयर सदस्यलाई प्राथमिकता दिँदै वित्तिय सेवा र मनोवल विकासका निमित्त रहेर काम गर्दै रजतवर्ष पार गर्न लागेको साकोसका अध्यक्ष रामप्रसाद कासुला बताउनुभयो ।

साकोसले रजतवर्षअन्तर्गत गरेका कार्यहरुलाई आगामी दिनमा पनि निरन्तरता दिँदै संस्थाले “रजत स्मारिका २०८२” प्रकाशन गरेको पनि उहाँले जानकारी दिनुभएको छ साथै साकोसले रजतवर्ष अन्तर्गत नै यही मिति २०८२ साल जेठ महिनाभरि विभिन्न कार्य योजना बनाएर कार्यक्रम गर्ने र रजतवर्ष २०८२ को स्मारिका पनि विमोचन गर्ने संस्थाकी व्यवस्थापक रेश्मी श्रेष्ठले जानकारी दिनुभएको छ । त्यसअन्तर्गत २०८२ जेष्ठ १७ गते बालमनोविज्ञान अभिमुखीकरण, १९ गते जेष्ठ सदस्य तीर्थ भ्रमण, २० गते रक्तदान तथा स्वास्थ्य शिविर, २१ गते व्याडमिन्टन प्रतियोगिता, २२ ऐतिहासिक क्षेत्रको सरसफाई कार्यक्रम, २३ गते शुभकामना प्रभातफेरी ¥याली र २४ गते समापन कार्यक्रम रहेको छ ।

 

+ posts
ताजा
1 परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा धुलिखेलका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरण
2 मोरङमा विश्वव्यापी १,८२१ औं रक्तदान कार्यक्रम सम्पन्न
3 स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न
4 “एक जिल्ला एक स्वस्थ सहर अभिमुखीकरण कार्यक्रम”
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न