शंकर नेशनल स्कुलको दिक्षान्त समारोह | Jana Aawaj News

शंकर नेशनल स्कुलको दिक्षान्त समारोह

पढ्न लाग्ने समयः < 1 मिनेट
शंकर नेशनल स्कुलको दिक्षान्त समारोह : Jana Aawaj News

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोटस्थित रहेको शंकर नेशनल स्कुलको दिक्षान्त समारोह सम्पन्न भएको छ । वि.सं.२०३७ सालमा स्थापना भएको भक्तपुरकै अग्रणी निजी विद्यालय शंकरले आफ्नो ४५ औं बार्षिकोत्सव मनाउने क्रममा प्ले ग्रुप देखि कक्षा ३ सम्मको अभिभावक दिवस पनि मनाएको विद्यालयका प्रिन्सिपल शरण चौंलागाई जानकारी दिनुभयो । उहाँले विद्यालयले गुणस्तरीय शिक्षाका साथसाथै विद्यार्थीहरुलाई असल व्यक्ति बन्न सिकाई रहेको क्रममा संस्कारयुक्त शिक्षा र व्यवहारिक शिक्षालाई जोड दिएको बताउनुभयो ।

उहाँले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सहयोगका कारण विद्यालय आज यहाँसम्म आउन सफल भएकोमा हर्ष व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा विद्यालयका संस्थापक मिनकुमार श्रेष्ठले राजर्शी गुरुकुल र काठमाडौं वल्र्ड स्कुल सरहको गुणस्तर कायम गरेपनि यस विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो ।

उहाँले अनुशासनमा नबस्ने विद्यार्थीहरूलाई तत्काल कारबाही गर्न पनि प्रशासनलाई निर्देशन दिने गरेको बताउँदै विद्यालयको भौतिक संरचनाहरूको निर्माण पनि गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा कक्षा युकेजीबाट कक्षा १ मा जाने ५० जना विद्यार्थीहरु दिक्षित भएका थिए भने कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरूले नृत्य, फेसन सो, गायन, नाटकलगायत कला प्रस्तुत गरिएको थियो ।

+ posts

 

 

ताजा
1 प्रदूषित हावाले वर्षेनी ४८,५०० नेपालीको मृत्यु, चाँगुनारायणको घोषणा-सुधारको अभियान सुरु गर्छौ
2 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
3 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
4 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न