पत्रकारिता परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ: प्रधानमन्त्री ओली | Jana Aawaj News

पत्रकारिता परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ: प्रधानमन्त्री ओली

पढ्न लाग्ने समयः < 1 मिनेट
पत्रकारिता परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ: प्रधानमन्त्री ओली : Jana Aawaj News

जन आवाज न्युज/ललितपुर  । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताले परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ ।

रातोपाटी डटकमले १२ ओैं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गर्नुभएको हो ।

“झुटमुटमा क्रिटिकल हुनु पर्दैन, निष्पक्ष हुँदा पुग्छ, अलोचनात्मक चेत मात्रैले राम्रोमा पनि खराब देख्छ, एउटालाई राम्रो देखाउन अर्कोलाई गाली गर्छ, अवान्छित आरोपबाट रातोपाटी बचेको छ मान्छे मन परेन भने पनि आफ्‌ना लागि सत्य कुरा लेख्नुपर्छ । आफ्‌ना लागि सत्य बङ्ग्‌याइहाल्नुपर्ने खालको प्रवृत्ति हुनु हुँदैन ।” प्रधानमन्त्री ओलीले भन्नुभयो।

उहाँले हरेक क्षेत्रमा समाज, विश्व र सम्बन्धमा तीव्र गतिका साथ परिवर्तन भएका बेला लगातारको मित्रता राखेर रातोपाटी अघि बढ्न सकेकामा प्रशंसा गर्नुभयो । रातोपाटी अनलाइनलाई यसको सङ्घर्ष र सफलताका लागि शुभकामना दिँदै आजको बदलिदो परिवेशमा डिजिटल दुनियाँमा यसको सक्रियताका लागि धन्यवाद दिनुभयो ।

“इमानदारको खडेरी देशमा परेको हुँदैन । कसैले आफ्‌ना स्वार्थले अरुलाई इमानदार देख्दैन त कसको के लाग्छ ?” प्रधानमन्त्रीले भन्नुभयो ।
उहाँले रातोपाटी डटकमले थुप्रै अनलाइनमध्ये असाधारण ढंगले ठूलो परिश्रम र लगनबाट सफलता प्राप्त गरेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले अनेक क्षेत्रमा यथोचित व्यवस्थापन सहित सुझाव दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न