मन्त्री र कर्मचरी सबै योग अभ्यासमा | Jana Aawaj News

मन्त्री र कर्मचरी सबै योग अभ्यासमा

पढ्न लाग्ने समयः < 1 मिनेट
मन्त्री र कर्मचरी सबै योग अभ्यासमा : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं ।  सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानले मंगलबार सञ्चार मन्त्रालयका मन्त्री, सचिव, सहसचिवहरु र कर्मचारीहरु माझ योग अभ्यास प्रशिक्षण प्रदान गरिएको छ ।

सार्वजनिक प्रसारण रेडियो नेपालको सभाहलमा गरिएको योग अभ्यास कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिवहरु र कर्मचारीहरुले योग सिक्नुभएको थियो । कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एपी भानु शर्माले विभिन्न तीन योग आशन प्रशिक्षण दिनुभयो । साथै उहाँले मानव जीवनलाई सरल, सहज, निरोगी, शान्त र समृद्धि तर्फ उन्मुख हुन योग अनिवार्य अभ्यास गर्नुपर्ने सुझाव दिनुभएको थियो । उहाँका अनुसार सरकारले नागरिकलाई योगी जीवनशैलीको विकास गराउन नीतिगत व्यवस्थामा ख्याल गर्नु पर्ने बताउनुभयो । जसले योग गर्छ उसले लामो समय जीवनयापन गर्छ भन्ने सन्देश सँगै योग गुरु शर्माले आध्यात्मीक जीवनतर्फ प्रेरीत गर्नुभयो ।

मन्त्री गुरुङले आफुलाई चिन्न सके धेरै सफलता हाता पार्न सकिने धारणा राख्दै कुसल नागरिक बन्न योग र ध्यानले आन्तरिक रुपमा सघाउ पुर्याउने बताउनुभयो ।

सञ्चार सचिव राधिका अर्यालले कर्मचारीहरुप्रति केन्द्रीत हुँदै शान्त, अनुशासित र जिम्मेवार कार्यसम्पादनमा जीवनशैली प्रेरित गर्नु पर्ने बताउनुभयो । यसको लागि आफ्नो दैनिकीलाई जति सक्दो शान्त र स्वस्थ्य हुनु आवश्यक रहेको सुनाउदै सचिव अर्यालले योग अभ्यास कार्यक्रमलाई मन्त्रालयले महत्वका साथ लिएको बताउनुभयो ।

+ posts

 

 

ताजा
1 तिर्खा मेटाउनको लागि नि:शुल्क पिउने पानी वितरण अभियान
2 चाँगुनारायणलाई देशकै पहिलो ‘योग नगर’ घोषणा : स्मारिका विमोचनसँगै सामूहिक साधना
3 कोशी प्रदेशकाे  नीति तथा कार्यक्रम आज 
4 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न